स्वच्छ सन्देश नेपालको आवाज

लौकिक र पारलौकिक जीवनमा शान्ति पाउनको लागि ईश्वरीय ज्ञान प्राप्त गरौं

मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जीवनी भाग-४

मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जीवनी भाग-४

खदीजासँग विवाह:- एक पटक हज़रत खदीजाले वहाँलाई सामान दिएर शाम सहरमा व्यापारको लागि पठाउनु भयो र साथमा आफ्नो गुलाम मैसरालाई पनि पठाउनु भयो । अल्लाहको कृपाले व्यापारमा खुब नाफा भयो । मैसराले हज़रत मुहम्मद सल्लल्लाहु अलैही वसल्लमको ईमानदारीता र राम्रो विचार देखेर धेरै खुशी भए र यस बारेमा मैसराले हज़रत खदीजासँग मैसराले हज़रत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको ईमानदारीता र राम्रो विचारको बारेमा बताउनु भयो तब हज़रत खदिजाले आफैले नै विवाहको लागि हज़रत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम समक्ष निमन्त्रणा पठाउनु भयो । तब वहाँले आफ्नो काका अबू तालिबसँग विवाहको प्रस्ताबको बारेमा सोध्नु भयो त उहाँले विवाहको लागि अनुमति दिनुभयो । हज़रत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमका काका हज़रत हम्ज़ाले हज़रत खदीजाको काका अमर बिन सअदसँग आफ्नो खानदानको ठूलो व्यक्तिको हैसियतले कुराकानी गर्नु भयो र २० वटा ऊंट महर दिने शर्तमा (विवाहको समय पत्नीलाई दिईने राशि या जुन हैसियतमा हो)मा काका अबू तालिबले मन्त्र पढ्नु भयो। हज़रत खदीजाको यो तेश्रो विवाहा थियो, पहिलो विवाह अतीक नामका व्यक्तिसँग भएको थियो । जसबाट 3 बच्चा जन्मेका थिए । उनको देहान्त पछि अबू हालासँग दोश्रो विवाह भएको थियो र तेश्रो विवाह मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमसँग भयो । त्यस बखत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको उमेर 25 वर्षको थियो र खदीजाको उमेर ४० वर्ष थियो ।
गारे-हिरामा प्रार्थना:- हज़रत खदीजासँग विवाह पछि मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको घरेलु मामलासँग बेफ़िक्री भए। तब मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमले पानी र सातु साथ लैजान्थे र गार हिरा पहाडको गुफ़ामा दिन-रात प्रार्थनामा लागि रहन्थे। यो गुफा मक्का शहर देखि लगभग तीन माइल टाढा छ। हज़रत खदीजा धेरै धनी थिइन यसैले मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको प्रार्थना, काम, ज़िन्दगीमा कहिल्यै समस्या आउन दिएनन् र न व्यापारको कारोबार रेख-देखमा खट्नु परेको थियो । वहाँलाई खानाको व्यवस्था समेत आफै गर्नु हुन्थ्यो ।
समाज-सुधार कमिटी :- गार हिराको पहाडमा प्रार्थनाको समयमा प्रभावशाली व्यक्तिको कमिटी बनाउने सल्लाह वहाँले नै दिनु भएको थियो र वहाँको नै कोशिशमा यो कमिटी बनेको थियो । यस कमिटीको उदेश्य यो थियो कि देशमा भैरहेको विकृती व विसंगती समाप्त गर्न, यात्रीको सुरक्षा गर्न र गरीवको मद्दत गर्नु यसको मुख्य उदेश्य हो ।
सादिक-आमीनको उपाधि :- जब वहाँ ३५ वर्षको हुनुभयो त्यसै समय खान-ए-काबाको निर्माण पछि हज्रे-ए-अस्वद(स्वर्गिय ढुंगा)लाई कहाँ राख्ने भन्ने विषयलाई लिएर समाजमा एक आपसमा परस्पर झगडा हुन लाग्यो। मक्काको मानिस मुहम्मद सल्ल.को शुरु देखि नै आमीन र सादिक मान्थे । वहाँले नै यस झगडालाई समाप्त पार्नु भयो र वहाँकै दुरदर्शीताको कारण मक्कामा एक धेरै ठूलो घटना हुनबाट मुक्ती पाउन सफल भयो ।
नबी बनाइएको घोषणाः- चन्द्रमाको सालको हिसाबले चालीस बर्ष एक दिनको उमेरमा अर्थात नौ रबीउल अव्वल सन् (१२ अप्रिल ६७१ ईंसवी) सोमबारको दिन वहाँमा पहिलो सन्देंश वहाँ नै अवतरित भएको थियो । त्यस समय वहाँ गारे-हिरामा हुनुहन्थो । नुबुव्वतको सूचना मिल्नासाथ नै सबैभन्दा पहिले इस्लाम कबुल गर्नेहरु खदीजा, अली, अबू बक्र, ज़ैद बिन हारसा हुन् ।
इस्लाममा निमन्त्रणा:-तीन वर्षसम्म लुकिछिपी समाजका व्यक्तिहरुलाई इस्लामको निमन्त्रणा दिनुभयो पछि खुल्लम-खुल्ला निमन्त्रणा दिन लाग्नु भयो । जहाँ कोही उभिएको वा बसेको देख्नु हुन्थ्यो या कहीं भीड देख्नु हुन्थ्यो वहाँ नै गएर निमन्त्रणा गर्न लाग्नु भयो ।
कुबामा निमन्त्रणा:- एक दिन सबै नातेदारलाई कुवामा जम्मा गर्नुभयो । सबै नै बनु हाशिम वंशका थिए । उनको संख्या लगभग चालीस थियो । उनको सामने आफ्नो भाषणमा भन्नुभयो । हज़रत अली प्रभावित भएर तुरन्तै ईमान (इस्लाम कबुल गरे) ल्याए र वहाँलाई साथ दिने प्रतिज्ञा गरे।
खुल्ला निमन्त्रणाः- मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम खुलेआम निमन्त्रणा गर्दै “सफ़ा” पहाडमा चढेर सबै मानिसहरुलाई जम्मा गर्नुभयो र चेतावनी दिंदै भन्नुभयो मानिसलाई आखिरतको याद दिलाउँदै र नराम्रो कामबाट रोक्नु भयो । फलस्वरुप समाजका मानिसहरु आफ्नो यस निमन्त्रणा कार्यमा तगारो बन्न लागे र बिस्तारै बिस्तारै अन्याय र अत्याचारले सिमा नाग्यो । यसले गर्दा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमले इस्लामी मित्रहरुलाई हब्शा तिर हिजरत(प्रस्थान) गर्ने हुकुम दिए

1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

Leave a Reply