कुन चीजबाट कति जकात निकाल्ने

कुन चीजबाट कति जकात निकाल्ने

दुआले तक़दिर बदल्छ यसैले दुआ गरौं ।

जकात इस्लामको तेश्रो स्तम्भ हो। इस्लामिक नियम अनुसार कुन चीजमा जकात लाग्छ कुन चीजमा लाग्दैन यसको हद र सिमा तोकिएको हुन्छ । सो सम्बन्धमा कुरआन तथा हदीसको प्रमाण सहित यहाँ उल्लेख गर्ने छु ।  जकात लाग्ने चीजहरु यस प्रकारका छन्,- सुन, चाँदी, खेती, फल, ब्यापारिक सामान, चर्नेवाला जनावर, खानीबाट निकालिएको चीज, गैह्र मुस्लिमले गाढेर राखेको माल आदी ।

कुन मालबाट कति जकात निकाल्ने ?

सुन या सुनको गहनाबाट ८५ ग्राम भन्दा ज्यादा छ, र बर्ष दिन पुरा भएको छ भने र चाँदी ५८५ ग्राम छ र बर्ष दिन पुरा भएको छ भने जकात निकाल्नु पर्छ सो भन्दा कम भए जकात निकाल्नु पर्दैन ।

( क ) सुन, चाँदी र नगद पैसामा २.५ को हिसाबले जकात निकालिन्छ ।

(ख) खेतीको अन्नबाट ६५० किलो ग्राम देखि जकात निकाल्नु पर्छ तर कुनै ठाउँमा भनिएको छ ६१० किलो देखि माथि भएमा जकात निकाल्नु पर्छ । यसमा दुई अवस्था छ यदि पानीको पैसा तिर्नु पर्छ भने बिस भागबाट एक भाग निकाल्ने र यदि पानीको पैसा तिर्नु पर्दैन भने दश भागबाट एक भागको हिसाबले निकाल्नु पर्छ । उदाहरणको लागि पानीको पैसा तिर्नु पर्दैन भने दस कुइन्टलबाट एक कुइन्टलको दरले निकाल्नु पर्छ र यदि पानीको पैसा तिर्नु पर्ने भए बिस कुइन्टलबाट एक कुइन्टलको दरले अन्नमा जकात निकालिन्छ । अन्नबाट जकात निकाल्न वर्ष पुग्नु पर्दैन । जुन बाली तयार हुन्छ त्यसबाट सोही समय जकात निकाल्नु पर्दछ ।

तरकारी तथा फलफुलमा यस्तो सामानमा जकात लाग्छ जुन फ्रिजमा लामो समयसम्म स्टोर गरेर राख्न सकिन्छ,

सार्वजनिक चीजको आम्दानीबाट जकात लाग्दैन जस्तैः- मस्जिद, मदरसा, धर्मशाला आदी । यस सम्बन्धमा कुरआनमा भनिएको छः- गरिबमाथि खर्च गर त्यो मालबाट जुन माल मैले तिमीलाई दिएको छु (सूरः बकरा-२५४)

तर कसैले आफ्नो सम्पत्ति आफ्नो सन्तानमा दान गरेको छ भने सो मालको आम्दानीबाट जकात लाग्छ । यहाँ तक कि यातीमको मालबाट पनि जकात निकाल्नु पर्छ । अवैध मालबाट जकात निकाल्नु हुँदैन । फिल्म, फोटो, ब्याजको कारोबार, चोरी, डकैत, घुस इत्यादी चीजबाट आएको आम्दानीबाट जकात लिनु हराम(अवैध) हुन्छ ।

यस सम्बन्धमा कुरआनमा भनिएको छः- अल्लाहले आत्म संयमीहरुको कर्म स्वीकार गर्ने गर्दछ। (सूरः अल माइदा – २७)

हदीसमा छः अल्लाह पवित्र छन् पवित्रलाई नै कबुल गर्नु हुन्छ ।(मुस्लिम, किताबुज़्ज़काकात)

अर्को ठाउँमा भनिएको छः हिनामिनाको मालबाट गरिएको दानलाई अल्लाहले स्वीकार गर्नु हुन्न ।

कर्जामा दिएको पूजीबाट जकात निकाल्नु पदैन, कर्जा दिनेवाला माथि पनि र कर्जा लिनेवाला माथि पनि । हजरत आइशा रज़ि. को भनाई छ,- कर्जामा जकात छैन (अल महली)

आम्दानी हुने फण्ट या बोनसको मालमा उस समय जकात अनिवार्य हुँदैन जब त्यो माल आफ्नो हातमा आउँदैन र एक बर्ष बित्दैन ।

तिजारती(ब्यापारी) माल अर्थात पूँजीबाट जकात अनिवार्य छ ।

हदीसमा छः हज़रत समरा बिन जुन्दूब भन्नु हुन्छ,- रसूलुल्लाह सल्ल.ले हामीलाई हुकुम दिनु हुन्थ्यो, हामीले त्यो माल(धन वा पूँजी) बाट जकात दिनु जुन हामीले ब्यापारको लागि राख्दथ्यौं । (अबू दाऊद)

अल्लाह तआलाको कथन छ,- हे मोमिन हो ! जुन पवित्र र राम्रो कुरा तिमीले कमाउँछौं र जुन कुरा हामीले तिम्रो निम्ति पृथ्वीबाट उब्जाउँछौं सूरः अल बकर- २६७)

तिजारती मालबाट जकात निकाल्ने तरीका यो हो कि बर्षको आखिरमा जम्मा पूँजी जोडेर लिन दिन फर्छ्यौट सही रुपमा गरी बाक़ी पूजीबाट  सयकडा २.५ को दरले उसको मुल्य जोडेर जकात दिनुपर्छ ।

कम्पनिको सेयरमा जकात लाग्दैन तर उसको नगद हातमा आएपछि जकात लाग्छ र जबसम्म त्यो सेयर पूँजी फिर्ता हुँदैन तब त्यो मालबाट जकात लाग्दैन । गाडी, घर, खेतबाट जकात लाग्दैन ।

स्रोतः तालिमुल इस्लाम

लेखकः मुख़्तार अहमद नदवी- मुदीर अद्दारुस्सलफ़िया, मुम्बई

लफ़िया, मुम्बई

अनुवादकः मुहम्मद इब्राहिम

जकात भनेको के हो ?

जकात भनेको के हो ?

इस्लामको पाँच स्तम्भ मध्ये जकात तेश्रो स्थानमा पर्दछ । जकात सन् दुई हिजरीमा मदिना मुनव्वरामा अनिवार्य गरिएको प्रमाणित हुन्छ । जकातको अर्थ हुन्छ आफ्नो धनलाई दान दिएर पवित्र गराउनु, वृद्धि गराउनु र उन्नती गराउनु हो । जुन खास माल(सम्पति) जसमा इस्लामी शरई कानूनले तोकेको एक निश्चित सिमाङ्कन अनुसार छ र त्यो माल एक बर्ष भएको छ भने त्यस मालबाट जकात निकाल्नु पर्छ,इस्लाममा यसैलाई जकात भन्दछन् ।त्यो मालबाट अल्लाहको हक सम्झेर गरिब दुःखीलाई दान दिनु पर्दछ ।

कुरआनमा जकातको बारेमा बयासी स्थानमा नमाज़को साथ बर्णन गरिएको छ । जकात अनिवार्य हुनको लागि अल्लाह तआलाको भनाई छ “र नमाज पढ र जकात देऊ र रुकु(झुक्नेहरु) गर्नेसँग रुकु(झुक्नेगर) गर्ने गर। (सूर अल बकरा आयत नं. ४३)

मुहम्मद सल्ल. को भनाई छ “अल्लाहले मुसलमानहरुका लागि जकात अनिवार्य गर्नु भएको छ जुन मालदारहरुसँग लिईन्छ र गरिवहरुलाई बितरण गरिन्छ।” (बुखारी व मुस्लिम)

जकातका फाईदाहरु

जकातका फाईदाहरु यसप्रकार छः- अल्लाह तआलाले जकातमा दिएको माललाई वृद्धि गराउनु हुन्छ । कुरआनमा लेखिएको छ “अल्लाहले सूदलाई घटाउनु हुन्छ र जकातलाई वृद्धि गर्नु हुन्छ।,, (सूर बकरा-276)

कुरआनमा छ “र तिमीहरु जुन जकात दिन्छौ र त्यसबाट अल्लाहको खुशि चाहन्छौं (त्यो उन्नति र प्रगति हो) भने, यस्तै व्यक्तिहरु आफनो माललाई दुई गुना, तीन गुना वृद्धि गर्नेवालाहरु हुन्(सूरः रुम आयत नं. 39)

जकातको बारेमा हदिसमा लेखिएको छः- सदका (दान) दिएर माल घट्दैन । (तिर्मिज़ी)

जकात इस्लामको पुल हो । (बैहिकी)

आफ्नो माललाई जकात दिएर बचाउ । (बैहिकी)

जुन मालको जकात दिईन्छ त्यो माल पवित्र हुन्छ । जकात दिनेवालाले आफुलाई कन्जुसी जस्तो खराब आदतबाट जोगाउँछ र दानसिलताको आदतको बनाउँछ ।

 

स्रोतः तालिमुल इस्लाम

लेखकः मुख़्तार अहमद नदवी- मुदीर अद्दारुसलफ़िया, मुम्बई

अनुवादकः मुहम्मद इब्राहिम

ब्याजः एक अभिशाप

ब्याजः एक अभिशाप

ब्याजः एक अभिशाप

 जब नेपाली मुस्लिमहरुसंग एउटा प्रश्न सोधिन्छ – “यदि नेपाल सरकारले
जनावरलाई इस्लामी तरिकाले जिबह गर्ने (काट्ने) कुरामा प्रतिबन्ध लगाउँछ भने तपाईको प्रतिकृया कस्तो हुनेछ ?” जवाफ पाईन्छ– “हामी यस कानुनबिरुद्ध आवाज उठाउनेछौं ,आन्दोलन गर्नेछौं…..।” त्यही मुस्लिमहरुका लागि अर्काे प्रश्न –“ईश्वर सामू ठूलो अपराध कुन हो– इस्लामी तरिकाले नकाटेको जनावरको मासु खानु अथवा ब्याजमुक्त कारोबार गर्नु ठुलो अपराध हो ?” जवाफ हुनेछ– “ब्याजयुक्त कारोबार गर्नु ठूलो अपराध हो ।”

  जब ब्याजको कारोबार गर्नु ‘जिबह’ नगरेको जनावरको मासु खानु भन्दा ठुलो अपराध र पाप हो भने मुस्लिमहरुले यसको बिरुद्ध कुनै कदम किन उठाएका छैनन जबकि ‘जिबह’ माथिको प्रतिबन्ध हटाउन आन्दोलन समेत गर्न तत्पर छन् ? मुस्लिमहरु मात्र होइन् , गैर–मुस्लिमहरुले पनि ब्याज बिरुद्ध किन कम्मर कसेका छैनन् जबकि ब्याजको भूमरीले बिना कुनै भेदभाव सबैलाई आफनो चपेटामा लिएको छ ।

   अवश्य पनि ब्याजयुक्त कारोबार गर्नु ठुलो अपराध हो, किनभने यस्तो कुनै अपराध वा पाप छैन जसका बिरुद्ध स्वंम इश्वरले नै युद्धको घोषण गरेका हुन्- हे आस्थावानहरु हो ! अल्लाहको भय गर र यदि तिमीहरु साँच्चिकै आस्थावान हौ भने बाँकी रहेको ब्याज परित्याग गरिदेऊ । यदि तिमीहरुले त्यस्तो गरेनौ भने सावधान ! अल्लाह र रसुलको तर्फबाट युद्धका लागि तयार भईहाल । (कुरआन २ः२७८२७९)

       मुहम्मद (स.) ले ब्याजमुक्त कारोबारलाई नर्कको आगोमा पु¥याई छाड्ने सातवटा अति घोर पापहरुमध्ये एक भएको बताउनु भयो । (बुखारी र मुस्लिम )

                यस कुरालाई इश्वरले स्वंम प्रमाणित गर्दै भन्नुभयो – र जुन मानिस ब्याज खाने कार्य तर्फ फेरी फर्कन्छन् तिनीहरु नर्कवासी हुन् जहां तिनीहरु सदा सर्वदा रहनेछन् ।” (कुरआन २ः२७५ )

                ब्याज कति घोर र तुच्छ पाप हो भन्ने कुरा को अनुभूति यस हदिसबाट सजिलै गर्न सकिन्छ– अबु हुरैरह (रजि.) ले बताउनु भयो कि  मुहम्मद (स.) ले भन्नुभयो – ब्याज सत्तरी (७०) प्रकारका छन् र सबभन्दा कम्तिको पाप यस समान छ कि उसले आफनो आमासंग व्यभिचार गरोस् ।” (इब्ने माजाह)

    केही मानिसहरु यस्ता पनि छन् जसले ब्याजलाई ब्यापारको रुपमा लिने गर्दछन् जँहा पूँजी लगानी गरी त्यस वापत केही नाफा कमाइन्छ । आजका बैंकहरु सोही काम गर्दै ब्याजलाई नाफाका रुपमा आर्जन गर्ने गरेका छन् । तिनीहरु लाई इश्वरले जवाफ दिएका छन् ः– ती मान्छेहरु जसले ब्याज खान्छन् , (चिहानबाट) यसरी उठ्नेछन जस्तो कि शैतानले छोएर उसलाई बौलाहा बनाएको होस् ।  यस्तो यस कारणले हुनेछ कि तिनीहरुले भन्दथे –“ब्यापार पनि ब्याज जस्तै हो । ब्यापारलाई अल्लाहले बैध र ब्याजलाई अबैध ठह¥याएका छन् । ( कुरआन २ः२७५ )

    कुरआनले मात्र होइन् , बाइबलले पनि ब्याजलाई अबैध ठह¥याएको छ । बाइबलले ब्याज लिनेलाई मारिनै पर्छ भन्ने समेत घोषणा गरेको छ ः जसले ब्याजमा रुपियां दिन्छ र दिएको भन्दा बढी लिन्छ । के यस्तो मानिस जीवित रहन्छ र? त्यो जीवित रहनेछैन । त्यसले यी सबै घिनलाग्दा कामहरु गरेको कारणले मारिनैपर्छ र त्यसको रगत त्यसकै शिरमाथि पर्नेछ ।” (इजकिएल १८ः१३)

     ब्याज नलिने व्यक्ति नै असल आत्मा भएको बाइबल बताउँछ – त्यसले ब्याजमा रुपियां दिदैन , कुर्कम गर्नबाट आफनो हात परै राख्छ , मानिसमानिसको बीचमा सत्यसित न्याय गर्छ …….त्यही मानिस धर्मात्मा हो । ” (इजकिएल १८ः८,१७ )

    जसले आफनो रुपियाँ ब्याजमा लाउदैन र निर्दाेषको विरुद्ध घूस लिदैन । यस्ता काम गर्ने कहिल्यै पनि डग्नेछैन ।”  (भजनसङ्ग्रह १५ः५ )

    तिमीहरु संग हुने मेरो कुनै गरिब मानिसलाई ऋण दियौ भने त्यस प्रति साहुकार जस्तै नहोओ । त्यससित ब्याज पनि नलेओ । ” ( प्रस्थान २२ः२५ )

  इश्वरको भय राख्ने सच्चा अनुयायीले ब्याज लिने छैन । बाइबल भन्छ – त्यसलाई ऋण दिदाँ ब्याज वा नाफा नलिनू । तिमीहरुले आफनो परमेश्वरको भय मान्नु र तिमीहरुको दाजुभाई तिमीहरु सितै बसिरहोस् त्यसलाई तिमीहरुले ब्याजमा रुपियाँ नदिनु । ” (  लेवी २५ः३६३७ )

ब्याज खाने ब्यक्तिहरुको धन धेरै समय सम्म तिनीहरुसंग नरह्ने कुरा को दाबी बाइबलले गर्दछ ः अति नै ब्याज लगाएर जसले आफनो सम्पत्ति बढाउछ , त्यसले कुम्ल्याएको धन अर्कैको हुनेछ , जसले गरीबमाथि दया राख्नेछ । ” ( हितोपदेश २८ः८ )

    कुरआनले यसरी भन्दछ – अल्लाह ब्याजलाई मेटाउँछन् र दानमा अभिबृद्धि गर्छन् । र अल्लाहले कृतघ्नहरु एवं पापीहरुलाई मन पराउदैनन् । ” ( कुरआन २ः२७६ )

    येशु मसिहले ब्याजका कारोबार गर्नेहरुलाई डाँका भन्दै रिसका कारण तिनीहरुको टेबुलहरु समेत पल्टाइ दिएका थिए ः येशु परमेश्वरको मन्दिरमा प्रवेश गर्नुभयो । अनि उहाँले मन्दिरमा किनबेच गर्ने सबैलाई धपाउनु भयो र पैसा साट्नेहरुका टेबिल , र परेवा बेच्नेहरुका आसन पल्टाइदिनु भयो । उहाँले तिनीहरुलाई भन्नुभयो , “यो लेखिएको छ , ‘मेरो घर प्रार्थनाको घर कहलाइनेछ ।  तर तिनीहरुले यसलाई डाँकूहरुको अड्डा बनाएका छौ । ” (मत्ती २१ः १२१३ )

      ब्याजको अपराध क–कसमाथि लागू हुन्छत ? मुहम्मद (स.) ले भन्नुभयो– अल्लाहले तिरस्कृत गरेका छन् उनीहरुलाई जसले ब्याज खान्छ , जसले ब्याज दिन्छ ,जो त्यसको साक्षी बस्छ र जसले त्यसको हिसाब लेख्छ ।” (मुस्लिम)

ब्याजको असर

                आज ब्याजी कारोबारको बर्चस्व देखिन्छ , त्यसमा अत्याधिक नाफा भएको अनुमान लगाइन्छ , तैपनि के कारण होला कि इसा मसिहले तिनीहरुलाई डाँका भनेर सम्बोधन गरे ? आखिर कति तुच्छ कार्य हो कि मुहम्मद (स.) ले ब्याजी कारोबारीलाई घोर ब्यभिचारीको
संज्ञा दिनुभयो  ? कति ठुलो अपराध र पाप हो कि अल्लाह स्वयंले  ब्याजखोरीहरुलाई युद्धका लागि तयार रहन् भने ?

                 ऋणीले साहुकारलाई सावाँ भन्दा जेजति बढी रकम दिनुपर्ने हुन्छ त्यो नै ब्याज हो । ऋणी चाहे नाफामा होस् वा नोक्सानमा , उसले सम्झौता अनुसारको रकम साहुलाई तिर्नुपर्ने नै हुन्छ । यदि कुनै ब्यक्तिले साहुबाट रु. १,००,००० कर्जा लिन्छ र बार्षिक ५% साधारण ब्याज दिने करार हुन्छ भने वर्षको अन्त्यमा ऋणीले जम्मा रु. १,०५,००० साहुलाई तिर्नुपर्ने हुन्छ जसमा बढि तिरेको रकम रु. ५,००० नै ब्याज हो ।

   खुला बजारमा ब्याजदरको कुरा गरौं भने साहुकारहरुले मासिक ४ का दरले ब्याज लिने गरेका छन् अर्थात वार्षिक ४८ ब्याज तिर्नुपर्ने हुन्छ । एउटा गरिब व्यक्तिले साहुकारसंग ऋण लिंदा दुइ वर्षपछि दोब्बर रकम तिर्नुपर्छ ।

 यदि तपाईले रु. ३५,००,००० मा घर किन्दै हुनुहुन्छ जसमध्ये रु.५,००,००० तपाईले अग्रिम भुक्तानी गर्नुभयो र बाँकी ३०,००,००० रुपैयाँ मासिक किस्ताको रुपमा ३० बर्षमा ६%  बार्षिक ब्याजदरका हिसाबले चुक्ता गर्ने करार गर्नुभयो भने तपाईले मासिक रु. १७,९८६.५ तिर्नुपर्ने हुन्छ । जस अनुसार उक्त ३० बर्षको अवधिमा तपाईले कुल रु. ६४,७५,१४० भुक्तानी गर्नुपर्छ जसमा रु.३४,७५,१४० ब्याजरकम हुनेछ ।

   त्यही यदि कुनै ऋणदाताले ६% मासिक चक्रिय ब्याजका दरले रु. १० लाख ३० बर्षका लागि उपलब्ध गराउँछ भने त्यो रकमबाट रु. ५०,२२,५७५ ब्याज असुल गर्दछ ।

(www.thecalculatorsite.com/compoundinterestcalculator)

                 एक रिपोर्टका अनुसार ऋणदाता देशहरुले ऋणी देशहरुबाट रु.१ का सट्टा रु.९ असुल गरेका छन् अर्थात रु.१ अर्बको सट्टा रु.९ अर्ब असुल गरिएको छ ।

   अब अनुमान लगाउन सकिन्छ कि जब नेपालले अर्बौ–अर्ब रकम विश्व बैकंबाट ऋण लिन्छ भने कति रकम भूक्तानी गर्नुपर्ने हुन्छ । केहि बर्ष नबित्दै त्यो ऋण दोब्बर–तेब्बर हुन जान्छ जसको पूरा भार जनता माथि आउँछ । त्यसैकारण महंगी जस्ता समस्याहरु उत्पन्न हुन् जान्छन् । अवस्था कतिसम्म भयावह छ कि नाइजेरियाका भूतपूर्व राष्ट्रपति ओबासेन्जो त्यहाको ऋणको बारेमा टिप्पणी गर्दै भनेका थिए – सन् १९८५८६ सम्ममा हामीले लिएको ऋणको कुल रकम ५ अर्ब डलर  ( $5 billion ) थियो र हामीले लगभग १६ अर्ब डलर ( $16 billion) तिरी सकेका छौँ , अझैपनि हामीलाई २८ अर्ब डलर ($28 billion) तिर्न बाँकी रहेको भनिदैछ । अन्तराष्ट्रिय ऋणदाताहरुको ब्याजदरको अनियमितताका कारण त्यो २८ अर्ब डलर आएको हो । यदि तपाईहरु मलाई सोध्नुहुन्छ कि संसारको नराम्रो वस्तु के हो भन्ने मेरो जवाफ हुनेछ चक्रिय ब्याज ।” (Jubilee  zoo news update , August 2000 )

     विश्व बैंक स्वयंले पनि आफनो १९९५ को विश्व विकास प्रतिवेदनमा विश्वमा सम्पन्नता र विपन्नता बीचको खाडल बढ्नुको प्रमुख कारण ब्याज हो भनी उल्लेख गरेको छ । हरेक देशमाथि अन्तर्राष्ट्रिय ऋण रहेको छ जसको ब्याज भूक्तानी गर्नु देशमाथि ठुलो भार भएको छ । ब्याजयुक्त कारोबार कै कारण धनी देशहरु रातारात धनी हदैंछन् भने गरीब देशहरु झन् गरीब बन्दै गएका छन् । यही अवस्था खुला बजारको पनि रहेको छ जहां धनी व्यक्तिसंग धनको थुप्रो लाग्दै गएको छ र गरिबहरु गरिबीको चक्की झन् पिसिएका छन् । गरीबी र ऋणले गर्दा प्रत्येक बर्र्ष करिब १ करोड १० लाख बालबालिकाहरुको मृत्यु हुने गरेको । प्रत्येक बर्ष कैयौं किसानहरु बैंकको ऋण तथा ब्याज भूक्तान गर्न नसकी आत्महत्या गर्ने गर्दछन् । भारतको मात्र कुरा गरौं भने हरेक बर्ष औसत १७,५१३ जना किसानले आत्महत्या गर्छन अर्थात प्रत्येक ३० मिनेटमा १ जना किसानले आत्महत्या गर्छ जसको प्रमुख कारण ब्याज हो । मूद्रास्फीति (Inflation) को प्रमुख सहयोगी तत्व ब्याज नै हो जसले गर्दा महंगीले आकाश छोएको छ । ब्याज भातृत्व (भाइचारा) तथा सहानुभूती र स्नेहको बिरुद्ध हुन्छ जसको आधार लोभ,कठोर हृदय तथा स्वार्थीपना हो । यो एकाधिकार समाजको जन्मदाता हो जहाँ गरिब अझैँ गरिब बन्दै गएका छन् र धनी अझै धनी । विश्वको सम्पूर्ण धन–सम्पति केही ब्यक्तिहरुको हातमा मात्र समेटिएको छ । ब्याजी कारोबार यस्तो धन्दा हो जसमा ऋणदातालाई नोक्सानको कुनै सम्भावना हुदैन, नाफा–नोक्सानमा हिस्सेदारीको सट्टा सम्पूर्ण जोखिमहरु ऋणीले नै ब्यहोर्नु परेको हुन्छ । ब्याजको एक–एक रुपैँयामा मान्छेको रगत लागेको छ किन भने यसले विश्वयुद्ध निम्त्याउन समेत पछि हटेको थिएन ।

कुनै बिकल्प छ कि ?

     अनेक समस्या र आर्थिक संकटबाट गुज्रिरहेको अर्थतन्त्र तथा समाजका शुभचिन्तकहरु बैकल्पिक बाटोको खोजीमा छन् । अर्थशास्त्रका प्रोफेसर श्री बैधनाथन भन्नुहुन्छ – देशले एउटा बैकल्पिक विश्व बित्तिय ढाँचाको आह्वान गर्नुपर्छ ।  (Indian institute of Mangement, Banglore )

               WEF 2009 समारोहको स्वागत मन्तब्य राख्दै World Economic Forum का कार्यकारी अध्यक्ष क्लस स्क्वाबले भन्नुभयोः आज हामीहरु एउटा चरम बिन्दुमा पुगिसकेका छौं जसले हामी समक्ष एउटै बिकल्प छोडेको छ – ‘परिर्वतन अथवा जारी गिरावट र बिपत्तिलाई सह्नु  

    अवस्थालाई बदल्न हामीसंग एउटा मात्र विकल्प बाँकी रहेको छ त्यो हो – ‘ब्याजरहित आर्थिक कारोबार’ जसलाई इस्लामिक बैंकिङ्गको रुपमा पनि चिनिन्छ ।

               ;g\ 2008-09  मा भएको विश्व आर्थिक संकटको समाधानका लागि इस्लामिक वित्तिय सिद्धान्तको प्रस्ताव राख्दै वेटिकन (Vatican)  को अधिकारिक समाचारपत्रमा भनिएको थियो – जुन नैतिक सिद्धान्तहरुमा इस्लामिक अर्थतन्त्रमा आधारित छ त्यसैले बैंकहरुलाई तिनीहरुलाई सेवाग्राहीहरु तथा वास्तविक अस्तित्वको नजिक पुृ¥याउन सक्छ जसले सबै बित्तिय सेवालाई अंकित गरेको हुनुपर्छ ।     ( L’ osservator Romano, 5th  march 2009 )

           किसानहरुको आत्महत्या तथा गरीबी निवारणको एकमात्र प्रणाली इस्लामिक बैंकिङ्ग भएको कुरा बताउँदै एम.एस.स्वामीनाथन भन्नुहुन्छ – हिजो पनि हामीहरु समाचारमा सुन्यौ कि विदरभा (महाराष्ट्र,भारत)  मा करिब ३० जना किसानहरुले आत्महत्या गरेका छन् । इस्लामिक बैंकिङ्ग जसले शुन्य ब्याजदरमा कर्जाको वकालत गर्छ , त्यसले यो संकटको समाधान गर्न सक्छ ।  (The New Indian Express , 6 April 2010 )

                अहिले आवश्यक्ता छ परिर्वतनको जसले ब्याज जस्तो अभिशापको सट्टा एउटा यस्तो प्रणाली लिएर आओस जुन शुुन्य ब्याजदरमा कारोबार गर्न सकोस्  इस्लामिक बैंकिङ्ग प्रणालीले ब्याज रहित कारोबार गर्न आव्हान गरेको छ । विभिन्न देशहरु जस्तै फ्रान्स, जापान, हङकङ, सिङ्गापुर आदिमा यस बैंकिङ्ग  प्रणालीलाई अपनाईएको छ । बेलायतमा पनि  इस्लामिक बैंक अफ ब्रिटेन (Islamic Bank of Britain ) को स्थापना भइसकेको छ । नेपालका अर्थशास्त्रीहरुले पनि यस प्रणालीमा ध्यान पु¥याउनु पर्छ । वित्तिय संस्थाहरु तथा अन्य संघसंस्थाहरुले लोभ र स्वार्थीपनालाई त्यागेर ब्याजरहित कारोबारलाई प्रोत्साहन दिनुपर्छ साथै विद्यार्थीहरुलाई इस्लामिक बैंकिङ्गको अध्ययन गर्न परामर्श दिनु पर्छ  तथा प्रशिक्षणको पनि ब्यवस्था गरिनुपर्छ जसरी भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहले भारतीय रिर्जब बैंक (RBI) लाई भनेका थिए– समयसमयमा इस्लामिक बैंकिङ्ग माथि प्रयोग गर्ने माग उठदै आएको छ । म निश्चित रुपमा भारतीय रिर्जब बैंक (RBI) लाई सिफारिश गर्छु कि यस (इस्लामिक बैंकिङ्ग) सम्बन्धमा मलेसियामा के हुदैछ भन्ने कुराको अवलोकन गरोस् ।

 

लेखकः अजिजुल्लाह अन्सारी

व्हाट्स एपः +9779845042004

जकात नदिनेलाई के सजाय

जकात नदिनेलाई के सजायः- जो मानिस जकात अनिवार्य भै कन जकात दिन कञ्जुस्याईगर्छ र आफ्नो धनको माया र लोभले गर्दा आफ्नो सम्पतिबाट जकात दिंदैन भने उसको लागि निम्न लिखित सजाय हुन्छ भनि हदिसमा उल्लेख गरिएको छ ।

१. उसको माल(सम्पती)लाई कियामत(महाप्रलय)को दिन नर्कको आगोमा तताएर उसको निधार, कोखामा र पछाडि ढाडमा डामिनेछ र उसलाई बताइन्छ कि यो त्यही धन हो जुन तिमीले लोभले गर्दा दान नदिएर जोगाएर राखेका थियौं अब मजा चाख ।

२. उसको धन सम्पतिलाई आगोको तौक( माला ) बनाएर गलामा पहिर्याइन्छ ।

३. जसले जकात अनिवार्य भएर पनि जकात दिंदैन उसलाई त्यही सम्पतिलाई छोटो बाँङ्गो सर्प बनाएर त्यस कञ्जुसको गलामा पहिर्याई दिइन्छ र त्यसले उसको दुवै कन्पटीमा डसी रहन्छ र भन्दछ म तिम्रो सम्पति हूँ (बुखारी र मुस्लिम)

४. जकात(दान) नदिनाले बर्षा रोकिन्छ । (बहैकी ६/४८५)

जकात नदिनेलाई समाजिक सजायः-

१. जकात इस्लामको एक स्तम्भ हो जो मानिस उसलाई जकात अनिवार्य भैकन दिन चाहदैन त्यो इस्लामबाट बाहिरिन्छ ।

२. जो मानिस यसलाई अनिवार्य मान्दैन र दिनलाई चाहदैन त्यसले सजाय हो कि मुसलमानको सरदारले त्यस व्यक्तिसँग जबर्जस्ति जकात असुल गर्नु पर्छ ।

कुन व्यक्तिहरुले जकात अनिवार्य दिनुपर्छ-

१. त्यस स्वतन्त्र मुस्लिममा जकात अनिवार्य हुन्छ जो जकातको कुनै किसिमको मालको हिसाबले (आफ्नो सम्पति जसमा जकात अनिवार्य छ) तोकिएको सिमानुसार उ त्यसको मालिक छ ।

२. जकात अनिवार्य हुनलाई उसको वार्षिक मालको आम्दानीको हिसाबले घर, घरायसी खर्च, खाना खर्च, लत्ता कपडा, सवारी, काम गर्नलाई जरुरत समान बाहेक वर्ष भरिमा बचत रहेको सम्पतिबाट जकातको सिमानुसार ऊसँग त्यो भन्दा धेरै बचत सम्पति भए उसले जकात अनिवार्य दिनुपर्छ ।

३. जब त्यो सम्पति बर्षको अन्तमा जकातको नियमानुसार तोकिएको मापदण्ड भन्दा धेरै छ भने जकात अनिवार्य हुन्छ ।

४. यदि कुनै सम्पति कर्जामा फसेको छ भने र त्यो सम्पति निश्तिच रुपमा उठ्न सक्दैन भने त्यो मालबाट(धन) त्यही समय जकात उठाइन्छ जब त्यो असुल हुन्छ तर कर्जा यस्तो ठाँउमा छ जुन जतिखेर पनि उठाउन सक्छ भने त्यो मालबाट अनिवार्य जकात दिनुपर्छ ।

५. यदि कसैको जिम्मामा कर्जा चुक्ता गर्नु अनिवार्य हुन्छ र उक्त व्यक्तिको सम्पति जकात दिनु पर्ने एक निश्चित सिमाङ्कन भन्दा कम छ भने यस्तो हालतमा उसले जकात दिनु पर्दैन ।

६. सुन, चाँदीको गहना र सुन, चाँदीको मुल्य बराबर धन, सम्पति छ र जकात दिनु पर्ने एक निश्चित सिमाङ्कन अनुसार छ भने यस्तो हालतमा उसले जकात दिनु पर्छ ।

७. ब्यापारीक कारोबारको माल सामान, सुन, चाँदी, खेती, फल, चर्नेवाला जनावर, खानीबाट निकालिएको माल, गैह्र मुस्लिमले गाडेर राखिएको समानमा फेला परेमा त्यस माल वा धनबाट जकात दिनुपर्छ ।

जकात

जकात भनेको के हो ?

इस्लामको पाँच स्तम्भ मध्ये जकात तेश्रो स्थानमा पर्दछ । जकात सन् दुई हिजरीमा मदिना मुनव्वरामा अनिवार्य गरियो । जकातको अर्थ हुन्छ आफ्नो धनलाई दान दिएर पवित्र गराउनु, वृद्धि गराउनु र उन्नती गराउनु हो । इस्लाममा जकात त्यसलाई भन्दछन् जुन खास माल(सम्पति) जसमा जकात अनिवार्य हुन्छ त्यस मालबाट अल्लाहको हक सम्झेर गरिब दुःखीलाई दान दिने गर्दछ । कुरआनमा जकातको बारेमा बयासी स्थानमा नमाज़को साथ बर्णन गरिएको छ । जकात अनिवार्य हुनको लागि अल्लाह तआलाको भनाई छ “ र नमाज पढ र जकात देऊ र रुकु(झुक्नेहरु) गर्नेसँग रुकु(झुक्नेगर) गर्ने गर। (सूर अल बकरा आयत नं. ४३) मुहम्मद सल्ल. को भनाई छ अल्लाहले मुसलमानहरुका लागि जकात अनिवार्य गर्नु भएको छ जुन मालदारहरुसँग लिईन्छ र गरिवहरुलाई बितरण गरिन्छ । (बुखारी व मुस्लिम)    

जकातका फाईदाहरु

जकातका फाईदाहरु यस प्रकार छः- अल्लाह तआलले जकातमा दिएको माललाई वृद्धि गराउनु हुन्छ । कुरआनमा लेखिएको छ “अल्लाहले सूदलाई घटाउनु हुन्छ र जकातलाई वृद्धि गर्नु हुन्छ।,, (सूर बकरा-276)

फेरी अर्को ठाँउमा कुरआनमा लेखिएको छ “र तिमीहरु जुन जकात दिन्छौ र त्यसबाट ईश्वरको खुशि चाहन्छौं (त्यो उन्नति र प्रगति हो) र यस्तै व्यक्तिहरु आफनो माललाई दुई गुना तीन गुना वृद्धि गर्नेवालाहरु हुन् (सूरः रुम आयत नं. 39)

जकातको बारेमा हदिसमा लेखिएको छः-

 सदका (दान) दिएर माल घट्दैन । (तिर्मिज़ी) जकात इस्लामको पुल हो । (बैहिकी) आफ्नो माललाई जकात दिएर बचाउ । (बैहिकी) जुन मालको जकात दिईन्छ त्यो माल पवित्र हुन्छ । जकात दिनेवाला कन्जुसीको जस्तो खराब आदतबाट बचेर दानसिलताको आदतको बनाउँछ ।