कुन चीजबाट कति जकात निकाल्ने

कुन चीजबाट कति जकात निकाल्ने

दुआले तक़दिर बदल्छ यसैले दुआ गरौं ।

जकात इस्लामको तेश्रो स्तम्भ हो। इस्लामिक नियम अनुसार कुन चीजमा जकात लाग्छ कुन चीजमा लाग्दैन यसको हद र सिमा तोकिएको हुन्छ । सो सम्बन्धमा कुरआन तथा हदीसको प्रमाण सहित यहाँ उल्लेख गर्ने छु ।  जकात लाग्ने चीजहरु यस प्रकारका छन्,- सुन, चाँदी, खेती, फल, ब्यापारिक सामान, चर्नेवाला जनावर, खानीबाट निकालिएको चीज, गैह्र मुस्लिमले गाढेर राखेको माल आदी ।

कुन मालबाट कति जकात निकाल्ने ?

सुन या सुनको गहनाबाट ८५ ग्राम भन्दा ज्यादा छ, र बर्ष दिन पुरा भएको छ भने र चाँदी ५८५ ग्राम छ र बर्ष दिन पुरा भएको छ भने जकात निकाल्नु पर्छ सो भन्दा कम भए जकात निकाल्नु पर्दैन ।

( क ) सुन, चाँदी र नगद पैसामा २.५ को हिसाबले जकात निकालिन्छ ।

(ख) खेतीको अन्नबाट ६५० किलो ग्राम देखि जकात निकाल्नु पर्छ तर कुनै ठाउँमा भनिएको छ ६१० किलो देखि माथि भएमा जकात निकाल्नु पर्छ । यसमा दुई अवस्था छ यदि पानीको पैसा तिर्नु पर्छ भने बिस भागबाट एक भाग निकाल्ने र यदि पानीको पैसा तिर्नु पर्दैन भने दश भागबाट एक भागको हिसाबले निकाल्नु पर्छ । उदाहरणको लागि पानीको पैसा तिर्नु पर्दैन भने दस कुइन्टलबाट एक कुइन्टलको दरले निकाल्नु पर्छ र यदि पानीको पैसा तिर्नु पर्ने भए बिस कुइन्टलबाट एक कुइन्टलको दरले अन्नमा जकात निकालिन्छ । अन्नबाट जकात निकाल्न वर्ष पुग्नु पर्दैन । जुन बाली तयार हुन्छ त्यसबाट सोही समय जकात निकाल्नु पर्दछ ।

तरकारी तथा फलफुलमा यस्तो सामानमा जकात लाग्छ जुन फ्रिजमा लामो समयसम्म स्टोर गरेर राख्न सकिन्छ,

सार्वजनिक चीजको आम्दानीबाट जकात लाग्दैन जस्तैः- मस्जिद, मदरसा, धर्मशाला आदी । यस सम्बन्धमा कुरआनमा भनिएको छः- गरिबमाथि खर्च गर त्यो मालबाट जुन माल मैले तिमीलाई दिएको छु (सूरः बकरा-२५४)

तर कसैले आफ्नो सम्पत्ति आफ्नो सन्तानमा दान गरेको छ भने सो मालको आम्दानीबाट जकात लाग्छ । यहाँ तक कि यातीमको मालबाट पनि जकात निकाल्नु पर्छ । अवैध मालबाट जकात निकाल्नु हुँदैन । फिल्म, फोटो, ब्याजको कारोबार, चोरी, डकैत, घुस इत्यादी चीजबाट आएको आम्दानीबाट जकात लिनु हराम(अवैध) हुन्छ ।

यस सम्बन्धमा कुरआनमा भनिएको छः- अल्लाहले आत्म संयमीहरुको कर्म स्वीकार गर्ने गर्दछ। (सूरः अल माइदा – २७)

हदीसमा छः अल्लाह पवित्र छन् पवित्रलाई नै कबुल गर्नु हुन्छ ।(मुस्लिम, किताबुज़्ज़काकात)

अर्को ठाउँमा भनिएको छः हिनामिनाको मालबाट गरिएको दानलाई अल्लाहले स्वीकार गर्नु हुन्न ।

कर्जामा दिएको पूजीबाट जकात निकाल्नु पदैन, कर्जा दिनेवाला माथि पनि र कर्जा लिनेवाला माथि पनि । हजरत आइशा रज़ि. को भनाई छ,- कर्जामा जकात छैन (अल महली)

आम्दानी हुने फण्ट या बोनसको मालमा उस समय जकात अनिवार्य हुँदैन जब त्यो माल आफ्नो हातमा आउँदैन र एक बर्ष बित्दैन ।

तिजारती(ब्यापारी) माल अर्थात पूँजीबाट जकात अनिवार्य छ ।

हदीसमा छः हज़रत समरा बिन जुन्दूब भन्नु हुन्छ,- रसूलुल्लाह सल्ल.ले हामीलाई हुकुम दिनु हुन्थ्यो, हामीले त्यो माल(धन वा पूँजी) बाट जकात दिनु जुन हामीले ब्यापारको लागि राख्दथ्यौं । (अबू दाऊद)

अल्लाह तआलाको कथन छ,- हे मोमिन हो ! जुन पवित्र र राम्रो कुरा तिमीले कमाउँछौं र जुन कुरा हामीले तिम्रो निम्ति पृथ्वीबाट उब्जाउँछौं सूरः अल बकर- २६७)

तिजारती मालबाट जकात निकाल्ने तरीका यो हो कि बर्षको आखिरमा जम्मा पूँजी जोडेर लिन दिन फर्छ्यौट सही रुपमा गरी बाक़ी पूजीबाट  सयकडा २.५ को दरले उसको मुल्य जोडेर जकात दिनुपर्छ ।

कम्पनिको सेयरमा जकात लाग्दैन तर उसको नगद हातमा आएपछि जकात लाग्छ र जबसम्म त्यो सेयर पूँजी फिर्ता हुँदैन तब त्यो मालबाट जकात लाग्दैन । गाडी, घर, खेतबाट जकात लाग्दैन ।

स्रोतः तालिमुल इस्लाम

लेखकः मुख़्तार अहमद नदवी- मुदीर अद्दारुस्सलफ़िया, मुम्बई

लफ़िया, मुम्बई

अनुवादकः मुहम्मद इब्राहिम

जकात भनेको के हो ?

जकात भनेको के हो ?

इस्लामको पाँच स्तम्भ मध्ये जकात तेश्रो स्थानमा पर्दछ । जकात सन् दुई हिजरीमा मदिना मुनव्वरामा अनिवार्य गरिएको प्रमाणित हुन्छ । जकातको अर्थ हुन्छ आफ्नो धनलाई दान दिएर पवित्र गराउनु, वृद्धि गराउनु र उन्नती गराउनु हो । जुन खास माल(सम्पति) जसमा इस्लामी शरई कानूनले तोकेको एक निश्चित सिमाङ्कन अनुसार छ र त्यो माल एक बर्ष भएको छ भने त्यस मालबाट जकात निकाल्नु पर्छ,इस्लाममा यसैलाई जकात भन्दछन् ।त्यो मालबाट अल्लाहको हक सम्झेर गरिब दुःखीलाई दान दिनु पर्दछ ।

कुरआनमा जकातको बारेमा बयासी स्थानमा नमाज़को साथ बर्णन गरिएको छ । जकात अनिवार्य हुनको लागि अल्लाह तआलाको भनाई छ “र नमाज पढ र जकात देऊ र रुकु(झुक्नेहरु) गर्नेसँग रुकु(झुक्नेगर) गर्ने गर। (सूर अल बकरा आयत नं. ४३)

मुहम्मद सल्ल. को भनाई छ “अल्लाहले मुसलमानहरुका लागि जकात अनिवार्य गर्नु भएको छ जुन मालदारहरुसँग लिईन्छ र गरिवहरुलाई बितरण गरिन्छ।” (बुखारी व मुस्लिम)

जकातका फाईदाहरु

जकातका फाईदाहरु यसप्रकार छः- अल्लाह तआलाले जकातमा दिएको माललाई वृद्धि गराउनु हुन्छ । कुरआनमा लेखिएको छ “अल्लाहले सूदलाई घटाउनु हुन्छ र जकातलाई वृद्धि गर्नु हुन्छ।,, (सूर बकरा-276)

कुरआनमा छ “र तिमीहरु जुन जकात दिन्छौ र त्यसबाट अल्लाहको खुशि चाहन्छौं (त्यो उन्नति र प्रगति हो) भने, यस्तै व्यक्तिहरु आफनो माललाई दुई गुना, तीन गुना वृद्धि गर्नेवालाहरु हुन्(सूरः रुम आयत नं. 39)

जकातको बारेमा हदिसमा लेखिएको छः- सदका (दान) दिएर माल घट्दैन । (तिर्मिज़ी)

जकात इस्लामको पुल हो । (बैहिकी)

आफ्नो माललाई जकात दिएर बचाउ । (बैहिकी)

जुन मालको जकात दिईन्छ त्यो माल पवित्र हुन्छ । जकात दिनेवालाले आफुलाई कन्जुसी जस्तो खराब आदतबाट जोगाउँछ र दानसिलताको आदतको बनाउँछ ।

 

स्रोतः तालिमुल इस्लाम

लेखकः मुख़्तार अहमद नदवी- मुदीर अद्दारुसलफ़िया, मुम्बई

अनुवादकः मुहम्मद इब्राहिम

रमज़ानको शुभकामना र रोजाको फाइदाहरु

रमज़ानको शुभकामना र रोजाको फाइदाहरु

रमज़ानको शुभकामना र रोजाको फाइदाहरु

सम्पूर्ण मुसलमान तथा गैर मुसलमान दाजु भाई तथा दिदीवहिनीहरुमा रमज़ान पर्वको पावन अवसरमा सु-स्वास्थ, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना गर्दै अल्लाहसँग कुशलताको लागि प्रार्थना गर्दछु। रमज़ान १ तारिख देखि रमज़ानको रोजा राखिन्छ। यो अरबी पात्रो अनुसार नवौं महिनामा पर्छ। अंग्रेजी पात्रो अनुसार रमज़ानको रोजा २०१७ में २७ तारिख सनिबार देखि शुरु भएको छ ।
रमज़ानको रोजामा एक महिनासम्म अल्लाहको लागि रोजा (ब्रत) राखिन्छ । जब मुहम्मद सल्लल्लाहु अलैही वसल्लम र वहाँका अनुयायी समेत मक्काबाट मदिनातर्फ हिजरत (प्रस्थान) गरेर गएको दुई बर्ष पछि देखि लागु भएको हो भन्ने प्रमाण कुरआनबाट प्रष्ट हुन्छ। यो महिना दया, क्षमा, नर्कबाट मुक्ति तथा पारस्पारिक सहानुभूतिको महिना हो । यसमा स्वर्गको ढोका खोलिन्छ, नर्कको ढोका बन्द गरिन्छ र शैतानलाई साङ्लामा बाँधिन्छ यसैगरी मानवको प्रगति मार्ग खुल्नेछ र पुण्यकार्य गर्न सजिलो हुनेछ । यस महिनामा पुण्यमा वृद्धि गरिन्छ, नफिल नमाज़को पुण्य फर्ज़ नमाज समान र फर्ज़ नमाजको पुण्य अरु महिना भन्दा सत्तरी फर्ज़ नमाज समान गरिनेछ र नमाजीको प्रार्थाना स्वीकार गरिन्छ । यसै महिनामा पवित्र कुरआन अवतरित भएको थियो जुन सम्पूर्ण संसारको लागि मार्गदर्शक हो । यसै रमज़ानको महिनामा शबे कद्रको रात पर्छ जुन हज्जार महिना अर्थात ८३ बर्ष ४ महिना भन्दा उत्तम हो ।
लैलतुल (शब्बे कद्र) कद्रको दुआः “अल्लाहुम्म इन्न’क अफुव्वुन तोहिब्बुल अफ़’व फ़अफु अन्नी”
अर्थः-“हे अल्लाह तपाई माफ गर्नेवाला हुनुहुन्छ र माफ गर्न चाहनु हुन्छ अतः तपाई मलाई माफ गर्नु होस् ” । शबे कद्रको रात निम्न रातहरु हुन् जस्तैः एक्काइसौं रात, तेइसौं रात, पच्चिसौं रात सत्ताइसौं रात र उननतिसौं रातलाई शबे कद्रको रात भन्दछन् । यो महिना अति उत्तम र श्रेष्ठ हो जसमा हर प्रकारको पुण्यको एवं उपकारको वसन्त ऋतु हो पवित्र कुरआनमा अल्लाह तआलाको भनाई छ- “ए आस्थावानहरु ! तिमीलाई रोजा (ब्रत) राख्न अनिवार्य गरिएको छ जसरी तिमी भन्दा पहिलेका मानिसहरुलाई अनिवार्य गरिएको थियो, यसैले कि तिमीहरुमा संयमी बन्न सक” । (सूरः अल बक़रः आयत नं. १८३)

रोजाको परिभाषा

रोजा इस्लाम धर्मको पाँच स्तम्भहरु मध्ये चौथो स्तम्भमा पर्छ । इस्लाम धर्ममा मात्र अल्लाहको उपासना,प्रार्थनाको उदेश्यले बिहान सबेरै देखि लिएर सूर्यास्त नहुँन्जेलसम्म खानु, पिउनु, पत्नीसँग सहवास गर्नु, जुवातास खेल्नु, मदिरा सेवन गर्नु, झूटो बोल्ने,झगडा गर्ने जस्ता गलत कार्यबाट आफूलाई जोगाउनु नै रोजा हो ।
रोजाको महत्वः- रोजा एक उपसना हो,अल्लाहको रसूल मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम भन्नुहुन्छ,-“जसले ईमान र पुण्यको लागि रोजा राख्दछ उसको प्रत्येक पछिल्लो पापहरु क्षमा गरिन्छ” । (मुस्नद अहमद)
एक अर्को ठाउँमा अल्लाहको रसूल मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम भन्नुहुन्छ, अल्लाह तआलाको भनाई छ,- “आदमको सन्तानलाई उसको पुण्यको बदलामा दस गुना देखि लिएर सात सौ गुणासम्म पुण्य मिल्दछ तर रोजा यो भन्दा फरक छ,किनकि रोजा मेरो लागि हो र म नै यसको बदला दिन्छु । मेरो भक्तले आफ्नो ईच्छा, सम्भोग र खानपिनलाई केवल मेरो लागि छोडेको हुन्छ र रोजादरलाई खुशी दुई अवसरमा हुन्छ, एक इफ्तारको समय, दोश्रो अल्लाहसँग भेटको समय र रोजादारको मुखबाट निस्केको गन्ध अल्लाह तआलाको लागि सुगन्ध भन्दा धेरै प्रिय हुन्छ” । (मुस्लिम)
रोजादारलाई अर्को फाइदा छ त्यो हो अल्लाह तआलाले स्वर्गमा एक ढोका तयार गरेको छ जुन ढोकाबाट रोजादार मात्र प्रवेश गर्न पाउँछन् ।
हदीसमा छ- “जन्नत (स्वर्ग) मा आठवटा ढोकाहरु छन् त्यसमा एउटाको नाम ‘रय्यान’हो, त्यसमा रोजादार व्यक्ति मात्रै प्रवेश गर्नेछन्” । (बुख़ारी, मुस्लिम)
सहरी (विहानको खाना) खानेः- रातको अन्तिम प्रहरमा सहरी (विहान फजरको आजान भन्दा पहिलेको खाना) खाएमा स्वास्थ्य वृद्धी हुन्छ ।
अल्लाहको रसूल मुहम्मद सल्लल्लाहु अलैही वसल्लमले भन्नुभयो-“सहरी खाने गर्नु किनकि सहरी खानु उत्तम हो ” (बुखारी, मुस्लिम)
रसूल मुहम्मद सल्लल्लाहु अलैही वसल्लमले भन्नु भएको छ-“सहरी खाएमा स्वास्थ्यमा वृद्धी हुन्छ, यसैले तिमी त्यसलाई नछोड चाहे तिमीहरु मध्ये कोही पनि व्यक्ति पानीको एक घुटको भएपनि पीउनु, किनकि अल्लाह र उसको फरिश्ता सहरी खानेवाला व्यक्तिको लागि सकुसलता प्रदान गर्नु हुन्छ ” (मुस्नद अहमद)
इफ्तार गर्नेः- मग्रिबको अजान दिनासाथ इफ्तार गर्नु सुन्नत (मुहम्मद सल्लल्लाहु अलैही वसल्लमको तरिका)हो।
अल्लाहको रसूल मुहम्मद सल्लल्लाहु अलैही वसल्लमले भन्नु भएको छ-“इफ्तार (ब्रत समाप्त) गर्नु भन्दा केही पहिले देखि अल्लाहको खुब प्रार्थना गर्नु किनकि त्यो समय दुआ स्वीकार हुने समय हो” ।
मुहम्मद सल्लल्लाहु अलैही वसल्लमले भन्नु भएको छ- “तीन व्यक्तिको प्रार्थना रद्द हुँदैन, रोजादार (ब्रतालु) व्यक्तिको प्रार्थना यहाँसम्म कि इफ्तार (ब्रत समाप्त) गर्ने समयसम्म, न्यायवान शासक र पीडित व्यक्ति” (अहमद)
इफ्तार गर्ने बेला यो दुआ पढ्नु पर्छ-“अल्लाहुम्म ल,क सुम्तु व अला रिज़्क़िक अफ़्तरतु”
अर्थः-“हे अल्लाह मैले तपाईको आज्ञाकारीको लागि रोजा राखें र तपाईले प्रदान गरेको आम्दानीबाट इफ्तार गरें”इफ्तार पछि यो दुआ पढ्नु पर्छ-“ज़,ह,बज़्ज़,मओ वब्बळतिल ओरूकु व स,ब,तल अजरु इंशाअल्लाहु”
अर्थः-“प्यास मेटियो, गला भिज्यो र अल्लाहले चाहनु हुन्छ भने पुण्य पनि प्राप्त हुनेछ” । यदि अरुले इफ्तार गराएमा यो दुआ पढ्नु पर्छ-“अफ्त,र इन्दकुम अस्साएमून वअ,ल,कतआमकुम अल अबरारो व सल्लत अलैकुमुल मलाईकः”
अर्थः-“तिम्रो साथ रोजादारले इफ्तार गरे र तिम्रो खाना पुण्यवान व्यक्तिले खाए र फरिश्ताले तिमीलाई दयालुताको प्रार्थना गरून ” ।

निम्न अवस्थामा रोजा टुट्दैन

(१) दाँतमा ब्रश गर्नाले (२) गाजल लगाउँदा (३) कुल्ला गर्दा या नाकमा पानी हाल्दा विना ईच्छा घाँटीबाट पानी भित्र जानाले (४) धेरै गर्मिमा टाउकोमा पानी हाल्नाले। (५) थुक र खकार भित्र गएमा । (६) सुगन्ध लगाउनाले। (७) आँखामा दबाई हाल्नाले। (८) आवश्यकतानुसार तरकारीको स्वाद चाख्नाले। (९) साना बच्चालाई केही चीज चपाएर दिनु हुन्छ तर त्यसलाई तुरून्तै थुकिदिनु पर्छ । (१०) सम्भोग गर्दा फजरको आजनको नजिकको अवस्था हुनु। (११) नचाहदा नचाहदै पनि उल्टी हुनाले। (१२) रोजाको समयमा सपनामा वीर्य निस्कनाले। (१३) गल्तिले खानु या पिउनाले। (१४) दाँतको गिजाबाट रगत बहनु वा दाँतमा अड्केको खाना निल्नाले। (१५) दाँत निकाल्दा या आवश्यकतानुसार कुनै रोगीलाई रक्त दान दिनाले। (१६)महिनावारी हुँदा या निफासको रगत बाहेक कुनै रोगको कारण कुनै महिलाको रगत निस्किनाले। (१७) उपचारको लागि पछाडि गर्दनमा यन्त्रिक विधीले रगत निकाल्नाले। (१८) कोही इस्लामी विद्वानको भनाई अनुसार दमको विमारीले स्प्रे (Spray)को प्रयोग गर्नाले रोजा भंग हुँदैन।

निम्न अवस्थामा रोजा टुट्छ

(१) रोजाको अवस्थामा पत्नीसँग सम्भोग गर्नु, यस्तो अवस्थामा रोजा पुरा गर्नुका साथै प्रायश्चित पनि दिनुपर्छ,प्रायश्चित यो हो कि एउटा गुलाम (दास) लाई उसको मालिकबाट पैसा दिएर स्वतन्त्र गराउनु, गुलाम नपाए दुई महिनासम्म लगातार रोजा राख्नु या रोजा राख्न नसके साठी जना गरिबलाई खाना खुवाउनु पर्छ । (२)जानी जानी खाना खानु या बमिट गर्नु । (३) महिनावारी हुनु या बच्चा पैदा हुँदा रगत आउनु । (४) वीर्य निकाल्नु चाहे हातले होस् अर्थात कुनै तरिकाले । (५)रोजा छोड्ने विचार गर्नु चाहे खाना खानु या नखानु । (६) कुनै चीज निल्नु चाहे खानेकुरामा होस् या अरु कुनै चीज होस् । (७) हरेक प्रकारको तमाखु (खैनी) को प्रयोग गर्नु । (८) तागतको ट्याबलेट खानु या तागतको सूई लगाउनु ।

रोजामा सावधानी

(१)वुज़ूको समयमा कुल्ला गर्न र नाकमा पानी हाल्न धेरै पानीको प्रयोग नगर्नु। (२)पत्नीलाई सहवासको नियतले न हेर्नु। (३)कुनै चीज मुखमा हालेर नचपाउनु किनकि त्यो घाटीबाट तल जान सक्छ, सिवाय बच्चालाई दिन। (४) जसले आफुलाई काबुमा राख्न सक्दैन उसले आफ्नो पत्नीलाई चुम्बन नगरोस् किनकि वीर्य निस्केमा रोजा भंग हुने डर हुन्छ ।

रोजा कसको लागि छुट छ

यस पावन अवसरमा प्रत्येक वालिग मुसलमानहरु जो बुद्धि, विवेक एवं जस्को दिमागी सन्तुलन बिग्रेको छैन,स्वस्थ्य छ भने उसले रोजा बस्नु अनिवार्य छ तर बालक, विमारी, महिलाहरुमा मासिकश्राव भएको अवस्थामा, सुत्केरी भएको अवस्थामा वा जसलाई अघिपछि पनि भएको समय अलावा रगत बगिरहने छ भने र विमारी तथा बच्चालाई दुध खुवाउने आमालाई बच्चाको लागि दुध नआउने अवस्था छ भने डक्टरले छुट दिएको खण्डमा पनि रोजा बस्नु पर्दैन पछि ठीक भएपछि अर्को रमज़ान अगाडि नै राखि सक्नुपर्छ। त्यस्तै कम्तिमा असी/नब्बे किलोमिटर टाढाको यात्रा गरेको छ भने उसको लागि पनि यात्रा अवधि भर रोजा छुट छ तर राख्न चाहन्छ भने राख्न सक्छ। यदी कहिले पनि राख्न नसक्ने भए एक दिनको खाना गरिवलाई खुवाउनु पर्छ। अरु सबै व्यक्तिको लागि रोजा बस्नु अनिवार्य छ।

रोजाका फाइदाहरु

रोजा राख्नाले मानवलाई पवित्रता, धार्मिकता, शारीरिक एवं मानसिक फाईदा हुन्छ। वैज्ञानिकहरुको भनाई अनुसार रोजा राख्नाले आत्मा सन्तुष्टि, पेटको विमार, पित्तशयको विमार, रगतको विमार, हाईब्लडप्रेशर, मुटुको रोग, कान, आँखा, जोर्नी, बाझोपन, स्मरण शक्तिको कमी, वजन घटाउन, चर्बी घटाउन, जाडोको समयमा जीउ सुनिने बिमार तथा ढाड दुख्ने बिमारको लागि अचुक बाण हो।
डा. एयर सेन- “भोको बस्नुको उत्तम तरीका रोजा हो जो इस्लामी तरीका अनुसार राखिन्छ”।
ईशाई डा. रिचर्ड- “कुनै पनि व्यक्तिले भोको बस्ने विचार भए उसले रोजा राकोस् । म ईशाई मित्रहरुलाई भन्दछु कि भोको बस्नु छ भने मुसलमानको तरीका अनुसार रोजा बस्नु उत्तम हुन्छ”।
रोजा राख्नाले यस लोक र परलोक दुवैमा फाईदा हुन्छ। यो लाभको साथै महत्वपूर्ण कुरा मुसलमानहरु रोजा केवल अल्लाहको प्रशन्नता प्राप्तिको लागि अल्लाहको आज्ञानुसार राख्छन्।
प्रोफेसर बिल्वी- आफ्नो पुस्तक(१९७६ मा प्रकाशित) “स्वास्थ्यको लागि भोक” मा लेख्नु भएको छ- “प्रायः शहरमा बसोबास गर्ने व्यक्तिहरुको लागि अनिवार्य उसले बर्षमा तीन, चार हप्ताह (जुन इस्लामी रोजाको तरिकाको अवधि बराबर) को लागि खानपिन रोकेर रोजा राख्नु किनकि पुरा जिन्दगी पूर्ण स्वास्थ्यसँग आनन्दित हुन सकोस्” ।
अक्सफोर्ड यूनिवर्सिटीका प्रशिद्ध प्रोफेसर डा॰ मोर पाल्ड भन्नुहुन्छ- “मैले इस्लामी शिक्षाको अध्ययन गरे र जब रोजाको विषयमा पुगे त अचम्म माने किनकि इस्लामले आफ्नो अनुयायीलाई अरु केही दिन नसके पनि केवल रोजाको तरिका नै उनको लागि काफी थियो” (सुन्नते नबवी र आधुनिक विज्ञान १/१६५)
रमजान महिनामा गर्नु पर्ने केही पुण्य कार्यः-नबी स.अ.व.सँग साहबीले प्रश्न गर्नु भयो, सर्वश्रेष्ठ दान के हो ? त वहाँले भन्नुभयो- “रमज़ानमा दान गर्नु” (तिर्मिज़ी)
हज़रत अब्दुल्लाह बिन अब्बास रज़ि. ले भन्नुभयो- “अल्लाहको रसूल स.अ.व. अरु बेलामा पनि दान गर्न सबैभन्दा अघि थिए भने जब हज़रत जिब्रील अलैहीस्सलामसँग रमज़ानको महिनामा भेट गर्नु हुँन्थ्यो अझ वहाँको दानशिलतामा बृद्धि हुन्थ्यो साथै त्यस समयमा वहाँ हरेक प्रकारको पुण्य कार्यको लागि तेज हावा भन्दा पनि धेरै दानशील बन्नु हुन्थ्यो” । (बुख़ारी, मुस्लिम)
“अल्लाहले ब्याजलाई घटाउनु हुन्छ तथा मेटाउनु हुन्छ र दान गर्नेवालालाई बढाउनु हुन्छ”।
( कुरआन सूरः २/२७६)
नबी स.अ.व.को भनाई छ-“जो व्यक्ति रमज़ानमा कुनै व्यक्तिलाई खाना खुवाउँछ भने अल्लाहले उसको पापलाई माफ गर्नु हुन्छ, उसलाई नर्कको आगोबाट मुक्ति प्रदान गर्नु हुन्छ र इफ्तार (भोजन)गराउनेवालालाई रोजादार बराबर पुण्य मिल्दछ र रोजादारको उसको पुण्यमा कुनै कमी हुँदैन” ।
फेरी नबी स.अ.व.संग भने हे अल्लाहको रसूल हामीसँग के छ र यसरी खाना खुवाउन सक्छौ तब नबी स.अ.व.भन्नु हुन्छ-“मात्र एक खजुरबाट या दुधबाट र पानीको एक घुटकोले इफ्तार (भोजन) गराउनु पनि काफी छ” । (इब्ने ख़ुज़ैमः)
नबी स.अ.व.को भनाई छ-“रोजा र कुरआनले मानवको लागि महाप्रलयको दिन सिफारिस गर्दै भन्दछ ‘हे अल्लाह ! मैले उसलाई दिनमा खान र पिउन रोकेको थिए’ र कुरआन भन्दछ ‘मैले उसलाई रातमा सुत्नलाई रोकेको थिए’ तपाई उसको लागि मेरो सिफारिस स्वीकार गर्नु होस् ”(निसाई, अहमद)
नबी स.अ.व.ले भन्नुहुन्छ-“रमज़ानमा उमरा गर्नुको पुण्य हज्ज गर्नु समान हो ”।(बुख़ारी, मुस्लिम)
नबी सल्ल.ले बयान गर्नु हुन्छ-“जुन व्यक्तिले फर्ज़को नमाज़ पुरा गरेर सोही स्थानमा बस्छ र जब सूर्य उदय हुन्छ फेरि दुई रकअत नमाज पढ्छ भने उसलाई एक उमरा र एक हज्जको पुरा पुण्य मिल्दछ ” । (तिर्मिज़ी)

तरावीहको नमाज़

रमज़ानमा तरावीहको नमाज नबी स.अ.व.को सुन्नत (नियम) हो, यसको महत्वको बारेमा नबी स.अ.व.ले बयान गर्नु हुन्छ-“जुन व्यक्तिले पुण्यको संकल्प गरेर रमज़ान महिनामा रोज़ा राख्दछ उसको पहिलेका सम्पूर्ण पापहरु क्षमा गरिदिनेछ ” । (ब़ुखारी, मुस्लिम)
सही हदीसमा उल्लेख भए अनुसार तरावीह नमाज र वित्र सहित एघार रकअत पढ्नु प्रमाणित छ, आठ रकअत तरावीह र तीन रकअत वित्र।
रमज़ानको अन्तिम दश रातमा मस्जिदमै बसेर अल्लाहको उपासना गर्नुलाई एतकाफ भन्दछन्। यस अवस्थामा विवाहमा जन्ति, शबको मलामी र रोगीलाई भेट्न जान पाइदैन। एतकाफ एक दिन या त्यो भन्दा कम पनि गर्न सकिन्छ । एतकाफमा बस्नेले उपासनाको नियतले एक्काइसौं रमज़ानको विहान देखि बस्नु र ईदको चन्द्रमा देखे पछि वहाँबाट निस्किनु पर्छ। यस अवस्थामा कुरआन पढ्नु, नफिल नमाज पढ्नु र अल्लाहको नाम जपी रहनु पर्छ।
ईदको नमाज़ शुरु हुनु अगाडि नै सद्कातुल फित्र दिनु पर्छ। यसको खास उदेश्य हो रोजामा भएको कमि कमजोरीलाई पुरा गर्नु र गरीव तथा निर्धनहरुलाई ईदको खुशीमा सामेल गर्नु हो।
सद्कातुल फित्र सबा दुई किलो अन्न याने गहुँ, चामल र खजुर आदी चीज दिन सकिन्छ यदी यस्ता चीज नभए सो बराबर मुल्यको पैसा पनि दिन सकिन्छ। यो हरेक व्यक्तिलाई अनिवार्य छ चाहे भर्खरै जन्मेको बच्चा किन नहोस् ।

ईदुल फित्र

रोजा समाप्तिको खुशीयाली मनाउन अल्लाह तआलाले मुसलमानहरुको लागि हर्ष र उल्लासको एक दिन निर्धारण गर्नु भएको छ जसलाई ईदुल फित्र भनिन्छ। वास्तवमा रमज़ानमा अल्लाह तआलाको आज्ञाकारीता पालना गर्ने क्षमता प्रदान गर्नु भएकोमा धन्यवाद ज्ञापन हो। यसैले शव्वलको चन्द्रमा देख्नासाथ यो तकबीर पढ्नु पर्छ-“अल्लाहु अकबर, अल्लाहु अकबर, लाईला’ह इल्लल्लाहु, अल्लाहु अकबर, अल्लाहु अकबर, व लिल्लाहिल हम्द”
अर्थः-“अल्लाह सबैभन्दा महान हो,अल्लाह सबैभन्दा महान हो, अल्लाहको सिवाय कुनै सच्चा पूज्य छैनन्। अल्लाह सबैभन्दा महान हो। अल्लाह सबैभन्दा महान हो र सबै प्रशंसा वहाँकै लागि हो”
ईदको दिन नुहाएर सफा एवं राम्रो कपडामा,सुगन्ध लगाएर,केही खाना खाएर ईजगाहमा जानु पर्दछ र फर्किदा अर्को बाटो आउनु पर्दछ। ईदको नमाज़ दुई रकअत हुन्छ प्रथम रकअतमा तक्बीरे तहरीमा सात पटक भने पछि “अल्लाहु अकबर”भनेर सूर फातिहा पढ्नु र सूर आला पढ्नु पर्दछ र दोश्रो रकअतमा पाँच पटक तक्बीरे तहरीमा पढेर सूर फातिहा पढेर सूर गाशिया पढ्नु पर्छ अनि सलाम फेर्नु पर्दछ अनि खतिबले खुत्बा दिन्छन् । ईदुल फित्र पछि कुनै पनि मुस्लिमले शव्वलको ६ रोजा राख्दछ भने उसलाई एक बर्षको रोजा राखेको पुण्य मिल्दछ ।
मुहम्मद सल्ल.ले भन्नुभयो-“जसले रमजानको रोजा राख्यो र शव्वलको ६ रोजा राख्दछ भने उसले एक बर्षको रोजा बसेको पुण्य मिल्दछ” । (मुस्लिम)

रोजा नराख्नेवाला व्यक्तिको परिणाम

जानी बुझि रमज़ानको रोजा नराख्नु महापाप हो । हज़रत अबू उमामा रजि० भन्नुहुन्छ,-मैले अल्लाहको रसूल मुहम्मद सल्लल्लाहु अलैही वसल्लमले भनेको सुनेको थिए-“म सुतेको थिए स्वप्नमा मेरो नजिक दुई जना फरिश्ता आए जसले मेरो पाखुरामा समातेर उठाए र एक कठिन पहाडमा लगेर मलाई त्यसमा चढ्नु भने। मैले भनेः म त्यसमा चढ्न सक्दिन। उनिहरुले भनेः तपाई प्रयाश गर्नुहोस् हामी तपाईको मद्दत गर्छौं। मैले त्यसमा चढ्न शुरु गरे, यहाँसम्म कि त्यो पहाडको टाकुरामा पुगें त मैले त्यहाँ चिच्याउने र रुने आवाज सुने । मैले सोधेः यो रुने र चिच्याउने आवाज कस्को हो ? उनीहरुले उत्तर दिएः यो नर्क (जहन्नम) वासीको रुने र चिच्याउने आवाज हो। फेरि मलाई अगाडि लगे जहाँ मैले केही व्यक्तिलाई उधोमुन्टो पारेर झुण्ड्याएको देखे, जसको नाकको नाथ्री चिरिएको थियो त्यसबाट रगत बगिरहेको थियो । मैले सोधेः यी कस्ता व्यक्ति हुन ? उनले उत्तर दिएः यिनीहरु यी व्यक्ति हुन जसले रोजाको दिनमा खानपीन गर्दथे ”। (सहीह अत्तरगीब वत्तरहीब) अन्तमा यस रमज़ान पर्वको सुवर्ण अवसरमा सम्पूर्ण नेपाली दाजु-भाई तथा दिदी बहिनीहरुमा रमज़ानको रोजा राखि अल्लाहको प्रशन्नता प्राप्ति गर्न सकुन। आमीन्

संकलनकर्ता- मुहम्मद ईब्राहीम

पुण्य कमाउने समय

पुण्य कमाउने समय

पुण्य कमाउने समय

रमजानको महिना सबैभन्दा धेरै पुण्य कमाउने समय हो । यो महिनाको महत्वपुर्ण कार्य रोज़ा (ब्रत) हो । जसलाई अरबीमा सियाम (ब्रत) भनिन्छ ।

रमजानको महीना त्यो पवित्र तथा उपकारीको महीना हो जसमा अल्लाह तआलाले मानवको लागि भलाई र कल्याणको काम गर्नेहरुको लागि पुण्यमा वृद्धि र पापबाट मुक्ति दिलाउने छन् । यो त्यो महीना हो जसमा जन्नत (स्वर्ग) को ढोका खोली दिन्छन् तथा जहन्नम (नरक) को ढोका बन्द गरि दिन्छन्, भूत-प्रेत र शैतानलाई बन्द गरिन्छ र अल्लाहको तर्फबाट आकाशवाणी हुन्छ “हे मानवहरु हो तिमीहरु पुकार गर, हे पुण्यकार्य गर्नेहरु, पुण्य कार्यमा अघि बढेर काम गर, र हे पापको काम गर्नेहरु, अब त यस पवित्र महीनामा पापकार्य गर्नबाट पछि हट” ।

अल्लाह तआला पुण्य गर्नेहरुलाई जहन्नम (नरक) बाट मुक्ति दिन्छ । रमजानको महिनाको सबैभन्दा महत्वपुर्ण प्रार्थना रोज़ा (ब्रत) हो जसलाई अरबीमा सियाम (ब्रत) भनिन्छ जसको अर्थ हुन्छ, “रोक” अर्थातः बिहान फज़रको समय देखि लिएर सूर्य डुब्ने समयसम्म खान-पिन, संभोग लगायत रोजा भंग हुने हरेक कार्यबाट आफुलाई रोकेर राख्नुलाई नै रोज़ा (ब्रत) भनिन्छ । रमजानको महीनाको रोज़ा (ब्रत) प्रत्येक मुस्लिम, बालिग, बुद्धिमान पुरूष र महिलामा अनिवार्य छ, रोज़ा (ब्रत) इस्लामको पाँच स्तम्भ मध्ये चौथो स्तम्भ हो । जुन हरेक मुस्लिमले मन, वचन र कर्म अनुसार पालना गर्नु ज़रुरी छ । सही ढंगले रोज़ा राखेमा ती रोजा राख्नेहरुलाई धरै ज़्यादै पुण्य प्राप्त हुन्छ। जुन पुण्यको असल संख्या अल्लाह तआला नै जान्नु हुन्छ, प्रिय रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छः “मनुष्यको प्रत्येक कर्ममा उसलाई दस पुण्य देखि लिएर सात सयसम्म पुण्य दिन्छ सिवाए रोज़ा । अल्लाह तआला भन्नुभयो, रोज़ा मेरो लागि हो र रोज़ादारलाई रोज़ाको बदला म नै दिन्छु”

यसैगरी जन्नत (स्वर्ग) मा एउटा यस्तो ढोका छ, जसबाट केवल रोज़ादार मात्र प्रवेश गर्छन्, रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को कथन छः “जन्नत(स्वर्ग)को ढोकाको संख्या आठवटा छ, त्यसमा मध्ये एउटा ढोकाको नाम “रय्यान” हो, जसमा केवल रोज़ादार मात्र प्रवेश गर्छन्”।

रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो साथिहरुलाई शुभ सन्देश दिंदै भन्नुभयो” तिम्रो साथ रमजानको महिना आएको छ, यो उन्नती र प्रगतीको महिना हो, अल्लाह तआला तिमीलाई यसमा उनको दयाले ढाकी दिन्छन्, दया गर्नुहुन्छ, पापलाई मेटाउँछ, र प्रार्थना स्वीकार गर्नुहुन्छ र यस महिनामा तिमी एक आपसमा प्रार्थनामा बढी भन्दा बढी रुची लिएको देख्न चाहन्छन् । अल्लाह निकट रहेका फरिश्तासँग तिम्रो बारेमा बयान गर्नुहुन्छ, त तिमी अल्लाहलाई राम्रो काम गरेर देखउनु, निःसन्देह पापी त्यो हो जो यस महिनामा अल्लाहको दयाबाट वंचित भए” ( अल–तबरानी)

रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो” जो व्यक्ति रमजान महिनाको रोज़ा अल्लाहमा विश्वास तथा पुण्यको आशा गर्दै राख्छ त्यसको सम्पूर्ण पाप क्षमा गरी दिनेछन्” ( बुखारी तथा मुस्लिम)

रोज़ा र कुरआन करीम क़ियामतको दिन अल्लाह तआलासँग बिन्ती गर्छन् जो रोज़ा राख्छन् ,जो कुरआन पढ्छन् उनीहरुलाई क्षमा गर, त अल्लाह तआला उसको सिफारिश स्वीकार गर्नुहुन्छ, जस्तै कि रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को भनाई छः “रोज़ा र कुरआन क़ियामतको दिन अल्लाह तआलासँग बिन्ती गर्नुहुन्छः ऐ ईश्वर (अल्लाह), मैले त्यो दिनमा यसलाई खाने–पीउने र संभोग गर्नबाट रोकेर राखेको थिए, तिमी मेरो सिफारिश उसको लागि स्वीकार गर,, कुरआन भन्दछ, ऐ अल्लाह, मैले ति रातमा यसलाई सुत्नबाट रोकेर राखेको थिए, तिमी मेरो सिफारिश उसको लागि स्वीकार गर, त उनीहरु दुबैको सिफारिश स्वीकार गरिन्छ”(मुस्नद अहमद र सही तरग़ीब वत्तरहीब)

फजर भन्दा पहिले देखि लिएर सुर्यास्तसम्म खाने–पीउने तथा संभोग गर्नबाट जोगिनु नै रोज़ाको वास्तविक्ता होइन वास्तविक रोज़ाको सत्यता यो हो कि मानवले आफुलाई हरेक प्रकारको अपराध, झूटो बोल्नु, लडाई झगड़ा गर्नु, गाली गलौज गर्नु, तथा गलत व्यवहार र अवैध चीजबाट आफुलाई रोकि राख्नु किनकि रोजाको पुण्य उसैलाई प्राप्त हुन्छ, जस्तैः रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को भनाई छ” जो व्यक्ति अवैध काम र झूट बोल्नु र झूटो गवाही तथा गलत व्यवहारबाट टाढा रहदैन त अल्लाहलाई कुनै आवश्यकता छैन कि त्यो भोको, प्यासा रहोस् या खाओस्” ( बुखारी )

यदि कुनै व्यक्ति रोज़ादार व्यक्तिसँग लड़ाई झगड़ा गर्नलाई कोशिश गर्छ भने त्यो व्यक्तिसँग लड़ाई, झगड़ा नगर्नु आरमसँग नरिसाई कन भन्नु, “म रोजा बसेको छु, म झगडा गर्न चाहन्न” रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को भनाई छ “जब तिमीहरुमध्ये कोही रोजाको अवस्थामा छौ तब आपत्तिजनक कुरा नगर, जोडसँग नचिच्याउनु, यदि कोही उसलाई नराम्रो भन्छ भने या गालीगलौज गर्छ भने त उसले यति मात्र भनोस्, म रोजामा छु।” ( बुखारी तथा मुस्लिम)

यहाँ कि रमजान महिनामा अल्लाह तआलाको तर्फबाट दिइने माफी, राम्रो कामबाट प्राप्त हुने पुण्य त्यसै समय हामी हासिल गर्न सक्छौ। जब हामी रोजाको असली वास्तविकताको साथ रोजा राख्छौं र एक महिनाको कोशिश दश महिनाको कोशिश बराबर हुन्छ।

अल्लाहको कृपाले हामी र तपाईलाई यस महिनामा धेरै भन्दा धेरै पूण्यको काम गर्न, मानविय कल्याणको काम, अल्लाहको पुजा अराधना गर्ने शक्ति प्रदान गरुन किनकि हाम्रो झोलीमा पुण्य नै पुण्य होस, आमीन

संकलन तथा अनुवादक- मुहम्मद इब्राहीम

निर्दोष बालबालिका माथि अत्याचार बिरुद्धको दिवस

निर्दोष बालबालिका माथि अत्याचार बिरुद्धको दिवस

निर्दोष बालबालिका माथि अत्याचार बिरुद्धको दिवस

जसरी हरेक फूलहरु कोपिला भएर आएका हुन त्यसैगरि हरेक मानव फूलहरु जस्तै कोपिला अर्थात् वाल्यकालवाट गुज्रिएर आएका हुन्छन् । निर्दोष बालबालिका माथि अत्याचार बिरुद्धको दिवसवाल्यकालको यस्तै महत्वपूर्ण अनि मिठो यादहरुका कारणले होला एकजना फारसी कविले लेखिदिए ।

यो सम्पती नि लैजाउ
यो नाम अनि सम्मान पनि लैजाउ
तर मलाई फर्काईदेउ त्यो वालापनको श्रावण
त्यो कागजको ढुगां अनि त्यो बर्खाको बलेसीको पानी
तर सबैको वालापन मिठो नहुन पनि सक्छ । अन्याय अत्याचार अनि यूद्ध अपराध आदीजस्ता विभिन्न कारणले वालवालिकाका अधिकार अनि मिठो वालापन तुहिईरहेको छ । अर्कोतर्फ यस्ता निर्दोष कलिला वालवालिकाहरु माथी हिंसा र अत्याचारका घटनाहरु पनि भईरहेको छ ।

त्रास र रहस्य

निर्दोष बालबालिका माथि अत्याचार बिरुद्धको दिवस,

निर्दोष बालबालिकामाथि अत्याचार बिरुद्धको दिवस हरेक वर्श ४ जून, २०१७ तारिख भब्यताका साथ मनाइन्छ । तर तिनै बालबालिका माथि इस्रायल र रुसले अत्यन्तै क्रुरता पूर्वक मारिरहेका छन् । के यही बाल अधिकार ? के ति साना बालबालिका नै इस्राइल र रुसको लागि आतंककारी हुन् त ? जसले आमा बुबाको माया ममता पाउनु पर्थ्यो, उनीहरुले रमाउँदै स्कुल जान पाउनु पर्थ्यो तर रगतको भेलमा डुबेका छन् के यही बाल अधिकार ? उनीहरुलाई कुपोषण नहोस् भनेर ठूला ठूला पाँचतारे होटलमा गोष्टि र सेमिनार गर्छन्, तर बर्मा र सिरियाका बालबालिकाहरुको आमा बाबा मारिएका छन्, उनीहरुलाई टुहुरा बनाईएको छ, उनीहरु भोक भोकै तड्पिएका छन्, टाउको देखि पैतालासम्म रगतको भेल बगेको छ, उनको चित्कार र रोदन खुशी मान्दै सुन्न र उनको रगतमा पौडिन रमाउने इस्राइल र रुसका नेताको कस्तो बाल अधिकार होला । उनको सन्तानमाथि यो बिपत्ती आएमा कस्तो महशुस होला ।
हरेक मानव फूलका कोपिलारुपी वालवालिकाहरु अनि तिनको सुरक्षा, सम्बर्धन अनि अधिकार आजको विश्वले सहज प्रत्याभूत गर्नुपर्ने कुराहरु हुन् । विभिन्न कारणले वालवालिकाले भोगेका शारीरीक, मानसिक, भावनात्मक अनि संवेगात्मक पिडाहरुको आज चर्चा गर्दै अब त्यस्तो हुन नदिन छलफल र जागरण पनि गरिन्छ ।


संयूक्त राष्ट्रसँघको वालअधिकार प्रतीको प्रतिवद्धताको पनि आज चर्चा गरिन्छ । वालवालिकाका लागि कार्यरत विश्वब्यापी सँस्थाहरु, सरकारहरु, सदभावना राजदुतहरु, मिडियाहरु अनि तपाई हामी जस्ता थुप्रै सरोकारवालाहरु मिलेर विभिन्न तवरले आजको दिन मनाईन्छ ।
माईक्रो वसमा कार्यरत वालवालिकाहरुले ढोका ठटाँउदा खुरुक्क गएर सिटमा बस्न सक्ने हामीहरुले त्यही सिटमा बसेर उनिहरुको भविष्य अनि समानताका लागि सोच्न सकेका छौ त ? वालअधिकार राजनैतिक विषय होइन, नितान्त सामाजिक पृष्ठभूमिमा सामाजिक अभियन्ताहरु मार्फत समाधान गर्न सकिने यी कुराहरुमा हामी जागरुक हुन जरुरी छ । वालअधिकार क्लबहरुको गठन अनि सक्रियताले स्थानिय स्तरमा वालअधिकार अनि वालवालिका उपरका अन्यायका विरुद्ध उनिहरुवाटै आवाज उठ्न थालेको छ, जुन अत्यन्त राम्रो प्रगतीको कुरा हो ।
वालवालिकाको हृदयलाई निष्कलंक अनि निर्दोष कुराको बिम्बकारुपमा पनि ब्याख्या गरिन्छ, वास्तवमै संसारमै तिनीहरु भन्दा निर्दोष अनि आनन्दमयी कुरा के होला र ? यस पृथ्वीका हरेक वालवालिकाले मुक्तकण्ठले हास्न, खेल्न अनि आफ्ना अधिकार पाउन सकुन् । उनिहरुमाथी अत्याचार र अन्याय नहोस् र अपराधीहरुलाई हदैसम्मको कारवाही होस् ।
यस्तै कुराहरुलाई समाहीत गर्दै संसारभरि वालमैत्री संरचना र समाजको निर्माणकालागि से यस टु चिल्ड्रेन अर्थात वालवालिकालाई हुन्छ भनौ भन्ने अभियान पनि चलाईएको छ, संसारभरिका लगभग १० करोड वालवालिकाले आज यसै अभियान मार्फत विभिन्न तवरले आ-आफ्ना समाजबाट वालअधिकार प्रती आफ्नो एैक्यवद्धता जनाँउदछन् ।
अब एक छिन् इस्लाम धर्ममा के कस्तो बालअधिकार छ, त्यता ध्यानाकार्षण गराउन चाहन्छु ।
इस्लाममा बाल अधिकार
बच्चा अल्लाहको धेरै ठूलो उपहार हो, यसको महत्व उसित सोध्नुहोस् जो निःसन्तान छन् । अल्लाहको त्यो उपहारबाट वञ्चित भएको कारण सन्तान प्रति आफ्नो हृदयमा कस्तो भावनाहरु राख्दछन् । त्यति मात्र होइन सन्तान प्राप्तिको लागि लाखौं रुपैयाँ खर्च गरेका छन् र अझै खर्च गर्नको लागि तयार छन् ।
जहाँ बच्चा हुनु धेरै ठूलो उपहार हो त्यति नै धेरै ठूलो जिम्मेवारी पनि छ । इस्लाम एक प्राकृतिक धर्म हो जो हामी यस जिम्मेवारीको महत्व जान्ने उसको अधिकार पुरा गर्ने आदेश दिन्छ । इस्लाममा बच्चाको अधिकार सम्बन्धित केही महत्वपूर्ण केही बुँदाहरु प्रस्तुत गर्ने प्रयास गर्दैछु ।
बच्चाहरुसँग प्रेमः आज मानिस जब ठूलो हुन थाल्छ, त बच्चाको पर्वाह पनि गर्दैनन् जबकी मुहम्मद सल्ल. शासक हुनको बावजूद पनि बच्चाको छेउबाट जाँदा उनीहरुलाई सलाम गर्नु हुन्थ्यो। आफ्नो नातीलाई बोकेर हिड्नु हुन्थ्यो । नमाज़मा बच्चाले रोएको आवाज़ आयो भने नमाज़लाई छोट्याउनु हुन्थ्यो। नमाज पढ्न जाँदा कहिले नातिनी उमामालाई बोकेर हिड्थे, सज्दा गर्नेबेलामा उनलाई जमीनमा राख्थे, जब सज्दाबाट उठथे तब उठाउँथे। एक पटक मस्जिदमा जुमआ खुत्बा (भाषण) दिई रहेका थिए यसै बीच दुबै नातीहरु मस्जिदमा आए, रातो कपडा लगाएका थिए, जसमा झगडा गरि रहेका थिए, वहाँले खुत्बा रोक्नु भयो, उनलाई उठाएर आफ्नो साथमा ल्याउनु भयो र भन्नु भयो कि मैले यी दुवैलाई आफ्नो कपडामा झगडा गर्दै गरेको देखे त्यसैले आफैले सहन सकिन…त्यसपछि वहाँले खुतबा पूरा गर्नुभयो।
मुहम्मद सल्ल. ले एक दिन आफ्नो नाती हसनलाई चुम्नु भयो, त्यहा उपस्थित एक व्यक्ति अक़रा बिन हाबिसले भनेः मेरो साथमा दस बच्चा छन् तर मैले उनीहरु मध्ये कसैलाई पनि अहिलेसम्म चुम्बन गरेको छैन । यो सुनेर अल्लाहको रसूल सल्ल. ले उ पटी हेर्नु भयो र भन्नु भयोः जो दया गर्दैन, उसमाथि दया गरिदैन । (सहीह बुख़ारी)
बच्चाको अधिकारः इस्लामले बच्चाको जन्म भन्दा पहिले उसलाई यो अधिकार दिएको छ कि हुनेवाला माता पिता विवाहको बन्धनमा बाधिनु भन्दा पहिले संस्कृति, उत्तम आचरण र धर्मात्मा (सदाचारी) लाई जीवन साथीको चयनलाई आधार बनाउनु पर्छ ।
इस्लाममा बच्चाको यो अधिकार छ कि एक व्यक्ति जब आफ्नो पत्नीसँग सम्भोगको लागि जान्छ भने सम्भोग भन्दा पहिले यो दुआ गर्नु । ऐ अल्लाह ! तिमी हामीलाई शैतानबाट बचाउ र जो हाम्रो सन्तान प्रदान गर्छौ उसलाई पनि शैतानबाट बचाउ।
बच्चाको अधिकार पनि हो उसको अक़ीक़ा गरिदिनु, उसको राम्रो नाम राख्नु र उसको ख़त्ना गरि दिनु पर्छ। बच्चाको जन्मको खुशी प्राकृतिक हुन्छ, यसैले इस्लामले यो आदेश दिएको हुन्छ कि छोराको जन्म भएको सातौं दिनमा दुई बोका र छोरीको जन्म भएमा एउटा बोका ज़बह गरेर त्यसको मासु आफु पनि खानु र छिमेकी ईष्टमित्र, नातेदार र निर्धनलाई पनि खुवाउनु। त्यसैगरी बच्चाको राम्रो नाम राखिदिनु कि भविश्यमा क़्यामतको दिन मानिसले उनको नामबाट बोलाउने छन् र नामको एक व्यक्तिको व्यक्तित्वमाथि धेरै गहिरो प्रभाव पर्दछ ।
रह्यो ख़त्ना गराउने मामला यो त प्राकृतिक सुन्नतहरुमध्येबाट हो जसको समर्थन आज आधुनिक चिकित्सक गर्छन् किनकि खत्ना नगरेको कारण लिंगको बाहिरी भागको छालामा गन्दगी र किटाण एकत्र हुन जान्छ जसबाट विभिन्न प्रकारको रोग उत्पन्न हुन थाल्छ।
आफ्नो आमाको दूध पीउनु पाउनु बच्चाको पहिलो अधिकार हो र आमाको दूधले बच्चाको स्वास्थ्य र मानसिकतामाथि गहिरो प्रभाव पर्दछ । यसैले पिताको तुलनामा माता राम्रो व्यवहार गर्ने जिम्मेदारी ज्यादा रहन्छ ।
छोरा र छोरीको बीच अन्तर गर्नु हुँदैन अल्लाहको रसूल सल्ल. को छेउमा एकजना व्यक्ति बसेको थियो उसको एउटा छोरा आयो त्यसलाई उसले चुम्बन गर्यो अनि आफ्नो काखमा राख्यो फेरी एकछिन पछि उसको सानी छोरी आई, उसले त्यो सानी छोरीलाई न चुम्बन गर्यो, र न काखमा राख्यो, तब अल्लाहको रसूल सल्ल. ले भन्नुभयोः “तिमीले उनीहरुको बीच किन न्याय गरेनौ।” (सिलसिलतुल अहादीस अस्सहीहा 7/263 )
इस्लाममा सन्तानलाई यो अधिकार पनि छः ऊ आफ्नो उत्तम वंशबाट आनन्दित होस् र मात्र शंकाको आधारमा कोही कसैको उसको वंशबाट वन्चित गर्न सक्दैन।
आज बच्चाको अन्तर्राष्ट्रीय अधिकारको समितिहरु बच्चालाई जीवन प्रदान गर्ने दावा गर्दछन् जब कि इस्लामले धेरै पहिले बच्चाको जीवनको अधिकार प्रदान गरेको छ । यदि दुध पिउने बच्चालाई दुध कम हुने र गर्भमा रहेको बच्चालाई कष्ट हुने सम्भावना भए ती महिलाहरुलाई रोजा भंङ्ग गर्ने अधिकार छूट दिइएको छ र पछि अर्को रमदान अगाडी नै उनले बाँकी रोजा पुरा गर्नुपर्छ । जब मुहम्मद सल्ल.सँग सोधियो कि सबै भन्दा महा-पाप के हो ? तब वहाँले भन्नुभयोः तिमी अल्लाहको साथ कसैलाई साझेदार ठहर्याउँछौं जब कि उनैले तिमीलाई सृष्टि गरेका हुन् । सोधियो फेरी कुन चाही पाप सबै भन्दा ठुलो हो ? त वहाँले भन्नुभयोः तिमी आफ्नो बच्चाको हत्या नगर कि तिमीले उसलाई खुवाउनु पर्छ ।
यहाँसम्म कि व्यभीचार गर्नेवाली महिला यदि गर्भवती छिन् भने त्यो समयसम्म सजाय दिनबाट रोकिने छ जबकी बच्चालाई जन्माएर त्यो बच्चालाई उसले दूध पिलाउने अवधि पुरा नगरुन्जेल ।

विश्व वातावरण दिवस र नेपाल

विश्व वातावरण दिवस र नेपाल

विश्व वातावरण दिवस र नेपाल

विश्व वातावरण दिवसका अवसरमा जनसंख्या तथा वातावरण मन्त्रालयद्वारा यहाँ आज आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भावी पुस्ताका लागि अमूल्य र विशिष्ट जीवजन्तु तथा वनस्पति र वन क्षेत्रको संरक्षण गर्दै सुन्दर भविष्य सुनिश्चित गर्न सबैमा अपिल गरिन् ।

 

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ तथा मनोरम वातावरण र जीवनको पर्याय वन क्षेत्रलाई संरक्षण गर्दै सुन्दर भविष्य सुनिश्चित गर्न मन, वचन र कर्मले लाग्न आह्वान गरेकी छिन् । 

        संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९७२ देखि हरेक जुन ५ तारिखलाई विश्व वातावरण दिवसका रूपमा संसारभर मनाइन्छ। आर्थिक, सांस्कृतिक र राजनीतिक उद्देश्यले वातावरणीय र पर्यावरणीय मुद्दाहरुबारे समाजमा जागृति ल्याउने उद्देश्य र एजेन्डा बोकी यो दिवस स्थापना गरिएको हो। विश्व वातावरण दिवसमा प्रत्येक वर्ष एउटा उद्देश्य र एजेन्डा प्रस्तुत गरिन्छ।

       प्रथमतः सन् १९७४ मा वातावरण सम्बन्धी ”एक्सपो ७४, नामले अमेरिकाको स्पोकनमा प्रदर्शनी गरिएको थियो भने गत वर्ष सन् २०१३ मा मंगोलियाको सहरमा सोच, खाउ र बचाऊ भन्ने नाराका साथ मनाइएको थियो। जसमा वार्षिकरूपमा विश्वमा भइरहेको खाद्यान्नको ठूलो त्रास र नासको परिणाम, यिनको संरक्षण र ठूलो स्केलमा खाद्यान्न बढाउने, जनचेतना फैलाउने साथै कार्वन उत्सर्जन घटाउने एजेन्डा प्रस्तुत गरिएको थियो। यस वर्ष भने विश्व वातावरण दिवसको नारा साना सामुन्द्रिक द्वीप र जलावायु परिवर्तनमा केन्द्रित भएर आवाज बढाऔँ, सामुन्द्रिक सतह घटाऔँ भन्ने छ।
नेपालको वातावरण दिवसको सन्दर्भ पारेर तय गरिएको नारा भने ‘हिमाल बचाऔं, वातावरण जोगाउँ’ भन्ने छ । यो नारा नेपालको भौगोलिक, धरातलीय र जलवायुको दृष्टिकोणले निकै नै सान्दर्भिक छ।  यहाँ हिमाल र हिमाली भेग पर्यायवाची शब्द हुन्, जब हिमाली भेग जोगिन्छ तबमात्र हिमाल जोगिनेछ। नेपालको हिमाली भागमा अतुलनीय प्राकृतिक स्रोतको खानी छन् त्यसैले हिमाल जोगाउन हिमाली भेग जोगाउनु हामी सबैको संकल्प हुनुपर्छ। हिमाली भेग नेपालको ढुकुटी हो। यहाँ वन जंगल, जल, जडीबुटी, जराजुरी, जनावर, खनिजको अथाहा सम्पत्ति छ। साथै प्राकृतिक सौन्दर्यको खानी सेता हिमाली शिखर जुन पर्यटकीय दृष्टिकोणबाट संसारकै सम्भावना बोकेको गन्तव्य स्थल बन्न सक्नेछ।

       संसारकै अग्लो शिखर सगरमाथा रहेको यस क्षेत्र अफगानिस्थान, बंगलादेश, भुटान, चीन, भारत, म्यानमार पाकिस्तानलगायत नेपालसहित आठ देशमा लगभग २४०० कि. मी. लम्बाइमा फैलिएको छ। तर यसको क्षेत्रफलको ठूलो हिस्सा भने नेपालमा नै छ। जैविक विविधता रहेको यस हिमाली भेगमा अहिले जलवायु परिवर्तनले पनि असर पारेको छ। हिउँले ढाकिएका सेता भाग काला पत्थर बन्दै गएका छन्। अन्ततोगत्वा पानीको आयतन बढेर समुद्री सतह दिनदिन बढिरहेका छन् भने सामुद्रिक तटीय र द्वीपहरु कालान्तरमा खतरा र डुबानमा पर्ने स्थिति देखिन्छ। 

         वातावरणको हाम्रो पृथ्वीमा भएको सम्पूर्ण जलमण्डल, वायुमण्डल र भूमण्डलसँग अन्तरसम्बन्ध हुन्छ। यो कुरा हामी पत्रपत्रिका पढ्न सक्ने मानिसले बुझ्न र बुझाउनु जरुरी छ। चाहे त्यो भूमध्य रेखाका इथोपिया होस्, चाहे उत्तरी गोलार्द्ध नर्वे नै किन नहोस्, संसारका जुन कुनामा पर्यावरण र वातावरणलाई असर परे पनि त्यसले अरु भागमा कालान्तरमा पृथ्वीको भूभागमा असर पार्छ। समुद्री सतहबाट बहने मनसुनी वायु हाम्रो हिमाली क्षेत्रमा आएर हुने वर्षा, हिउँले भरिएका अन्टाटिकालगायत हिमाली भागका कारण हुने तापको सन्तुलन आदि प्रत्यक्ष नै यिनीहरुको अन्तरसम्बन्ध छ। अहिले विश्वमा चलिरहेको कार्बन उत्सर्जन र नेपालले पाउने अनुदानको सन्दर्भ पनि यो पूरा पृथ्वीको पर्यावरण र जलवायु समेटेर गरिएको वातावरणीय हिसावकिताब हो। वातावरणीय भाषामा यस्तो पर्यावरणीय सेवा लिनेले सेवा दिनेलाई रकम तिर्नुपर्ने नियम हुन्छ जसले हाम्रो देशको हिमाली क्षेत्रलगायत पहाड र तराईका वन जंगल, जल लगायत प्राकृतिक स्रोत जोगाइराख्ने हो भने भविष्यमा हाम्रो देश पर्यावरणीय सेवा दिनेमा पर्छ। त्यसैले यो अनुदान पाउन योग्य बन्नेछ। यो हामी नेपालीका लागि गौरवको कुरा हो।
विकसित देशहरुले गरेका वातावरणीय उद्देश्य निकै नै सराहनीय छन्। उनीहरु वातावरण, पर्यावरण र जलवायु परिवर्तन सम्बन्धी निकै नै संवेदनशील छन्। विकसित राष्ट्रका वातावरणीय मुद्दाहरुको अर्थशास्त्रीय तथ्यांक हेर्दा उद्योग, कलकारखाना र औद्योगिकीकरणले कार्बन उत्सर्जन गरेर ओजन तहलाई नै पातलो बनाइराखेका छन्। अर्कोतर्फ वातावरणीय प्रदूषणका कारण उनीहरु निकै नै चिन्तित छन्। त्यसैले खोज र अध्ययनमा उनीहरुको आर्थिक र राजनीतिक लगानी निकै नै ठूलो छ। उनीहरुले आफ्ना कार्य तर्जुमा, एजेन्डा र उद्देश्य नियालेर र केलाएर हेर्नुपरेको छ। यी राष्ट्र गोलमेच सम्मेलन साथै वातावरणमैत्री हुने किसिमले उद्देश्य र खाका प्रस्तुत गर्न निकै आतुर छन्। आर्थिक, सामाजिक र राजनीतिक मुद्दाहरुबाट सैद्धान्तिकतवरले व्यावहारिकमा परिणत गराउन उनीहरु निकै नै कस्सिएका छन्। यो सन्दर्भमा भने हामी नेपाली आजको दिनसम्म निकै नै व्यवस्थित छौँ। तर बदलिँदो अस्थिर राजनीतिक परिवेशले गर्दा हामीले केही दशकयता प्राकृतिक स्रोतको निकै नै क्षयीकरण र विनास गरिराखेका छौँ। नदीनालाको पानीको सतह अंक गणितीय रूपमा घटेका छन् भने वन जंगल, पशुपंक्षी र जनावर अनि कृषि भूमिको नाश ज्यामितीयरूपमा भइरहेका छन्। अव्यवस्थित भवन, बस्ती सडक र शहरहरु डरलाग्दो किसिमबाट अव्यवस्थित रूपमा बढेका छन्। 

       डलर खर्चेर गरिएका सेमिनार गोष्ठी र शहर केन्द्रित कार्ययोजनाहरुले नेपालको वातावरणीय विकृति रोक्न सकेका छैनन्। वातावरणको नाउँमा गरिएका विध्वंश, भ्रष्टाचार एकातिर छन् भने चिल्ला कागजमा तयार पारिएका प्रतिवेदन अर्कोतिर छन्। जो पढ्ने फुर्सद नै कसैलाई छैन। त्यसैले तारे होटलमा ठूलो रकम खर्चेर भन्दा सानो कामको सुरुवात गर्नु नै बुद्धिमानी हुनेछ। विद्यालयहरुमा वातावरण सम्बन्धी सामग्री पढाएमा पनि निकै राम्रो हुने देखिन्छ। नत्र वर्षमा एक दिन वातावरण दिवस मनाएर मात्रै हुँदैन, आत्मीयताबाट नै समाधान हुने कुरा हुन् यी। त्यसैले आजैबाट प्रण गरौँ कि वातावरणसम्बन्धी सोचौँ, बुझौँ र बुझाऔँ। यो नै वातावरण संरक्षणको अभियान हुनेछ। हामीले वातावरण दिवसका नाउँमा गरिएका क्रियाकलाप धेरै पैसा खर्च गरेर प्रचारप्रसार गर्नुको अर्थ छैन। जुन वातावरणीय समस्या अप्रत्यक्षरूपमा देखिएका छन् र ती भयानक पनि छन्, तिनीहरुका समस्याको समायोजन र रोकथामको उपायतिर लाग्नु नै वेश हुनेछ। नत्र भने विश्व वातावरण दिवसको नारा हुबहु नक्कल गरेर धेरै पटक जप्दैमा यो दिवस सार्थक हुँदैन। उद्देश्य बनाउन मुस्किल हुँदैन तर यसलाई सार्थक बनाउन मुस्किल छ। हाम्रो जस्तो अस्वाभाविक धरातल र अस्थिर राजनीतिका कारण पनि यो क्षेत्रमा हामी अझ बढी सक्रिय हुन जरुरी छ।

विश्व धुम्रपान रहित दिवस

हरेक वर्ष जेठ १७ गते विश्व धुम्रपान रहित दिवसको रुपमा मनाइन्छ । यो दिवस मनाउनुको खास उदेश्य भनेको मानिसलाई धुम्रमान जस्तो कुलतबाट छुटाएर उसलाई स्वास्थ्य जीवनमार्गमा ल्याउन जनचेतना जगाउनु हो । धुम्रपान सेवन गर्नाले तपाईको स्वास्थ्यलाई मात्र होइन मस्तिष्कलाई समेत असर पार्दछ । धुम्रपानले सोच्ने शक्ति र तर्कसँग सम्बन्धित शक्तिलाई समेत असर पार्ने तर्क किंग्स कलेज लन्डनका अनुसन्धानकर्ता बताउँछन् छन्।

८८०० जना व्यक्तिमा गरिएको सर्भेक्षण मध्ये ५० जना भन्दा धेरैमा उच्च रक्तचाप देखिएको थियो र  यसले वजनलाई समेत केही हदसम्म कम गर्दछ । अनुसन्धानकर्ताले धूम्रपान सेवन गरेमा हुने असरहरु जस्तैः  हृदयघात या स्ट्रोक, मस्तिष्क र स्वास्थ्यमा पर्ने असर सम्बन्धि जांच गरेका थिए ।

संसारभरि हरेक दिन १५ अरब चुरोट बिक्दछ भने हरेक मिनट १ करोड चुरोट बिक्री हुन्छ । हरेक ८ सेकेन्डमा एकजनाको मृत्यू सूर्ती सेवनका कारणले हुनेगर्दछ भने हरेक १० जनामध्य १ जना वयस्कको अकालमा मृत्यू संसारभरि चुरोट सेवनले हुनेगर्दछ । यस्ते क्रम चलिरहने हो भने सन् २०३० सम्ममा चुरोट सेवनले ६ मध्य १ जना मान्छेको मृत्यू गराउने विश्वब्यापी तथ्याकंगत पूर्वानुमान छ । यूद्ध, हिंसा, अपराध, आत्महत्या, दुर्घटना भन्दा दुई गुणा ज्यादा मानिसको मृत्यु धुम्रपानका कारणले भएकोछ ।

चुरोट मुखमा राखेर धुँवा उडाएपछि हामी सोच्दछौ कि हिरो भए। चलचित्रमा पनि चुरोटका ठुटाहरु अनि धुँवाका मुस्लोसँगै पात्रहरु देखाइन्छ। चुरोट नखानेलाई पनि चुरोटको धुँवाको त्यति नै असर गर्छ जति चुरोट तान्नेलाई हानी गर्छ। आमाले गर्भवती हुँदा चुरोट सेवन गरेकाले जन्मदै विभिन्न समस्या लिएर जन्मने अवोध पुस्ताहरुको आफ्नै ब्यथा छ । धुम्रपानका कारणले कम उमेरमै कष्टकर जीवन बिताँउदै धन, मन अनि तनको खती भएकाहरुको कथाहरु । धुम्रपान एउटा कुलत हो जसमा हामी जो कोही पनि पर्न सक्दछौ, पुराना सामाजिक मान्यताले धुम्रपानलाई नराम्रो र अराजक कुराका रुपमा ब्याख्या गरेको छ ।

धुम्रपानको लतमा आजको भोलीनै धुम्रपान गर्न छाड्न पक्कै अफ्ठेरो हुनसक्छ, तसर्थ बिस्तारै यो लतबाट आफूलाई छुटाउने कोशिस गर्नुपर्छ। विश्वभरिका अधिकांश धुम्रपान गर्ने ब्यक्तिहरु साथीभाईको लै-लैमा लागेर सानै उमेरमा धुम्रपान गर्न सिक्छन् । स्वास्थ्यनै सबैभन्दा ठूलो धन हो अनि चुरोटले हिरो हैन पक्कै जिरो बनाँउदछ यो कुरा बुझ्नु जरुरी छ ।

कसरी धुम्रपानको लत छुटाउने ?

बिस्तारै धुम्रपानको लत छुटाउन दिनँहुको सेवनमा कम गर्ने, सकारात्मक कुरातर्फ ध्यान लगाउने, दैनिक ब्यायाम अनि चिन्तनको शुद्धताका साथै खानपीनको उचित तजविजले यो बानी छुटाउन सकिने अध्यायनहरुले देखाएको छ । कहिलेकाँही त चुरोट छाड्नकालागि सल्काँउन अघिनै केही चुरोटका सुर्तीभएका ठुटा भाँचेर आधा मात्र सल्काउने गर्नाले पनि केही मात्रामा भएपनि थोरै चुरोटको धुँवा खाईन्छ, संगीत, खेलकुद अनि साहित्यको रस पनि चुरोटभन्दा कम मिठो हुँदैन ।

अहिले आएर त चुरोटको प्याकेटमै चुरोट सेवनले असर गरेका फोक्सो, कलेजो अनि मुखहरुका चित्र राखेर खरिदकर्तालाई दुरुत्साहित पार्ने गरिन्छ । नेपाल तुलनात्मक रुपमा धुम्रपान सहज देश पनि हो, अन्य देशका तुलनामा यहाँ धुम्रपान गर्नेलाई कडा कानुन अनि प्रावधानको कार्यान्वयन कम छ । अहिले आएर सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई कारवाही गर्ने प्रावधान आएपनि स्थलगत कार्यान्वयनमा कमी छ ।

चुरोट अनि अन्य सुर्तीजन्य पदार्थका सेवन आजको विश्वकालागी एउटा चुनौती हो, निकोटीनको यो लतबाट संसारवासीलाई जोगाउन हरेक वर्ष मे ३१ गते का दिन संसारले धुम्रपान विरुद्धको दिवस मनाउने गर्दछ । धुम्र अर्थात धुँवाजन्य कुरा अनि पान अर्थात सेवन, यस अर्थमा चुरोट, गाँजा, कंकड, हुक्का अनि बिँडी लगायत अन्य धेरै धुम्रपानजन्य कुराहरुका बारेमा आज संसारभरि जनजागरण फैलाईन्छ । सन् १९८७ देखि यस दिनलाई मनाउन शुरु गरिएको हो ।

विश्व धुम्रपान रहित दिवस २०१७ को नारा सुर्तीः विकासको वाधक

मुखबाट धुँवा सेवन गरेर फोक्सो जलाएर अनि मुटु विगार्न भन्दा असल शुभेच्दाहरुले मुख अनि शब्द सजाँउदै मुटुभित्र सपना जिउनु ठिक हो , हैन र ?

दुई हजार भन्दा बढि रसायन भएको चुरोटको सेवनले जीवन नसकौं, चुरोट छोड्न चाहनेलाई सहयोग पनि गर्नु हाम्रो दायित्व हो ।

धुम्रपान बारेमा डाक्टरहरु के भन्दछन्

डा.एलेक्सको भनाईलाई उद्धृत गर्दै बीबीसीले भनेको छ धूम्रपान गर्ने व्यक्तिहरुको “स्वास्थ्य जोखिममा पर्नुका साथै उमेर पनि घट्दै जान्छ ।” उनले भने “हामीले मस्तिष्क कमजोर हुने र त्यसबाट हुने जोखिमको कारण पत्ता लगाई आफ्नो जीवनशैलीमा परिवर्तन गर्नु जरूरी छ।”

प्रयोगकर्ताहरुलाई थाहा छैन कसरी आफ्नो मस्तिष्क गिरावट भई दैनिक जीवनमा धूम्रपानले प्रभावित पार्न सक्छ । उनले भने निश्चित छ कि धूम्रपानले मस्तिष्कमा छिट्टै नै आक्रमण गरी पागलपन पनि गराउन सक्छ ।

अल्जाइमर रिसर्च यूकेबाट डॉ. साइमन रिडले, भने: ” पटक-पटक अनुसन्धान गर्दा यो थाहा भयो कि धूम्रपान गर्नाले उच्च रक्तचापको बिमार हुने, उमेर घट्ने साथै मस्तिष्कमा धेरै नोक्सान पुर्याउनलाई दबाव दिन्छ र यो प्रमाणित छ कि वजन पनि धेरै घटाउँछ ।”

पचास बर्ष नाघेका एक समूहको स्वास्थ्य र जीवन शैलीको बारेमा अनुसन्धान गरी डाटा संकलन गरिएको थियो । उक्त समयमा मस्तिष्क परीक्षणको लागि मानिस र केही जनावरहरुलाई पनि समावेश गरि जाँच गरिएको थियो र यो कार्य आठ बर्षसम्म निरन्तर चलाएका थिए । उनिहरुले जब धुम्रपान गर्ने र नगर्ने बीच यस अनुसन्धानबाट यो नतिजा पाए कि धुम्रपान गर्नेको तुलनामा धुम्रपान नगर्नेहरुको हृदयघात या स्ट्रोकको जोखिम धेरै हदसम्म कमी पाए ।

सफा फोक्सो, स्वस्थ्य मुटु अनि सुन्दर भविष्य, एसट्रे भन्दा पनि गमला अनि फूलको विक्री बढोस् अबको सालहरुमा । धुम्रपान विरुद्धको दिवसको मर्यादा राखौ है त

 

 

विश्व रेडक्रस दिवस

विश्व रेडक्रस दिवस

विश्व रेडक्रस दिवस

प्रत्येक वर्ष मे ८ मा विश्व रेडक्रस दिवस मनाउने गरिन्छ। रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मदिनमा उनले गरेको योगदानको कदर गर्दै मे ८ लाई संसारभर रेडक्रस दिवसका रुपमा मनाइने गरिन्छ । हरेक वर्ष संस्थापक हेनरीको सम्झना गर्दै विभिन्न नाराका साथ रेडक्रस दिवस मनाउने गरिन्छ । विशुद्ध मानविय सेवालाई ध्यानमा राख्दै हेनरीले सन् १८६३ मा रेडक्रस सोसाइटीको स्थापना गरे। उनको विचारलाई आदर सम्मान गर्दै सन् १८६४ मा जेनेभा सम्मेलन भयो र यसले अधिकारीक मान्यताप्राप्त गर्यो । तर नेपालमा भने बि.स. २०२० सालमा मात्र रेडक्रसको स्थापना भएको हो| रेडक्रस सोसाइटीको कामलाई विश्वभरि नै प्रशंसनीय मानियो। रेडक्रसको मुख्यलक्ष्य भनेको मानव उद्धार हो । मानबिय उद्धार भन्नाले मानव वा प्रकृतिबाट घटेका हरेक प्रकारको विपत्तिले मानिसको जीवनमा भयावह क्षति पुर्याउछ र त्यस्तो अवस्थाबाट पीडितलाई उद्धार गरि जीवन रक्षा गर्नु भन्ने बुझिन्छ। अन्तर्राष्ट्रिय मानवीय सहायता, मानव जीवन र स्वास्थ्यको रक्षा, सबैप्रति आदर र विपद्लाई कम गर्ने उद्धेश्यका साथ स्थापना भएको योसंस्थामा अहिले विश्वका झण्डै २ करोड मानिस स्वयं सेवकका रुपमा कार्यरत छन्। रेडक्रसले गर्ने काम अरु कुनै संस्थाले गर्न सक्दैन। विशुद्ध मानबियतालाई आधार मान्दै रेडक्रसले मानव कल्याणको काम गर्दै आएको छ र यो एकदमै प्रसंसनिय रहेको छ। रेडक्रस दिवसको अवसरमा देशैभरी र्‍याली, रक्तदान, विपद् व्यवस्थापन सम्बन्धी जनचेतना जगाउने कार्यक्रम गरि मनाउने गर्दछन।

इस्लामको सिद्धान्तमा मिल्दो छ रेडक्रस सोसाइटीको कार्यशैली

इस्लामको पाँच स्तम्भ मध्य तेश्रो स्थानमा जकात पर्दछ, गत वर्ष रमजान महिनामा काठमाडौंको बागबजारमा IHH Turkey तथा WEFA Germany को सहयोगबाट इस्लामी संघ नेपाल बागमती तथा गण्डकी अञ्चल कार्यलयको आयोजनामा गरिब तथा विपन्न परिवारलाई खाद्यन्न सामाग्री वितरण गरिएको अध्यक्ष इर्शाद अलि शेखले जानकारी दिए। उपस्थित रहेका ३०० परिवारलाई एक बोरा चामल, दुई किलो दाल, दुई किलो चिनी, दुई लिटर खाने तेल र एक किलो नुन वितरण गरियो,
अध्यक्ष इर्शाद अलि शेखले बताए, ‘रमजान महिनामा सक्दो गरिबहरुलाई दान दिनुपर्छ । यस महिनामा आफुले कमाएको मध्ये अढाई प्रतिशत रकम विपन्न परिवारलाई दान दिनु पर्ने धार्मिक नियममा रहेको छ, त्यसैका आधारमा यो कार्यक्रम गरिएको उनले बताए ।

त्यसै गरि नेपालमा धार्मिक, शैक्षिक, सामाजिक तथा साँस्कृतिक क्षेत्रमा विगत ३० बर्ष देखि विभिन्न सहयोग तथा कार्य गर्दै आइरहेको इस्लामी संघ नेपालले देशका अन्य जिल्लाहरुमा पनि यस महिनामा खाद्यन्न वितरण कार्यक्रमको साथै सामुहिक इफ्तारको कार्यक्रम (व्रत तोड्न खाइने खाना) गराउँदै आएको जानकारी समेत उनले दिए ।

त्यहाँ उपस्थित रहेका ज्यालादारी कामदार सकिलुद्दीनले खाद्यान्न सामाग्री सहयोग पाए पछि व्रत बस्न सहज भएको बताए ।

एड्स र इस्लाम

लेखकः अजिजुल्लाह अन्सारी

व्हाट्स एपः +9779845042004

सन् १९८८ डिसेम्बर १ तारिख का दिन एउटा ठूलो समस्यालाई अभियानको रूप दिइयो र त्यस दिन विश्वले पहिलो पटक विश्व एड्स दिवस मनायो । त्यस पश्चात यस अभियानमा सम्पूर्ण मूलुकहरुलाई समेट्न थालियो र हरेक वर्ष डिसेम्बर १ तारिखका दिन विश्व एड्स दिवस मनाउने चworld-aids-day-globeलन सुरु भएको हो । एड्स एक प्रकारको यौनजन्य रोग हो । जुन एच आई भी (HIV Human Immunodeficiency Virus) जीवाणु को संक्रमणबाट लाग्ने गर्दछ । यस जीवाणुले विशेष गरी सेतो रक्तकोष (WBC) लाई नष्ट पार्दछ जस्को कारण मानव शरीरमा रोगप्रतिरोधात्मक शक्तिको कमि हुदै जान्छ । रोगप्रतिरोधात्मक शक्ति यति कमजोर भएर जान्छ कि शरीरले HIV जीवाणुसंग लड्न सक्दैन र अन्त्यमा मानिसको मृत्यु हुन्छ । यो जीवाणु विशेष गरी यौन सम्पर्क रगतको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । संक्रामित व्यक्तिले लगाएको सुइ अरुलाई लगाउदा पनि यो भाइरस अर्काे व्यक्तिमा सर्दछ अथवा संक्रमित आमाले बच्चा जन्माउँदा वा स्तनपान गराएमा बच्चा पनि यस जीवाणुबाट संक्रमित हुन जान्छ । सन् २०१४ को विश्व एड्स दिवसमा संक्रमित व्यक्तिहरुलाई साहस, सहयोग तथा प्रेरणा दिनका निमित्त नया संक्रमित व्यक्तिहरुको तुलनामा बढि संख्यामा मानिसहरु यस अभियानमा संलग्न भएका छन् । यसलाई सकारात्मक रुपमै हेर्नुपर्ला तर अर्काे पक्षलाई हेर्यौ भने यसबाट राहतको साँस कदापि लिन सकिदैन । किनभने सन् २०१४ मा कूल २१ लाख नया संक्रमित व्यक्तिहरु फेला परेको तथ्याङ्क छ । एड्सबाट संक्रमित मानिसहरुको संख्या अहिले सम्म ५ करोड नाघिसकेको अनुमान छ । Continue reading

महिला हिंसा : कारण र समाधान

लेखकः अजिजुल्लाह अन्सारी

व्हाट्स एपः +9779845042004

त्यो घटना फेरी सम्झन पुग्दा मानिस सर्वश्रेष्ठ प्राणी होmahila-hinsa-1भन्ने वाक्यमा प्रश्नचिन्ह लागेको आभास हुन्छ । त्यो भयावह घटना देखेर आकाश पनि रोयो होला र यो धर्ती पनि लज्जित भएर मानवलाई आफ्नो पिठ्यूँबाट हटाउन गुहार गर्यो होला । जनावरहरु पनि मानवको त्यस्तो तुच्छतालाई देखेर लज्जित भए होलान् । रावण जिउँदो भएको भए ती पिपाशुहरु सामू आफूलाई एउटा सभ्य मानव भएको महसुस गर्ने थियो होला जसले सीतालाई अपहरण गरेतापनि सुरक्षित राखेको थियो ।

नेपालमा महिला हिंसा विरुद्ध अभियान चलिरहेको थियो तर १६ डिसेम्बरको रात सम्पूर्ण मानव समाजलाई नै लज्जित बनाउने एउटा भयावह घटना लिएर भारतको राजधानी दिल्लीमाथि छायो । त्यो रात मेडिकलकी छात्रा “दामिनी” को दामन यौन पिपाशुहरुद्वारा लुटिन पुग्यो । दिल्लीको एउटा गुडिरहेको बसमा भएको त्यो हृदयविदारक कुकर्मलाई बयान गर्न मेरो कलम असमर्थ भएको छ । अरुको पिडा निको पार्ने प्रण गरेर मेडिकल रोजेकी छात्रा दामिनी आफ्नै पिडालाई थाम्न नसकी २९ डिसेम्बरका दिन सिँगापुरको एक अस्पतालमा यस संसारिक सबै पिडाबाट बिदा भइन् । यस धर्तीमा आँखा खोलेको २० वर्ष भयो तर मेरो कानले यस्तो कहाली लाग्दो र भयावह घटना नसुनेको थियो र न मेरो जिब्रोले कुनै इतिहासको पन्नामा त्यस्तो तुच्छ घटना पढेको थियो । Continue reading