सूरतुल-क़लम-६८ (मक्की सूर- ५२ आयतहरु र २ रुकुअ छ)

शुरु गर्दछु अल्लाहको नामबाट जो अत्यन्तै दयालु अति कृपालु हुनुहुन्छ

१ नून, कसम छ कलमको र त्यसको जुन कुरा तिनीहरु (फरिश्ताहरु) लेख्दछन् ।

२ कि (हे मुहम्मद सल्लल्लाहु अलैही व सल्लम) तपाई आफ्नो पालनकर्ताको अनुकम्पाबाट बहुलाह होइन ।

३ र निःसन्देह तपाईको लागि अन्त नहुनेवाला ठूलो अनुकम्प छ ।

४ निःसन्देह तपाई उच्च आचरणवाला हुनुहुन्छ ।

५ अब तिमीले देख्नेछौ र यिनीहरुले पनि देखिहाल्नेछन् ,

६ तिमीहरु मध्यबाट को भ्रमित भएको छ ।

७ निःसन्देह तिम्रो पालनकर्ताले उसलाई राम्ररी जान्दछ, जो आफ्नो बाटोबाट बिचलित  भएकाछन् र उनीहरुलाई पनि राम्ररी जान्दछ, जो सोझो मार्गमा हिंडीराखेका छन्,

८ तसर्थ तिमीले असत्य ठहर्याउनेवालाको भनाई नमान्नु ।

९ तिनीहरुले चाहन्छन् तिमी अलि नरम भई देऊ । अनि यिनीहरु नरम हुनेछन् ।

१० र तिमीले कुनै यस्तो व्यक्तिको भनाई नमान्नु जसले धेरै कसम खाई रहन्छ ।

११ बदनाम अर्काको दुर्गुण वर्णन गर्नेवाला र चुक्लि गर्दै हिंड्दछ ।

१२ जो राम्रो कुराबाट रोक्नेवाला, सिमाको उल्लंघन गर्नेवाला, ठूलो अपराधी हो ।

१३ घमण्डी र त्यो पनि घटिया वंशको ।

१४ उसको अटेरीपना मात्र यसकारणले थियो कि ऊसँग धन सम्पत्ति र छोराहरु भएको हुनाले,

१५ अब उसका सामू हाम्रा आयतहरु पढेर सुनाइन्छन् तब भन्छ कि यी त पहिलाका  मानिसका कथाहरु हुन्

१६ हामीले त्यो पनि शिघ्र नै उसको नाकमा दाग लगाउनेछौं ।

१७ निःसन्देह हामीले उनिहरुको यस्तै प्रकारले परिक्षा लिएकाछौं जुन प्रकारले बगैचावालाहरुको परिक्षा लिएका थियौं जब उनिहरुले भनेका थिए भोली बिहान हुना साथ अवश्य त्यस बगैंचाको फल टिप्नेछौं ।

१८ तर इन्शाअल्लाह भनेका थिएनन्,

१९ तसर्थ उनीहरु सुतिरहेको बेलामा तिम्रो पालनकर्ताको तर्फबाट एउटा संकट आयो ।

२० तब त्यो बगैंचा काटेको बाली जस्तो भयो,

२१ जब बिहान भयो उनिहरु एक अर्कालाई भन्न थाले,

२२ यदि तिमीले फल टिप्नु छ भने आफ्नो खेतमा बिहानै आई पुग ।

२३ फेरी तिनीहरु बिस्तारै-बिस्तारै यो कुरा गर्दै हिंडे ।

२४ र आज तिम्रोसाथ कोही गरिब आउन नपाओस्

२५ उनिहरु लम्कदै बिहानै पुगे, हामी सामर्थवान हुनेछौं ।

२६ जब उनीहरुले बगैंचालाई देखे तब भन्न थाले, हामीले निश्चयनै बाटो बिर्सिसकेका छौं,

२७ होइन, हाम्रो भाग्य नै मेटी सक्यो ।

२८ उनीहरुमध्ये एउटा बुद्धिमान थियो उसले भन्यो, मैले तिमीहरुलाई भनेको थिइन, तिमीले अल्लाहको पवित्रताको वर्णन किन गर्दैनौ ?

२९ तब उनीहरु सबैले भन्न थाले हाम्रो सृष्टिकर्ता पवित्र हुनुहुन्छ, निश्चय नै हामी नै पापी र अत्याचारी थियौं ।

३० अनि उनिहरु एक अर्कालाई हेर्दै धिक्कार्न थाले,

३१ भन्न थाले हाय  अपशोच । हामी नै हद भन्दा अगाडि गै सकेका थियौं ।

३२ आशा छ कि हाम्रो पालनकर्ताले यसको सट्टा हामीहरुलाई यो भन्दा राम्रो बदला प्रदान गरिदिनुहोस्, हामी त अब आफ्नो पालनकर्ताबाटै आशावादी हुनेछौं ।

३३ प्रकोप (सजाय) यसरी नै आउँछ र परलोकको प्रकोप (सजाया) यो भन्दा धेरै कठिन हुन्छ यदि उनिहरुले यो कुरा बुझ्न सक्ने भए ।

३४ निश्चय नै संयमीहरुका लागि उनिहरुका पालनकर्ता कहाँ उपहार भएको स्वर्गहरु छन् ।

३५ के हामी आज्ञाकारीहरुलाई अवज्ञाकारी (अपराधी) हरु जस्तै गर्नेछौं ?

३६ तिमीलाई के भएको छ कस्तो निर्णय गर्दछौ ?

३७ के तिम्रो साथमा कुनै किताब छ जसबाट तिमी यो पढ्छौ ?

३८ बेशक उसमा त्यही चीज़ होस् जुन तिमी चाहन्छौ ?

३९ वा तिमीहरुले हामीसित कुनै सपथ लिएकाछौ ? जुन महाप्रलयको दिनसम्म बाँकी रहनेछ, कि तिम्रो निम्ति त्यो सबै छ जुन तिमीले आफ्नो तर्फबाट फैसला गर्दछौ ।

४०  उनीहरुसित सोध उनीहरुमध्ये यसको जिम्मेवार को हो ?

४१ के उनका अरुपनि साझेदार छन् ? यदि उनी साँचो छन् भने आफ्नो साझेदारहरुलाई बोलाएर ल्याउन् ।

४२ जुन दिन घुँडा खोली दिइने छ र उनीहरुलाई सज्दाको निम्ति बोलाइने छन्, तब तिनीहरुले सज्दा गर्न सक्ने छैनन् ।

४३ आँखाहरु तल झुकेका हुनेछन् र उनिमाथि अपमान छाई राखेका हुनेछ । उनिहरुलाई त्यसबेला पनि सज़्दाको लागि बोलाइन्थ्यो, जब कि उनीहरु ठिक ठाक थिए ।

४४ अतः तिमीले मलाई र मेरो वाणीहरुलाई झुटो भन्नेहरुलाई छाडि देऊ । हामीले उनीहरुलाई बिस्तारै यस्तो तरीकाले समात्नेछौं कि उनलाई थाह पनि हुने छैन ।

४५ मैले उनलाई समय दिई रहेको छु । निःसन्देह मेरो योजना धेरै बलियो छ ।

४६ के तिमीले उनीहरुसित केही बदला मागि रहेका छौ र उनीहरु त्यसको बोझबाट थिचिएर रहेकाछन् ।

४७ वा के उनीहरुका साथ प्रत्यक्षको ज्ञान छ जसलाई उनीहरुले लेख्दै गएका छन् ,

४८ अतः आफ्नो पालनकर्ताको आदेशलाई तपाईले धैर्यताकासाथ प्रतिक्षा गर्नुहोस् र माछावाला(यूनुस) जस्तै नहुनु, उनले गहिरो दुःखको अवस्थामा प्रार्थाना गरेका थिए ।

४९ यदि उनको सातथ उनको पालनकर्ताको दया नभएको भए उनी खुला मैदानमा फ्याकिने थिए र उनको अवस्था नराम्रो हुने थियो ।

५० अतः उनको पालनकर्ताले उनलाई फेरि रोज्नु भयो र उनलाई असल मानिसहरुमा सम्मिलित गरिदिए ।

५१ र नजिक छ कि काफिरहरुले आफ्नो तीव्र दृष्टिबाट तपाईलाई चिप्ल्याई दिनेछन्, जब उनी कुरआन सुन्दछन् र भनि दिन्छन् कि यिनी त अवश्य दिवाना छन् ।

५२ वास्तवमा यो कुरआन त सबै संसारवालाहरुको निम्ति पूरै चेतावनी हो ।

 

सूरतुल-हाक्क़ा-६९ (मक्की सूर- ५२ आयतहरु र २ रुकुअ छ)

शुरु गर्दछु अल्लाहको नामबाट जो अत्यन्तै दयालु अति कृपालु हुनुहुन्छ

 १.    वास्तवमा भएर नै छाड्नेवाला,

२.    प्रमाणित हुनेवाला के हो ?

३.    र तिमीलाई के थाहा कि त्यो वास्तविक भएरै छाड्नेवाला के हो ?

४.    त्यो ठूलो स्वरमा कराउने गड्गडाहटवालालाई समूद र आद दुबैले असत्य मानेका थिए ।

५.    जसको परिणाममा समूदलाई भयकंर चट्ट्याङबाट नष्ट गरिए ।

६.    र आद लाई ठूलो तिब्र हुरीबाट समाप्त गरिए ।

७.    जसलाई अल्लाहले सात रात र आठ दिनसम्म निरन्तर उनीहरुमाथि लगाएको थियो तब तिनीहरु भुईंमा यसरी लडेका देख्यौ जस्तै खजुरका खोक्रा बोटहरु ।

८.    के तिमीले उनिहरुमध्ये कोही पनि शेष देखि रहेकाछौं ।

९.    फिरऔन उसभन्दा पहिलाका मानिसहरु  र जसको गाउँ बस्तीहरु उलट-पलट भए, उनीहरुले पनि अपराध गर्दथे ।

१०. र उनिहरुले आफ्ना पालनकर्ताको पैगम्बरको आज्ञालाई उलंघन गरे, तब

अल्लाहले पनि उनिहरुलाई कठोर यातना दिनुभयो ।

११. जब पानीमा हलचल आयो तब हामीले तिमीलाई त्यस नौकमा सवार गरायौं ।

१२. ताकि त्यो तिम्रो निम्ति ज्ञान होस् र याद गर्ने कानले सुरक्षित राखून् ।

१३. जब सूरमा एक फुँक फुकिनेछ ।

१४. र धर्ति र पहाड दुवै उठाइनेछन् र एकै चोटी क्षत-विक्षत गरिने छन् ।

१५.  त त्यस दिनमा महाप्रलय हुनेछ ।

१६ .  र आकाश फाटिने छ अनि त्यसदिन एकदम कमजोर भईहाल्नेछ ।

१७ . र फरिश्ताहरु उसको किनारमा हुनेछन् र त्यसदिन तिम्रो पालनकर्ताको

सिंहासनलाई आठ फरिश्ताहरुले उठाउनेछन् ।

१८ .त्यसदिन तिमी सबै सामुन्ने हुनेछौ र  तिम्रो कुनै रहष्य लुक्ने छैन ।

१९ . अनि जसलाई उसको कर्म-पत्र उसको दाहिने हातमा दिइनेछ त त्यसले भन्नेछ ल

मेरो कर्म-पत्र पढ्नुहोस् ।

२० . मलाई पुरा एकिन थियो मेरो हिसाब मलाई अवश्य प्राप्त हुनेछ ।

२१ . अतः त्यो व्यक्ति  आनन्दित जीवनमा हुनेछ,

 

 

 

 

 

२२ . अग्लो, भव्य स्वर्गमा,

२३ . जसका फलहरुका गुच्छाहरु झुण्डिएका हुनेछन् ।

२४ . उनिहरुसित भनिने छ जुन कर्म तिमीहरुले अघिका दिनहरुमा अगाडि पठाएका

थियौ त्यसको प्रतिफल स्वरुप मजासित खाऊ र पिऊ ।

२५. तर जसको कर्म-पत्र उसले बायाँ हातमा  दिईनेछ, त्यसले भन्नेछ, काश मेरो

कर्म-पत्र मलाई नदिएको भए ।

२६ . र मलाई थाहा नभई दिएको भए कि मेरो हिसाब के छ,

२७ . ऐ काश, मृत्युले मेरो काम नै समाप्त गरिसक्नेछ ।

२८ . आज मेरो सम्पत्ति पनि मेरो लागि काम लागेन,

२९ . आहा मेरो अधिकारबाट गइ हाल्यो ।

३० . आदेश हुन्छ यसलाई समात र बाँधिहाल साङ्लाले ।

३१ .अनि यसलाई नर्कमा हाली देउ।

३२ .सत्तरी हातको साङ्लाले बानिदेउ ।

३३ .निश्चित रुपले यसले महिमावान अल्लाहमाथि ईमान राख्दैनथ्यो,

३४ .र न गरीबलाई खाना खुवाउन उत्साहित हुन्थ्यो,

३५ .अतः आज यसको यहाँ न कोही मित्र छ ।

३६ . न पीप बाहेक उसको लागि अरु कुनै खाना छ ।

३७ . जुन अपराधी बाहेक अरुलाई खुवाइने छैन ।

३८ . अतः हामीलाई ती कुराहरुको कसम छ जुन तिमीले देख्दछौ,

३९ . र कसम छ ति कुरा जुन तिमीले देख्दैनौ ।

४० .यो कुरआन एक प्रतिष्ठित रसूलबाट ल्याइएको वाणी हो ।

४१ .र यो कुनै कविको वाणी होइन । परन्तु तिमीहरुले बहुत कम विश्वास गर्दैछौ,

४२ . र न यो कुनै ज्योतिषीको वाणी हो, तर तिमीहरुले थोरै शिक्षा प्राप्त गर्दछौ ।

४३ .यो त सम्पूर्ण संसारको पालनकर्ताबाट अवतरित गरिएको हो ।

४४ . यदि पैगम्बरले हाम्रो बारेमा कुनै झुठा कुरा बनाएर ल्याएको भए ।

४५. त हामीले उनको दाहिने हात समातिहाल्यौं ।

४६ . अनि उनको हृदय धमनी काटिदिन्थ्यौं ।

४७ . अनि तिमीमध्ये कोही पनि हामीलाई यसबाट रोक्नेवाला हुँदैनथ्यो ।

४८ . र निःसन्देह यो कुरआन परहेजगरहरुको निम्ति एउटा नसीहत(चेतावनी) हो ।

४९ . र हामीलाई थाहा छ कि तिमीमध्ये केही यसलाई असत्य भन्नेवाला छन् ।

५० . साथै अपसोच छ काफिरहरुको लागि ।

५१ . यो निःसन्देह बिल्कुल विश्वासनिय सत्य हो ।

५२ .अतः तिमीले आफ्नो महिमावान् पालनकर्ताको नामको गुणगान गर

सूरतुल-मआरिज-७० (मक्की सूर- ४४ आयतहरु र २ रुकुअ छ)

शुरु गर्दछु अल्लाहको नामबाट जो अत्यन्तै दयालु अति कृपालु हुनुहुन्छ

 

१.    एउटा माग्नेवालाले (रसूलसित) त्यो यातना माग्यो, जुन घटित हुनेवाला छ ।

२.    काफिरहरुबाट कसैले त्यसलाई टार्न सक्ने छैन्।

३.    अल्लाहको तर्फबाट हुनेछ जुन सोपानवाला छ ।

४. जसतिर फरिश्ताहरु र रुह चढ्छन् एक दिनमा त्यसको अनुमानित अवधि पचास हजार बर्षको हुनेछ।

५.    अर्थात तिमी राम्रोसँग धैर्य गर ।

६.    निःसन्देह उनीहरुको दृष्टिमा त्यो आज़ाब टाढा छ ।

७.    र हाम्रा दृष्टिमा नजीक छ ।

८.    जुन दिन आकाश जलेको तेल जस्तो हुनेछ ।

९.    र पहाडहरु रंगिन ऊन जस्तो हुनेछ ।

१०. र कुनै मित्रले कुनै मित्रलाई सोध्ने छैन ।

११. तर एक आर्काले अगाडि हेरि राखेका हुनेछन् त्यस दिन अपराधीको ईच्छा हुनेछ यातनाको सट्टा आफ्नो छोरालाई दिऊ ।

१२. र आफ्ना पत्नी र भाईलाई ।

१३. र आफ्नो परिवारले उनलाई शरण दिन्थ्यो ।

१४. र जति मानिसहरु धरतीमा छन् सबैकुरा दिन चाहनेछन् जसले उसलाई यातनाबाट जोगाउँछ ।

१५. तर यस्तो कहिल्यै हुनेछैन, निःसन्देह त्यो प्रज्वलित आगो हो ।

१६. जसले अनुहार र शरीरको छाला जलाउने छ ।

१७. उसले सबै मानिसलाई बोलाउने छ तर तिनीहरु पिठ्युँ फर्काएर जानेछन् ।

१८. र धन एकत्रित गरेर थुपारेर राखे,

१९. निःसन्देह मानिस काँचो मुटुवाला बनाइएको छ ।

२०. जब उसलाई कष्ट हुन्छ तब आत्तिन्छ ।

२१. जब उसलाई राहत(सम्पन्नता) प्राप्त हुन्छ तब उसले कन्जुसी देखाउँछ ।

२२. जसले नमाज नियमितताको साथ पढ्दछन्,

२३. र जसको सम्पत्तिमा अरुको हक निश्चित छ,

२४. अर्थात माग्नेवालाको र नमाग्नेवालाको पनि,

२५. अर्थात माग्ने र नमाग्नेवालाको पनि,

२६. जसले न्यायको दिन(कियामत) ईमान राख्दछ,

२७. र जो आफ्नो पालनकर्ताको यातनाबाट डराउँछन् ।

२८. निःसन्देह उनीहरुको पालनकर्ताको यातना यस्तो छैन, जसबाट निश्चिन्त रहन सकियोस्

२९. र जो आफ्नो गुप्ताङ्गहरुको रक्षा गर्दछन्,

३०. तर आफ्ना पत्नीहरु वा दासीहरु बाहेक जुन उनको लागि कुनै अपशोच छैन,

३१. जसले यो बाहेक अरु चाहन्छ उनीहरु सिमा उलंघन गर्नेवाला हुन् ।

३२. र जसले आफूमाथि गरिएका विश्वासहरु र आफूले गरेको वचन र करारको पालन गर्दछन्,

३३. र जो आफ्नो गवाहीमा दृढ रहन्छन् ।

३४. र जो आफ्ना नमाजको रक्षा गर्दछन् ।

३५. यिनै मानिसहरु स्वर्गमा सम्मानपूर्वक रहनेछन् ।

३६. फेरि इन्कार गर्नेवालालाई के भएको हो कि दौड्दै आइरहेका छन्,

३७. दायाँ र बायाँबाट समून्द्रको रुपमा ।

३८. के उनिहरु मध्ये प्रत्येक व्यक्ति, यो लालसा  राख्दै छ कि उनी अनुकम्पाबाट परिपूर्ण स्वर्गमा प्रवेश गर्नेछन् ।

३९. त्यस्तो कदापि हुनेछैन । बरु हामीले उनीहरुलाई जुन चीजबाट सृष्टि गरेका छौं  त्यसलाई उनिहरु जान्दछन् ।

४०. अतःकेही छैन, म पूर्व र पश्चिमको परमात्माको सपथ लिन्छु कि हामीलाई सामार्थ्य प्राप्त छ ।

४१. कि उनिहरुको ठाउँमा उनिहरु भन्दा राम्रो मानिसहरु ल्याउ र हामी परास्त हुनेवाला हुने छैनौं ।

४२. अतः उनिहरुलाई लडाई भिडाई गरेको अवस्थामा छोडि दिनुस्  । यहाँसम्म कि आफ्नो त्यो दिन पुगुन, जसको वाचा उनीहरुसँग गरिएको छ ।

४३. जुन दिन उनिहरु चिहानबाट तिब्रताकोसाथ दौड्दै निस्कनेछन् । मानौ की, कुनै ठाउँमा दौडदै गइरहेका छन् ।

४४. उनीहरुको आँखा लाजले झुकिरहनेछन् । यो नै त्यो दिन हो, जसको उनिहरसँग वाचा गरिंदै थियो ।

सूरतुल-नूह-७१ (मक्की सूर- २८ आयतहरु र २ रुकुअ छ)

शुरु गर्दछु अल्लाहको नामबाट जो अत्यन्तै दयालु र अति कृपालु हुनुहुन्छ ।
१.हामीले नूह अलैहिस्सलामलाई निश्चित रुपले उनको समूदाय तिर पठायौं किनकि आफ्नो समूदायका मानिसहरुलाई चेतावनी र सावधान गराउनका लागि यसैले कि यस भन्दा पहिले उनिहरुमाथि कुनै प्रकोप र यातना नआओस् ।
२.उनले भने हे मेरो समूदायका मानिसहरु ! म तिम्रो निम्ति एउटा स्प्रष्ट सचेतकर्ता हुँ ।
३.अल्लाहको उपासना गर र उहाँको डर मान र मेरो भनाई मान ।
४.तब उसले तिम्रो पाप क्षमा गरिदिनेछ र निश्चित समयसम्म तिमीलाई छुट दिनेछ । निःसन्देह जब अल्लाहले निर्धारण गरेको समय आई पुग्छ तब ढिलो गर्नु हुँदैन, यदि तिमीले जान्ने भएको भए ।
५.नूह अलैहिस्सलामले भन्नु भयो, हे मेरो पालनकर्ता ! मैले आफ्नो जातिबन्धुलाई रात दिन आफ्नो तिर बोलाउने गरे, Continue reading

सूरतुल-जिन्न-७२ (मक्की सूर- २८ आयतहरु र २ रुकुअ छ)

शुरु गर्दछु अल्लाहको नामबाट जो अत्यन्तै दयालु र अति कृपालु हुनुहुन्छ ।
(१)(हे पैगम्बर सल्लल्लाहु अलैहि व सल्लम) भनिदिनुस् मेरो साथ वाह्य (ईशवाणी) आएको छ, जिन्नहरुको एउटा समूहले किताबलाई सुनेर भन्न थाले हामीले एउटा आश्चार्यजनक ‘कुरआन’ सुन्यौं,
(२)जसले भलाईको बाटो देखाउँछ, तसर्थ हामीले त्यसमाथि ईमान ल्यायौं, अब हामीले आफ्नो पालनकर्तासँग कसैलाई साझेदार बनाउने छैनौं,
(३) र निश्चित रुपले हाम्रो पालनकर्ताको गौरव अत्यन्त उच्च छ उसले आफ्नो निम्ति कसैलाई न पत्नी बनाउनु भएको छ या सन्तान,
(४) र हामीहरुमध्ये केही मुर्खले अल्लाहको बारेमा असत्य कुरा रच्दछन्,
(५) हामीले यो ठानेका थियौं मानिस र जिन्नह अल्लाहको बारेमा झुटो बोल्दैनन् ।
(६) कुरा यो कोही मानिसहरुले जिन्नहरुको शरण माग्दथे, जसबाट उनको अटेरीपना
झन बढेको थियो । Continue reading

सूरतुल-मुज़्ज़म्मिल-७३ (मक्की सूर- २० आयत र २ रुकुअ छ)

शुरु गर्दछु अल्लाहको नामबाट जो अत्यन्तै दयालु र अति कृपालु हुनुहुन्छ ।
१.हे (मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम) ओड्ने बोरेर सुत्नेवाला,
२.रातमा नमाजको लागि उभिने गर्नु तर थोरै कम,
३.आधा रात वा त्यो भन्दा केही कम गर,
४.वा केही धेरै बढाउ र कुरआन बिस्तारै राम्रोसँग पढ् ।
५.हामी निश्चित रुपले तपाईमाथि एउटा वाणी अवतरित गर्नेछौं ।
६.वास्तवमा राती उठ्नु मन लाग्दैन र कठिन हुन्छ र कुरआन पढ्न अनुकुल हुन्छ । Continue reading

सूरतुल-मुद्दिस्सर-७४ (मक्की सूर-५६ आयत र २ रुकुअ छ)

शुरु गर्दछु अल्लाहको नामबाट जो अत्यन्तै दयालु र अति कृपालु हुनुहुन्छ ।
१.हे, च्यादर ओडेर सुत्नेवाला,
२.उठ र सावधान गर ।
३.र आफ्नो पालनकर्ताको गरीमा बयान गर,
४.र आफ्ना पालनकर्ताहरुलाई सफा, पवित्र राख्नु,
५.फोहरी पनालाई छाडी दिनु,
६.र भलाई गरेर यसभन्दा बढी लिने ईच्छा नगर्नु । Continue reading

सूरतुल-कियाम-७५ (मक्की आयत-४० र २ रुकुअ छ)

शुरु गर्दछु अल्लाहको नामबाट जो अत्यन्तै दयालु र अति कृपालु हुनुहुन्छ ।

१. म कियामतको दिनको कसम खान्छु,
२. र म कसम खान्छु त्यस आत्माको जो निन्दा गर्नेवाला हो ।
३. के मानिसहरुले यो ठान्दछन् हामीले कदापि उसका हाडहरुलाई जम्मा गर्ने छैनौं ?
४. अवश्य गर्ने छौ र हामी यस कुरामा ।
५. तर मानिसले चाहन्छ आफ्नो अगाडि उसको अवज्ञा गर्दै जावस् ।
६. सोध्छन कि कियामतको दिन कहिले आउँछ ? Continue reading

सूरतुल-इन्सान-७६ (मदनी आयत-३१ र २ रुकुअ छ)

शुरु गर्दछु अल्लाहको नामबाट जो अत्यन्तै दयालु र अति कृपालु हुनुहुन्छ ।

१.निःसन्देह मानवमाथि मानव माथि कालखण्डको एउटा यस्तो समय पनि बितेको छ जब कि ऊ कुनै उल्लेख्य कुरा थिएन ।
२.हामीले मनुष्यलाई एउटा मिश्रित वीर्यबाट परीक्षाको लागि सृष्टि गर्यौ, अनि हामीले उसलाई सुन्न र देख्नेवाला बनाईदियौं।
३.हामीले उसलाई मार्ग देखायौं, अब चाहे ऊ कृतज्ञ बनोस् वा कृतध्न ।
४.निश्चित रुपमा हामीले इन्कार गर्नेहरुको निम्ति हतकडी र तौक र प्रज्वलित आगो तयार गरेका छौं ।
५.निश्चय नै सदाचार मानिसहरुले यस्तो पेय पदार्थ पिउनेछन् जसमा कपुरको मिश्रण हुनेछ ।
६.यो एउटा मूल हो जसबाट अल्लाहका सेवकहरुले पिउनेछन् र त्यसबाट नहरहरु निकाल्नेछन् ।
७.यिनीहरुले भाकल पूर्ण गर्दछन् र त्यस दिनबाट तर्सन्छन् जसको भय चारैतिर हुनेछ ।
८.र अल्लाहसँगको प्रेममा (स्वयं खानाको ईच्छा भएपनि) निमुखा अनाथहरु र कैदीहरुलाई खाना खुवाउँछन् ।
९.हामी त केवल अल्लाहको प्रशन्नताको निम्ति तिमीलाई खुवाउँछौ, तिमीसित न कुनै पुरस्कार चाहन्छौं र न कृतज्ञता ज्ञापन ।
१०.हामीलाई आफ्नो पालनकर्तासित त्यस दिनको डर लाग्छ, जो उदासी र अत्यन्त कठोरवाला हुनेछ ।
११.अतः अल्लाहले उनिहरुलाई त्यस दिनको नराम्रो कुराबाट बचाईहाल्यो र उनीहरुलाई उज्जलता र खुशी प्रदान गर्यो ।
१२.र उनिहरुको सन्तोषको बदलामा उनीहरुलाई जन्नत र रेश्मी वस्त्र प्रदान गर्यो,
१३.यिनीहरुले त्यहाँ पलङ्गमाथि तकिया लगाएर बसेका हुनेछन् त्यहाँ न सूर्यको गर्मी देख्नेछन् न कठिग्रिने जाडो,
१४.र ती स्वर्गका छायाँहरु उनीमाथि झुलेका हुनेछन् र त्यसका फलका गुच्छाहरु तल झुण्डिएका हुनेछन्,
१५.सेवकहरु चाँदीका भाँडाहरु र शिशाको भाँडाहरु लिएर उनिहरुको चारैतिर घुम्नेछन्,
१६.शिशा पनि चाँदीको हुनेछन् जसलाई ठिक ठिक मात्रानुसार बनाइएको हुनेछ।
१७. र त्यहाँ उनिहरुलाई यस्तो पेय पिलाइनेछ जसमा सूठो(जन्जबील) मिलावट हुनेछ ।
१८.यो स्वर्गको एउटा नहर हो जसको नाम “सलसबिल” हो ।
१९.र उनिहरुको नजिकबाट स-साना केटाहरु ओहोर दोहोर गर्नेछन् जो सदैव किशोर अवस्थामा रहनेछन् । जब तिमीहरुले उनिहरुलाई देख्दछौ तब
ठान्नेछौ कि तिनीहरु छरिएका सच्चा मोती हुन् ।
२०. स्वर्गमा तिमी जहाँ देख्नेछौ, ठूलो अनुकम्पा र विसाल साम्राज्य देख्नेछौ ।
२१.उनीहरुको शरीरमा मसिनो हरियो रेश्मी वस्त्र र बाक्लो बुट्टेदार रेश्मी वस्त्र हुनेछन र उनीहरुलाई चाँदीको कंगन पहिर्याइने छ र उनको पालनकर्ताले
उनीलाई पवित्र पेय पिलाउनेछ ।
२२.यो तिम्रै कर्मको पुरस्कार हो र तिम्रो प्रयासको सम्मान गरियो ।
२३.निश्चय नै हामीले अत्यन्त व्यवस्थित रुपले तपाईमाथि पवित्र कुरआन अवतरित गरेका छौ ।
२४. अतः आफ्नो पालनकर्ताको आदेश र निर्णय अनुसार धैर्यले काम गर्नु र
उनीहरुमध्ये पापी, दुराचारी र कृतघ्नको आज्ञापालन नगर्नु ।
२५. र प्रातकाल र संध्याकालको समयमा आफ्नो पालनकर्ताको नामको स्मरण गर्नु,
२६. र रातको समयमा उसलाई ढोग्ने गर र अबेर रातीसम्म उसको गुणगान गर्ने गर ।
२७. निःसन्देह यिनीहरुले छिट्टै प्राप्त हुने संसार चाहन्छन् र महाप्रलयको दिनलाई बिर्सिदिन्छन् ।
२८. हामीले उनीहरुलाई सृष्टी गर्यौ र हामीले नै उनका जोर्नी र गाँठाहरुलाई
बलियो बनायौं र हामीले जतिखेर चाहन्छौं उनी जस्तालाई पूर्णतः परिवर्तन गरिदिन्छौं ।
२९. निश्चय नै यो एउटा चेतावनी हो, अब जसले चाहन्छ आफ्नो पालनकर्ताको मार्ग ग्रहण गर्न सक्छ ।
३०. र तिमीले चाहेर सक्दैनौ, तर जुन अल्लाहले चाहन्छ पूरा हुन्छ, निसन्देह अल्लाह सर्वज्ञ र तत्वदर्शी छ, ।
३१. जसलाई चाहन्छ आफ्नो दयालुतामा प्रवेश गराउँछ र अत्याचारीहरुको निम्ति उसले दुःखद यातना तयार गरेको छ ।

सूरतुल-मूर्सलात-७७ (मक्की आयत-५० र २ रुकुअ छ)

शुरु गर्दछु अल्लाहको नामबाट जो अत्यन्तै दयालु र अति कृपालु हुनुहुन्छ ।

१. हृदय प्रशन्न गर्दै बहने वायुको कसम,
२. अनि अत्यन्त प्रचण्ड हुने हावाको कसम,
३. र बादललाई उचालेर फिँजाउँछ त्यसको सौगन्ध,
४. फेरि सत्य र असत्यलाई अलग-अलग टुक्रा-टुक्रा गरिदिने,
५. र ईशवाणी ल्याउने फरिष्ताहरुको कसम.
६. जुन ईशवाणी उतार्ने वा सावधान गर्नको निम्ति हुन्छ । Continue reading