मित्रता दिवसः साथी कति प्रकारका हुन्छन्

मित्रता दिवसः

मित्रता दिवसः साथी कति प्रकारका हुन्छन्

आपसी रिस राग र शत्रुता छ भनें त्यसलाई छोडौं, हामीहरु मध्ये जसले पहिले आफ्नो साथिलाई माफ गर्छ त्यो व्यक्ति नै महान हो। साथी भनेको ऐना हो । ऐनाले आफ्नो अनुहारमा जे छ त्यो स्पष्ट देखाउँछ । असल साथिले त्यो हो, जसले आफ्नो साथिको कमी कमजोरी अर्थात अवगुणहरु एकान्तमा राखेर सम्झाउने कोशिस गर्छ । खराब साथी त्यो हो जसले आफ्नो मित्रको पछाडी कुरा काट्दै हिंड्छ । जसले आफ्नो मित्रको उसको पछाडि कुरा काट्छ, मानौ उसले आफ्नो मरेको भाईको मासु लुछि लुछि खाई रहेको छ।

सुदामाले कृष्णलाई सोधे.. कृष्ण ! मित्रताको मतलब के हो ?

      आफ्नो हितैषी मित्र सुदामाको प्रश्न सुनेर कृष्णले उत्तर दिए, “हेर सुदामा जुन कुरामा स्वार्थ लुकेको हुन्छ, त्यो मित्रता होइन र असल मित्र हुनकालागि नि­­:स्वार्थ भावना हुन जरुरी छ ।”

साथी कति किसिमका हुन्छन् ?

     साथीहरु सात किसिमका हुन्छन्, हेलो साथी, भलो साथी, मित साथी, जीवन साथी वा संगिनी, बालापनको साथी, युवा साथी, वृद्ध साथी ।

       हेलो साथीः भेटघाटको समय हाई हेलो भन्ने तर खासै नजिक पनि होइन तर चिनजान भएको साथी हो । कुनै सहयोग पनि नगर्ने र टाढा पनि नहुने र नजिक पनि न रहने हेलो साथी हो ।

      भलो साथीः साथीलाई समश्या पर्दा साथ दिने मित्रलाई भलो साथी भनिन्छ। जस्तैः बिमारी पर्दा, आर्थिक संकट पर्दा, दुश्मनको घेरामा पर्दा, अर्थात जीवनको हरेक मोडमा साथीलाई दियो ज्यान दिएर सहयोग गर्ने साथी नै भलो साथी हो । जस्तैः महाभारत युद्धमा अर्जुनलाई, कृष्णजीले साथ दिएका थिए। त्यसैगरी भलो साथीले आफ्नो साथीलाई लडाईमा शत्रुको घेरामा छोडेर आफु पिठ फर्काएर भाग्दैन। उदाहरणको लागि उहुदको युद्धमा आफु मरेर पनि अल्लाहका रसूलको ज्यान जोगाएका थिए। अल्लाहका रसूल मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) को मिल्ने साथी अबु बक़र सिद्धिक थिए।

       मित साथीः मित साथी र भलो साथी पनि उस्तै उस्तै हो तर केही गुणमा फरक हुन्छ । मित साथीहरु बीच धनी र गरिबको भेदभाव हुँदैन, न जातिय भेदभाव हुन्छ, न वर्ग बीच भेदभाव हुन्छ । जस्तैः कृष्ण र सुदामा मित हुन् तर उनीहरु बीच धेरै गुणहरु फरक छ । कयौं यस्ता महान व्यक्ति पनि छन् तर उनको मित सामान्य परिवारका हुन्छन् । यो यस्तो पवित्र बन्धन हो ।

     जीवन साथी वा संगिनी जीवन साथी भनेको श्रीमान् र श्रीमती हुन् । श्रीमान श्रीमती बीच हरेक व्यवहारिक कुरामा सरसल्लाह र छलफल गर्नुपर्छ । तर हामीहरुमध्ये केही व्यक्ति यस्ता छौं कि श्रीमतिको केही कुरा सुन्न नचाहने तर आफ्नै हरेक कुरा श्रीमतिले मान्नु पर्छ भन्ने घमण्डी स्वाभावको हुन्छौं । यो मानसिकता गलत हो किनभने श्रीमान र श्रीमति भनेको एक रथका दुई पाँग्रा हुन, के एउटा पाँग्राले रथ चल्छ त ? कदापि चल्दैन । श्रीमति श्रीमिनको सेवामा जति धेरै खटेकी हुन्छिन्, उसको श्रीमान आफ्नी श्रीमतिको सेवामा त्यति खटेर सहयोग गरेको पाईदैन त्यसैगरी केही श्रीमान असल हुन्छ त उसकी श्रीमति बदमास हुन्छे। नाठो सित लागेर आफ्नो श्रीमानको हत्या गर्ने खालका पनि हुन्छन् । त्यसैगरी कोही श्रीमान पनि अर्की केटीसँग लागेर घरकी श्रीमतिलाई हेला गर्ने, मानसिक तथा शारिरिक यातना दिएर सताउने गर्छ। कोही कोही मूर्ख श्रीमानले त त्यो केटीको कुरामा लागेर यसलाई पन्छ्याई दिए टन्टै साफ भनेर हत्या गर्न पनि पछि पर्दैन । यसो गर्नु जीवन साथी वा संगिनी बीच प्रेम र मिलनको बीच ठूलो दुर्भाग्य हो ।

     श्रीमति र श्रीमान मध्ये कोही एक बिमारी या अशक्त हुँदा उनको उपचार, स्याहार र खानपानमा विशेष ध्यान दिएर सहयोग गर्नु परम कर्तव्य हो । उदाहरणको लागि अय्युब अलैहिस्सलाम 18 बर्षसम्म बिमारी हुँदा उनकी श्रीमतिले सेवा गरेकी थिइन। ती हुन् असल जीवन संगिनी । तर बिडम्बना हामी देख्छौं आफ्नी श्रीमति होस् या श्रीमान् केही दिन बिमारी भयो, त्यो विमारीलाई सहानुभूति दिनु स्याहार गर्नु त कता हो कता उल्टै झर्को मान्ने, रिसाउने गरेको देख्छौं ।

       बालापनको साथीः बालक कालमा साथमा रमाउने खेल्ने साथीहरु पछि गएर हितैषी साथी पनि बन्न सक्छन् तर कोही साथी उच्च ओहोदा र धनाढ्य भएपछि आफ्नो साथीलाई भुल्न पनि सक्छन् त्यो पद र धनको घमण्डले गर्दा यस्तो भएको हुन्छ । जो धनाढ्य साथी छ उसले त यो कुरा सम्झिदैन कि हामी सानो हुँदा सँगै लुकामारी खेलेको, सँगै पढेको, सँगै खाएको सबै भुल्छ तर त्यो गरिब साथीले भुलेको हुँदैन ।  नेपालीमा एउटा उखान छः ‘गाँस छाड्नु तर साथ नछाड्नु’ ।

        युवा साथीः जब हामी बालपनबाट युवा अवस्थामा पुग्छौ त्यसपछि कोही साथीले आफ्नो युवा साथीलाई छोडेर युवती साथीतर्फ नजिक हुन खोज्छ, अनि आफ्नो साथीलाई भुल्न थाल्छ। त्यही कारणले कहिले काहीं तिनै युवती साथीको प्रेममा फाटो पर्यो भने त्यही साथीलाई गुहार्न जान्छ । यदि साथी विवेकशिल र ज्ञानी छ भने सही मार्ग देखाउँछ तर बुद्धिहिन छ भने हत्या गर्ने योजनामा साथ दिन्छ जसको फलस्वरुप आफु पनि जेलमा जान्छ र साथीलाई पनि जेलमा पुर्याउँछ । खराब साथीको कारणले कुनै आमा बाबाको काख रित्याई दिन्छ। युवक साथीको कारणले मानिस सही बाटो लिन पनि सक्छ र खराब बाटो लिन पनि सक्छ । त्यसकारण हामीले असल साथीको संगत गर्नुपर्छ । साथीको संगतको बारेमा एउटा सानो टुक्रा राख्न चाहें । जसको शब्द रचना चाँदनी शाहले गर्नु भएको हो ।

एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा

एउटा साथीको साथले कति फरक पार्दछ जिउनुमा”

          वृद्ध साथी- जब हामी युवा अवस्थाबाट वृद्ध आवस्थामा पुग्छौ तब हामी होसियार हुन्छौं तर कुनै मित्र वृद्ध अवस्थामा पनि उल्टो बुद्धि सिकाउने गर्छन् भने कोही सुमार्गमा लाग्न प्रेरणा दिने हुन्छन् । खास गरी वृद्ध अवस्थामा पुग्दा हामीलाई साथि नै भए पनि धन सम्पत्ति, जग्गा जमीन र आर्थिक लेनदेनको कारणले साथीको मन दुखाउने काम गरेका हुन्छौं । यो ठूलो भूल हो । हामी मरेर जाँदा हाम्रो साथमा केही जाँदैन तर पनि हामी संसारिक लोभ लालचमा परेर आफ्नो साथी गुमाउन पुग्छौं । त्यही बालापन र युवा अवस्थाका साथी नै वृद्ध अवस्थामा धन घनिष्ट साथी हुनु पर्थ्यो तर बिडम्बना जति वृद्ध अवस्थामा पुग्छौं त्यति नै धन सम्पत्ति प्रति लालच बढ्ने भएको हुनाले मित्रतामा खलल पुग्न जान्छ ।

   हरेक वर्षको अगस्त महिनाको पहिलो आइतबार विश्वभर मित्रता दिवसको उपलक्ष्यमा सबैले आ-आफ्ना मित्रहरुलाई सन्देश पठाउने, भेट्ने, सम्बन्ध सुधार्ने अनि केही उपहारहरु साटासाट गर्ने चलन छ ।

         नेपालमा पनि विभिन्न प्रकारका कार्यक्रम, भेटघाट गरी उत्साहका साथ मित्रता दिवस मनाइन्छ । संगै पढेका, संगै खेलेका, संगै काम गरेका मित्रहरुलाई आफुबाट केही गल्ति भए क्षमायाचना गर्दै पुरानो रिस राग, झगडा, दुश्मनीलाई मित्रता, माया प्रेममा परिणत गर्नु पर्छ तब मित्रता दिवसले सार्थकता पाउँछ । एक आपसमा माया र सदभाव भयो भने मात्र त्यो घर,  काम गर्ने ठाउँ, र त्यो समाज स्वर्गिय झै लाग्नेछ, अन्यथा त्यही ठाउँ नर्क तुल्य महशुस हुन्छ । त्यसैले हामी आजै देखि एक आपसमा झगडा, बैमनस्यता यदी छ भनें त्यसलाई त्यागेर मित्रता दिवसमा पानीको भेलले फोहोरहरु बगाए झैं बगाउनु होस् । तँ भने पनि या तपाई भने पनि या तिमी भने पनि  मित्रता कायम राखौं । साथी भनेंको हृदयको ऐना हो । यस सम्बन्धलाई सदैव स्वच्छ र खुल्ला राखियोस् । राम्रो साथी बन्न र बनाउन प्रेरणा मिलोस् यही कामना गर्दछु।

 

आइशा रज़ी. सँग कम उमेरमा निकाह (विवाह) किन गरे ? (भाग-1)

आइशा रज़ी. सँग कम उमेरमा निकाह (विवाह) किन गरे ? यसको पछाडी अल्लाहको रसूल सल्ल.को के तत्वदर्शिता थियो…यस विषयमा प्रकाश पार्ने प्रयास गरेको छु। मुहम्मद सल्ल. को वैवाहिक जीवनमा दृष्टिगत गर्दा केही कुरा सामने आउँछ ।

पहिलोः मुहम्मद सल्ल. 25 वर्षको उमेरसम्म यस्तो समाजमा रहन्थे जुन हरेक प्रकारको पाप र अपराधमा ग्रसित थियो तर वहाँ यस्तो पाप र अपराधिक गतिविधी भएको समाजमा पनि बिल्कुल पवित्र थिए।

दोश्रोः 25 वर्षको उमेरमा एक महिला हज़रत ख़दीजा रज़ियल्लाहु अन्हासँग विवाह गरे, जो उमेरमा वहाँ भन्दा 15 वर्ष जेठी थिइन, खदीजाको पहिले विवाह भएको श्रीमानको मृत्यु भए पछि फेरी अर्को पुरुषसँग विवाह भएको थियो, दोश्रो श्रीमानको पनि मृत्यु  भएको थियो।

तेश्रोः पचास वर्षसम्म (अर्थात् पूरा 55 वर्ष) यिनै एक पत्नीसँग बिताउनु भयो, कुनै अन्य महिलासँग विवाह गर्ने इच्छा गर्नु भएन।

चौथोः हज़रत ख़दीजा रज़ियल्लाहु अन्हाको मृत्यु पछि वहाँको उमेर पचास वर्ष भएको थियो । त्यसबेला वहाँले सौदा रज़ियल्लाहु अन्हासँग विवाह गर्नु भएको थियो। वहाँ र उनको उमेरसँग मिल्दो थियो र विधवा थिइन । वर्ष 9 पत्निहरुसँग विवाह 53 वर्ष देखि 60 वर्षको उमेरको बीच भएको थियो।

यि सबै महिलाहरु (सिवाए हज़रत आयशा रज़ियल्लाहु अन्हा) दुई या तीन पतिहरुकी पत्नि भई सकेकी थिइन। उमेरको अन्तिम तीन वर्षमा जबकि अरबका ठूला क्षेत्रमा वहाँको सत्ता स्थापित भई सकेको थियो वहाँले कुनै विवाह गर्नु भएको थिएन।

उपरोक्त विवरण यस सन्देहको जड काटी दिन्छ, वहाँको बहुविवाहको उद्देश्य भोग विलासको कारणले थियो। के यो आरोप त्यो व्यक्तिमाथि लगाउन सकिन्छ जुन आफ्नो जवानीको दिन केवल एक महिलासंग बिताए र त्यो पनि यस्तो जो उमेरमा वहाँ भन्दा 15 वर्ष जेठी थिइन र यो पहिले दुई पतिको पत्नी भई सकेकी थिईन ? यस विषयमा दुई पक्षलाई विचार गर्न आवश्यकता छ।

वहाँलाई यौन इच्छा धेरै भएर विवाह गरेका हुन त ? जब नबी बनेको पाँचौ छैठौ वर्षमा वहाँको विरोधीले वहाँको निमन्त्रणलाई रोक्न खुब कोशिस गरे । मक्कावासीले वहाँलाई भने यदि तिमी यो दावती निमन्त्रणलाई छोडेर कुनै सांसारिक उद्देश्य छ भन, हामी तिमीलाई आफ्नो सरदार बनाउँछौ, तिम्रो कदममा यो सबै धन दौलत सुम्पि दिन्छौ, अरबकी सबैभन्दा सुन्दरी महिलासँग विवाह गरी दिन्छौ तर तिमीले एक अल्लाहको लागि दावतको काम छोड्नु पर्छ भन्दा वहाँले उनिहरुको शर्तलाई ठाडै अस्विकार गर्नु भयो। (तफ्सीर इब्ने जरीर 30187)

त्यो बेला वहाँको विवाह पचपन्न वर्षकी एक वृद्ध महिला (ख़दीजा रज़ियल्लाहु अन्हा) भएको थियो । जब वहाँले आफ्नो सन्देशको घोषणा गरेः शत्रु तथा विरोधीहरुले अनेक किसिमको आरोप लगाए, कवि भने, पागल र जादूगर भने, र अरु धेरै आरोप लगाए, तर वहाँका कट्टर दुश्मनले पनि वहाँ माथी यौन उत्तेजनाको आरोप लगाएका थिएनन्. यदि उनले यस सम्बन्धमा मुहम्मद सल्ल. भित्र केही गलत देखेको भए उनको विरुद्ध दुष्प्रचार गर्न यो भन्दा उत्तम मौका अरु हुन सक्दैनथ्यो।

आइशा रज़ियल्लाहु अन्हासँग विवाहः अब हामी आउँछौ, आइशा रज़ियल्लाहु अन्हासँग विवाहको तत्वदर्शिता के हो ?  मुहम्मद सल्ल. अल्लाहको अन्तिम सन्देष्टा थिए, वहाँपछि अरु कोही संदेष्टा आउनेवाला छैनन् र इस्लाम महा-प्रलयको दिनसम्म एक जीवन व्यवस्थाको रूपमा मानवको मार्गदर्शन गर्नेवाला थिए, यसैले यस धर्मको हर तरीकाबाट पूर्ण गर्ने आवश्यकता थियो, अतः वहाँकी पत्नी ख़दीजा रज़ी. को जब नुबूवतको दसौं वर्ष रमज़ानमा देहान्त भयो गया तब वहाँले त्यसको चार वर्ष पछि यो आवश्यक सम्झे कि वहाँको वैवाहिक जीवनमा आफु भन्दा सानो उमेर की महिला आउन जसले आफ्नो आँखा इस्लामी वातावरणमा खोलेकी होस्, र जुन नबी सल्ल. को परिवारमा आउन ताकि उसको उत्तम रूपमा शिक्षा दिक्षाको प्रबन्ध हुन सकोस् र ती मुसलमान महिलाहरु र पुरुषहरुमा इस्लामी शिक्षाहरु फैल्याउने काम गर्ने माध्यम बन्न सकुन। यस उद्देश्य अन्तर्गत अल्लाहले आईशा रज़ि. लाई चयन गर्नु भयो ।

हिजरत (मक्काबाट मदिनातर्फ प्रस्थान) गर्नु भन्दा तीन वर्ष पहिले शव्वालको महिना (मई 620) मा हज़रत आईशा रज़ि.सँग वहाँको विवाह भएको थियो। कुनै विद्वानको भनाई छ तीन वर्ष पछि तर धेरै जसो विद्वानहरुको भनाई अनुसार 9 वर्षकी भएकी थिइन र उनको आमा हज़रत उम्मे रूमानलाई विश्वास भएको थियो कि अब आइशाको विवाह गर्ने उमेर पुगिन, अब उनको विवाह गर्न सकिन्छ तब उनको विदाई गरेको हो । (सही मुस्लिम)

अल्लाहको रसूल सल्ल. को जुन समय घरमा बिताउनु हुन्थ्यो त्यसबेला यस्तो समझदार र बुद्धिमान महिलाको ज़रूरत थियो जसले वहाँको एक एक उपदेशलाई याद गरोस्, हज़रत आइशा शुरु देखि नै इस्लामी वातावरणमा हुर्केकी थिइन। जब अल्लाहको रसूल सल्ल. को घरमा आईन तब हज़रत आइशा रज़ि. ले कम उमेरमा क़ुरआन र हदीसको शिक्षाको ठोस ज्ञान प्राप्त गरेकी थिइन र यो शिक्षा पछिल्लो पिढींसम्मका व्यक्तिसम्म पुर्याउनु भएको थियो। हज़रत आइशाको आफ्नो कथन बाहेक उनले मुहम्मद सल्ल. को जुन हदीसहरु (कथन र कर्म) बयान गरेकी छिन् त्यसको संख्या 2210 छ। अबू हुरैरा रज़ी. बाहेक सबैभन्दा धेरै हदीस रिवायत बयान गर्ने वाली महिला उनै हुन्। यो हो यसको वास्तविक तत्वदर्शिता यस कारण अल्लाहको रसूल सल्ल. ले हज़रत आईशा रज़ि. लाई विवाह गर्नु भएको थियो।

अर्को कुरा नबी सल्लल्लाहु अलैहि व सल्लमले आइशा रज़ियल्लाहु अन्हासँग विवाहको सपना देख्नु भएको थियो, सही बुखारीमा हज़रत आइशा रज़ियल्लाहु अन्हा बयान गर्नु हुन्छ, नबी सल्लल्लाहु अलैहि व सल्लमले उनलाई भने सपनेमा मैले तिमीलाई दुई पटक देखेको थिए, मैंले तिमीलाई रेशमी कपडा लगाएको देखेको थिए, कसैले भन्थे यो तेरो श्रीमति हो जब कपड़ा हटाएको त तिमीलाई देखें तिमी थियौं। मैले भने यदि यो अल्लाहको तर्फबाट हो भने अल्लाह त्यसलाई पूरा गर्छन्। (सही बुखारी, हदीस नम्बर 3682) ।

फेरी नबी सल्लल्लाहु अलैहि व सल्लमले आइशा रज़ियल्लाहु अन्हामा बालपनमा जुन समझदारी र बौद्धिकता देख्नु भएको थियो, यसकारण उनीसँग विवाह गर्न चाहना गर्नु भयो ताकि मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको सन्देशलाई अरु सम्म राम्रोसँग सही तरीकाबाट पुर्याउन सकियोस्। हुन पनि त्यस्तै नै भयो । आयशा रज़ियल्लाहु अन्हा सहाबाको लागि ज्ञानको स्रोत बन्नु भयो, जसबाट ठूला ठूला सहाबा धार्मिक ज्ञानको विषयमा सोध्न आउने गर्दथे।

भाग- १

लेखकः सफात आलम तैमी

अनुवादकः मुहम्मद ईब्राहिम

स्रोतः http://cutt.us/1lZqG

 

 

निर्दोष बालबालिका माथि अत्याचार बिरुद्धको दिवस

निर्दोष बालबालिका माथि अत्याचार बिरुद्धको दिवस

निर्दोष बालबालिका माथि अत्याचार बिरुद्धको दिवस

जसरी हरेक फूलहरु कोपिला भएर आएका हुन त्यसैगरि हरेक मानव फूलहरु जस्तै कोपिला अर्थात् वाल्यकालवाट गुज्रिएर आएका हुन्छन् । निर्दोष बालबालिका माथि अत्याचार बिरुद्धको दिवसवाल्यकालको यस्तै महत्वपूर्ण अनि मिठो यादहरुका कारणले होला एकजना फारसी कविले लेखिदिए ।

यो सम्पती नि लैजाउ
यो नाम अनि सम्मान पनि लैजाउ
तर मलाई फर्काईदेउ त्यो वालापनको श्रावण
त्यो कागजको ढुगां अनि त्यो बर्खाको बलेसीको पानी
तर सबैको वालापन मिठो नहुन पनि सक्छ । अन्याय अत्याचार अनि यूद्ध अपराध आदीजस्ता विभिन्न कारणले वालवालिकाका अधिकार अनि मिठो वालापन तुहिईरहेको छ । अर्कोतर्फ यस्ता निर्दोष कलिला वालवालिकाहरु माथी हिंसा र अत्याचारका घटनाहरु पनि भईरहेको छ ।

त्रास र रहस्य

निर्दोष बालबालिका माथि अत्याचार बिरुद्धको दिवस,

निर्दोष बालबालिकामाथि अत्याचार बिरुद्धको दिवस हरेक वर्श ४ जून, २०१७ तारिख भब्यताका साथ मनाइन्छ । तर तिनै बालबालिका माथि इस्रायल र रुसले अत्यन्तै क्रुरता पूर्वक मारिरहेका छन् । के यही बाल अधिकार ? के ति साना बालबालिका नै इस्राइल र रुसको लागि आतंककारी हुन् त ? जसले आमा बुबाको माया ममता पाउनु पर्थ्यो, उनीहरुले रमाउँदै स्कुल जान पाउनु पर्थ्यो तर रगतको भेलमा डुबेका छन् के यही बाल अधिकार ? उनीहरुलाई कुपोषण नहोस् भनेर ठूला ठूला पाँचतारे होटलमा गोष्टि र सेमिनार गर्छन्, तर बर्मा र सिरियाका बालबालिकाहरुको आमा बाबा मारिएका छन्, उनीहरुलाई टुहुरा बनाईएको छ, उनीहरु भोक भोकै तड्पिएका छन्, टाउको देखि पैतालासम्म रगतको भेल बगेको छ, उनको चित्कार र रोदन खुशी मान्दै सुन्न र उनको रगतमा पौडिन रमाउने इस्राइल र रुसका नेताको कस्तो बाल अधिकार होला । उनको सन्तानमाथि यो बिपत्ती आएमा कस्तो महशुस होला ।
हरेक मानव फूलका कोपिलारुपी वालवालिकाहरु अनि तिनको सुरक्षा, सम्बर्धन अनि अधिकार आजको विश्वले सहज प्रत्याभूत गर्नुपर्ने कुराहरु हुन् । विभिन्न कारणले वालवालिकाले भोगेका शारीरीक, मानसिक, भावनात्मक अनि संवेगात्मक पिडाहरुको आज चर्चा गर्दै अब त्यस्तो हुन नदिन छलफल र जागरण पनि गरिन्छ ।


संयूक्त राष्ट्रसँघको वालअधिकार प्रतीको प्रतिवद्धताको पनि आज चर्चा गरिन्छ । वालवालिकाका लागि कार्यरत विश्वब्यापी सँस्थाहरु, सरकारहरु, सदभावना राजदुतहरु, मिडियाहरु अनि तपाई हामी जस्ता थुप्रै सरोकारवालाहरु मिलेर विभिन्न तवरले आजको दिन मनाईन्छ ।
माईक्रो वसमा कार्यरत वालवालिकाहरुले ढोका ठटाँउदा खुरुक्क गएर सिटमा बस्न सक्ने हामीहरुले त्यही सिटमा बसेर उनिहरुको भविष्य अनि समानताका लागि सोच्न सकेका छौ त ? वालअधिकार राजनैतिक विषय होइन, नितान्त सामाजिक पृष्ठभूमिमा सामाजिक अभियन्ताहरु मार्फत समाधान गर्न सकिने यी कुराहरुमा हामी जागरुक हुन जरुरी छ । वालअधिकार क्लबहरुको गठन अनि सक्रियताले स्थानिय स्तरमा वालअधिकार अनि वालवालिका उपरका अन्यायका विरुद्ध उनिहरुवाटै आवाज उठ्न थालेको छ, जुन अत्यन्त राम्रो प्रगतीको कुरा हो ।
वालवालिकाको हृदयलाई निष्कलंक अनि निर्दोष कुराको बिम्बकारुपमा पनि ब्याख्या गरिन्छ, वास्तवमै संसारमै तिनीहरु भन्दा निर्दोष अनि आनन्दमयी कुरा के होला र ? यस पृथ्वीका हरेक वालवालिकाले मुक्तकण्ठले हास्न, खेल्न अनि आफ्ना अधिकार पाउन सकुन् । उनिहरुमाथी अत्याचार र अन्याय नहोस् र अपराधीहरुलाई हदैसम्मको कारवाही होस् ।
यस्तै कुराहरुलाई समाहीत गर्दै संसारभरि वालमैत्री संरचना र समाजको निर्माणकालागि से यस टु चिल्ड्रेन अर्थात वालवालिकालाई हुन्छ भनौ भन्ने अभियान पनि चलाईएको छ, संसारभरिका लगभग १० करोड वालवालिकाले आज यसै अभियान मार्फत विभिन्न तवरले आ-आफ्ना समाजबाट वालअधिकार प्रती आफ्नो एैक्यवद्धता जनाँउदछन् ।
अब एक छिन् इस्लाम धर्ममा के कस्तो बालअधिकार छ, त्यता ध्यानाकार्षण गराउन चाहन्छु ।
इस्लाममा बाल अधिकार
बच्चा अल्लाहको धेरै ठूलो उपहार हो, यसको महत्व उसित सोध्नुहोस् जो निःसन्तान छन् । अल्लाहको त्यो उपहारबाट वञ्चित भएको कारण सन्तान प्रति आफ्नो हृदयमा कस्तो भावनाहरु राख्दछन् । त्यति मात्र होइन सन्तान प्राप्तिको लागि लाखौं रुपैयाँ खर्च गरेका छन् र अझै खर्च गर्नको लागि तयार छन् ।
जहाँ बच्चा हुनु धेरै ठूलो उपहार हो त्यति नै धेरै ठूलो जिम्मेवारी पनि छ । इस्लाम एक प्राकृतिक धर्म हो जो हामी यस जिम्मेवारीको महत्व जान्ने उसको अधिकार पुरा गर्ने आदेश दिन्छ । इस्लाममा बच्चाको अधिकार सम्बन्धित केही महत्वपूर्ण केही बुँदाहरु प्रस्तुत गर्ने प्रयास गर्दैछु ।
बच्चाहरुसँग प्रेमः आज मानिस जब ठूलो हुन थाल्छ, त बच्चाको पर्वाह पनि गर्दैनन् जबकी मुहम्मद सल्ल. शासक हुनको बावजूद पनि बच्चाको छेउबाट जाँदा उनीहरुलाई सलाम गर्नु हुन्थ्यो। आफ्नो नातीलाई बोकेर हिड्नु हुन्थ्यो । नमाज़मा बच्चाले रोएको आवाज़ आयो भने नमाज़लाई छोट्याउनु हुन्थ्यो। नमाज पढ्न जाँदा कहिले नातिनी उमामालाई बोकेर हिड्थे, सज्दा गर्नेबेलामा उनलाई जमीनमा राख्थे, जब सज्दाबाट उठथे तब उठाउँथे। एक पटक मस्जिदमा जुमआ खुत्बा (भाषण) दिई रहेका थिए यसै बीच दुबै नातीहरु मस्जिदमा आए, रातो कपडा लगाएका थिए, जसमा झगडा गरि रहेका थिए, वहाँले खुत्बा रोक्नु भयो, उनलाई उठाएर आफ्नो साथमा ल्याउनु भयो र भन्नु भयो कि मैले यी दुवैलाई आफ्नो कपडामा झगडा गर्दै गरेको देखे त्यसैले आफैले सहन सकिन…त्यसपछि वहाँले खुतबा पूरा गर्नुभयो।
मुहम्मद सल्ल. ले एक दिन आफ्नो नाती हसनलाई चुम्नु भयो, त्यहा उपस्थित एक व्यक्ति अक़रा बिन हाबिसले भनेः मेरो साथमा दस बच्चा छन् तर मैले उनीहरु मध्ये कसैलाई पनि अहिलेसम्म चुम्बन गरेको छैन । यो सुनेर अल्लाहको रसूल सल्ल. ले उ पटी हेर्नु भयो र भन्नु भयोः जो दया गर्दैन, उसमाथि दया गरिदैन । (सहीह बुख़ारी)
बच्चाको अधिकारः इस्लामले बच्चाको जन्म भन्दा पहिले उसलाई यो अधिकार दिएको छ कि हुनेवाला माता पिता विवाहको बन्धनमा बाधिनु भन्दा पहिले संस्कृति, उत्तम आचरण र धर्मात्मा (सदाचारी) लाई जीवन साथीको चयनलाई आधार बनाउनु पर्छ ।
इस्लाममा बच्चाको यो अधिकार छ कि एक व्यक्ति जब आफ्नो पत्नीसँग सम्भोगको लागि जान्छ भने सम्भोग भन्दा पहिले यो दुआ गर्नु । ऐ अल्लाह ! तिमी हामीलाई शैतानबाट बचाउ र जो हाम्रो सन्तान प्रदान गर्छौ उसलाई पनि शैतानबाट बचाउ।
बच्चाको अधिकार पनि हो उसको अक़ीक़ा गरिदिनु, उसको राम्रो नाम राख्नु र उसको ख़त्ना गरि दिनु पर्छ। बच्चाको जन्मको खुशी प्राकृतिक हुन्छ, यसैले इस्लामले यो आदेश दिएको हुन्छ कि छोराको जन्म भएको सातौं दिनमा दुई बोका र छोरीको जन्म भएमा एउटा बोका ज़बह गरेर त्यसको मासु आफु पनि खानु र छिमेकी ईष्टमित्र, नातेदार र निर्धनलाई पनि खुवाउनु। त्यसैगरी बच्चाको राम्रो नाम राखिदिनु कि भविश्यमा क़्यामतको दिन मानिसले उनको नामबाट बोलाउने छन् र नामको एक व्यक्तिको व्यक्तित्वमाथि धेरै गहिरो प्रभाव पर्दछ ।
रह्यो ख़त्ना गराउने मामला यो त प्राकृतिक सुन्नतहरुमध्येबाट हो जसको समर्थन आज आधुनिक चिकित्सक गर्छन् किनकि खत्ना नगरेको कारण लिंगको बाहिरी भागको छालामा गन्दगी र किटाण एकत्र हुन जान्छ जसबाट विभिन्न प्रकारको रोग उत्पन्न हुन थाल्छ।
आफ्नो आमाको दूध पीउनु पाउनु बच्चाको पहिलो अधिकार हो र आमाको दूधले बच्चाको स्वास्थ्य र मानसिकतामाथि गहिरो प्रभाव पर्दछ । यसैले पिताको तुलनामा माता राम्रो व्यवहार गर्ने जिम्मेदारी ज्यादा रहन्छ ।
छोरा र छोरीको बीच अन्तर गर्नु हुँदैन अल्लाहको रसूल सल्ल. को छेउमा एकजना व्यक्ति बसेको थियो उसको एउटा छोरा आयो त्यसलाई उसले चुम्बन गर्यो अनि आफ्नो काखमा राख्यो फेरी एकछिन पछि उसको सानी छोरी आई, उसले त्यो सानी छोरीलाई न चुम्बन गर्यो, र न काखमा राख्यो, तब अल्लाहको रसूल सल्ल. ले भन्नुभयोः “तिमीले उनीहरुको बीच किन न्याय गरेनौ।” (सिलसिलतुल अहादीस अस्सहीहा 7/263 )
इस्लाममा सन्तानलाई यो अधिकार पनि छः ऊ आफ्नो उत्तम वंशबाट आनन्दित होस् र मात्र शंकाको आधारमा कोही कसैको उसको वंशबाट वन्चित गर्न सक्दैन।
आज बच्चाको अन्तर्राष्ट्रीय अधिकारको समितिहरु बच्चालाई जीवन प्रदान गर्ने दावा गर्दछन् जब कि इस्लामले धेरै पहिले बच्चाको जीवनको अधिकार प्रदान गरेको छ । यदि दुध पिउने बच्चालाई दुध कम हुने र गर्भमा रहेको बच्चालाई कष्ट हुने सम्भावना भए ती महिलाहरुलाई रोजा भंङ्ग गर्ने अधिकार छूट दिइएको छ र पछि अर्को रमदान अगाडी नै उनले बाँकी रोजा पुरा गर्नुपर्छ । जब मुहम्मद सल्ल.सँग सोधियो कि सबै भन्दा महा-पाप के हो ? तब वहाँले भन्नुभयोः तिमी अल्लाहको साथ कसैलाई साझेदार ठहर्याउँछौं जब कि उनैले तिमीलाई सृष्टि गरेका हुन् । सोधियो फेरी कुन चाही पाप सबै भन्दा ठुलो हो ? त वहाँले भन्नुभयोः तिमी आफ्नो बच्चाको हत्या नगर कि तिमीले उसलाई खुवाउनु पर्छ ।
यहाँसम्म कि व्यभीचार गर्नेवाली महिला यदि गर्भवती छिन् भने त्यो समयसम्म सजाय दिनबाट रोकिने छ जबकी बच्चालाई जन्माएर त्यो बच्चालाई उसले दूध पिलाउने अवधि पुरा नगरुन्जेल ।

एड्स र इस्लाम

world-aids-day-globe

एड्स र इस्लाम

सन् १९८८ डिसेम्बर १ तारिख का दिन एउटा ठूलो समस्यालाई अभियानको रूप दिइयो र त्यस दिन विश्वले पहिलो पटक विश्व एड्स दिवस मनायो । त्यस पश्चात यस अभियानमा सम्पूर्ण मूलुकहरुलाई समेट्न थालियो र हरेक वर्ष डिसेम्बर १ तारिखका दिन विश्व एड्स दिवस मनाउने चलन सुरु भएको हो । एड्स एक प्रकारको यौनजन्य रोग हो । जुन एच आई भी (HIV Human Immunodeficiency Virus) जीवाणु को संक्रमणबाट लाग्ने गर्दछ । यस जीवाणुले विशेष गरी सेतो रक्तकोष (WBC) लाई नष्ट पार्दछ जस्को कारण मानव शरीरमा रोगप्रतिरोधात्मक शक्तिको कमि हुदै जान्छ । रोगप्रतिरोधात्मक शक्ति यति कमजोर भएर जान्छ कि शरीरले HIV जीवाणुसंग लड्न सक्दैन र अन्त्यमा मानिसको मृत्यु हुन्छ । यो जीवाणु विशेष गरी यौन सम्पर्क रगतको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । संक्रामित व्यक्तिले लगाएको सुइ अरुलाई लगाउदा पनि यो भाइरस अर्काे व्यक्तिमा सर्दछ अथवा संक्रमित आमाले बच्चा जन्माउँदा वा स्तनपान गराएमा बच्चा पनि यस जीवाणुबाट संक्रमित हुन जान्छ । सन् २०१४ को विश्व एड्स दिवसमा संक्रमित व्यक्तिहरुलाई साहस, सहयोग तथा प्रेरणा दिनका निमित्त नया संक्रमित व्यक्तिहरुको तुलनामा बढि संख्यामा मानिसहरु यस अभियानमा संलग्न भएका छन् । यसलाई सकारात्मक रुपमै हेर्नुपर्ला तर अर्काे पक्षलाई हेर्यौ भने यसबाट राहतको साँस कदापि लिन सकिदैन । किनभने सन् २०१४ मा कूल २१ लाख नया संक्रमित व्यक्तिहरु फेला परेको तथ्याङ्क छ । एड्सबाट संक्रमित मानिसहरुको संख्या अहिले सम्म ५ करोड नाघिसकेको अनुमान छ । Continue reading

महिला हिंसा : कारण र समाधान

महिला हिंसा : कारण र समाधान । त्यो घटना फेरी सम्झन पुग्दा मानिस सर्वश्रेष्ठ प्राणी होmahila-hinsa-1भन्ने वाक्यमा प्रश्नचिन्ह लागेको आभास हुन्छ । त्यो भयावह घटना देखेर आकाश पनि रोयो होला र यो धर्ती पनि लज्जित भएर मानवलाई आफ्नो पिठ्यूँबाट हटाउन गुहार गर्यो होला । जनावरहरु पनि मानवको त्यस्तो तुच्छतालाई देखेर लज्जित भए होलान् । रावण जिउँदो भएको भए ती पिपाशुहरु सामू आफूलाई एउटा सभ्य मानव भएको महसुस गर्ने थियो होला जसले सीतालाई अपहरण गरेतापनि सुरक्षित राखेको थियो ।

नेपालमा महिला हिंसा विरुद्ध अभियान चलिरहेको थियो तर १६ डिसेम्बरको रात सम्पूर्ण मानव समाजलाई नै लज्जित बनाउने एउटा भयावह घटना लिएर भारतको राजधानी दिल्लीमाथि छायो । त्यो रात मेडिकलकी छात्रा “दामिनी” को दामन यौन पिपाशुहरुद्वारा लुटिन पुग्यो । दिल्लीको एउटा गुडिरहेको बसमा भएको त्यो हृदयविदारक कुकर्मलाई बयान गर्न मेरो कलम असमर्थ भएको छ । अरुको पिडा निको पार्ने प्रण गरेर मेडिकल रोजेकी छात्रा दामिनी आफ्नै पिडालाई थाम्न नसकी २९ डिसेम्बरका दिन सिँगापुरको एक अस्पतालमा यस संसारिक सबै पिडाबाट बिदा भइन् । यस धर्तीमा आँखा खोलेको २० वर्ष भयो तर मेरो कानले यस्तो कहाली लाग्दो र भयावह घटना नसुनेको थियो र न मेरो जिब्रोले कुनै इतिहासको पन्नामा त्यस्तो तुच्छ घटना पढेको थियो । Continue reading

महिला हिंसा, अधिकार र इस्लाम

महिला हिंसा, अधिकार र इस्लाम यस विषय केही संक्षेपमा जानकारी गराउन चाहन्छु। विश्वमा दुई जात महिला अनि पुरुष छन् । सृष्टि सञ्चालन र यसलाई निरन्तरता दिन यी दुवैको आवश्यकता पर्छ । आजको विश्वमा प्राय सबैभन्दा बढि सुनिने शब्द, रेडिthe-rights-of-women-in-islamयो, टि.भि.बाट धेरै बज्ने शब्द, अखबारमा धेरै पढ्न पाइने शब्द ‘महिला’ अनि यहि महिलाको पछि आउने  शब्द अधिकार, हिंसा, समता, समानता, सशक्तिकरण आदि इत्यादि । लिङ्गका आधारमा २ जात छन् महिला अनि पुरुष अनि यहि लिङ्गका आधारमा महिलामाथि समाजका बुजरुकहरुले गर्ने कुनैपनि किसिमको कार्य जुन नीजि जीवनमा घट्ने गर्दछ । जसले महिलाको शारीरिक, मानसिक वा यौनिक हानी पुर्याउँछ । यसलाई नै भनिन्छ महिला  हिंसा । विश्वमा आधा आकाश ओगटेका महिलाहरु घर, छिमेक, राज्य, जहाँ सुकै पनि हिंसामा परेका छन् । आजको २१ औं शताब्दि अनि विज्ञान, प्रविधिको युगमा आइपुग्दा पनि नारीहरु आफ्नो हक र अधिकारका लागि भैतारिहरनु परेको छ । यस पृथ्वीमा बस्ने सम्पूर्ण जनावर, चराचुरुङ्गीहरु बासस्थानमा राती पुगेपछि अनि आफ्नो साथी, परिवार भेटेपछि सुरक्षित महसुस गर्छन् तर आज २१ औं शताब्दीको नारी जो आफ्नै घरमा अनि आफ्नै मानव जातिसँग पनि सुरक्षित महसुस गर्न सकेका छैनन् ।

Continue reading

मुस्लिममाथि षड्यन्त्र

मुस्लिममाथि षड्यन्त्र

मुस्लिममाथि षड्यन्त्र

१३ नोभेम्बर २०१५ का सांझ फ्रान्सको राजधानी पेरिसमा भएको श्रृंखलाबद्ध बम आक्रमणमा परी १३० जना निर्दाेष  मानिसहरुको ज्यान गयो जसको आरोप ISIS माथि लगाइयो । यस नरसंहारपछि संसार भरिनै आतंकवाद विरुद्ध आवाज उठाउन थालियो । हरेक समय प्रत्येक मिडियामा यसको निन्दा गरिन थालियो । फेसबुकले पनि फ्रान्सका जनताहरुलाई सहानुभूति दिनका लागि आफ्नो प्रोफाइल फोटोलाई फ्रान्सको राष्ट्रिय झण्डामा परिवर्तन गर्न मिल्ने विकल्प उपलब्ध गरायो । लाखौं करोडौं फेसबुक प्रयोगकर्ताहरुले आफ्नो प्रोफाइल फोटो परिवर्तन गरे । मानौं मानिसहरुलाई यस्तो लाग्यो कि संसारमा पहिलो पटक कुनै यस्तो घटना घटेको हो जसमा निर्दाेष मानिसहरु मारिएका हुन् । हरेक मन न्यायका लागि विचल्लित देखिन्थ्यो र ISIS संग बदला लिने ज्वाला प्रज्वलित भयो । फ्रान्सले दोस्रो दिनदेखि नै संयूक्त राष्ट्रसंघको अनुमति बिना नै सिरियामा बम बर्साउन सुरु गर्यो जसमा दश हजारभन्दा बढी निर्दाेष मानिसहरुको ज्यान गयो । फ्रान्सले बम बर्साएर एउटा शहर पूर्ण रुपले नै नष्ट बनायो तर पनि हाम्रो हृदयमा उनीहरुको मृत्युप्रति कुनै अफसोस भएन बरु कतिपयलाई खुशी नै महसुस भयो ।

             Continue reading

दाइजो प्रथा वर्तमानको जटिल समस्या

दाइजो प्रथा वर्तमानको जटिल समस्या

दाइजो नल्याउँदा खेप्नु परेको पीडा

  विवाह हाम्रो जीवनको एउटा प्रमुख अंग हो जसबाट व्यक्तिगत र सामाजिक जीवनको आरम्भ हुन्छ । विवाहबाट नै मानव अस्तित्वलाई बचाई राख्न सहयोग पुग्दछ । अझ इस्लाम धर्मले त विवाहलाई सुन्नतको संज्ञा दिएको छ । मुहम्मद (स.) को भनाइ छ– विवाह मेरो सुन्नत हो र जो मेरो सुन्नतबाट मुख फेर्छ त्यो हामीबाट हैन । विवाहलाई इस्लामले सरल, सहज र अति नै सादा बनाएको छ तर आज हाम्रो समाजको समिक्षात्मक अध्ययन गर्दा थाहा हुन्छ कि हामीले आज विवाहलाई कति जटिल र मुश्किल बनाएका छौं । जन्तीको लाम, भोज भतेर, अनावश्यक सजावट लगायतका कार्यहरुले विवाहलाई एउटा जटिल समस्या बनाइ दिएको छ । यसमा पनि केटी पक्षको ढाड भाच्ने काम गरेको छ दाइजो प्रथाले ।

Continue reading

हेप्पी वर्थ डे टु यु (Happy Birthday too you)

हामीहरु अफ्नो जन्म दिनको अवसर पारेर सबै आफन्त र इष्टमित्र साथिभाईहरुलाई निमन्त्रणा गरि जन्म दिनको उपलक्ष्यमा केक काटेर धुमधाम मनाउने गर्दछौं । यो संस्कार भनेको पश्चिमा मूलबाट भित्रीएको आयातित संस्कार हो । तर हामी पनि यस संस्कारलाई धेरै रुचाउन थालिसकेका छौं । तर बलेको बत्ति निभ्नु भनेको अपसकुन मान्ने परापूर्व संस्कारलाई भूलेर जानाजानी बत्ति निभाउने चलन भित्रीएको छ । हामी किन यसरी उल्टो संस्कारमा प्रवेश गर्यौ अचम्म लाग्छ । मलाई मात्र अचम्म लागेको होइन हाम्रा वृद्ध वृद्धा हजुर बा र हजुर आमा पनि छक्क पर्नु भएको छ तर केही आधुनिक र सहरिया हजुर बा र हजुर आमा भने यो संस्कारमा रमाउन थाल्नु भएको देखिन्छ । तर वास्तवमा हामी वर्थ डे मनाएर खुशी हुने होइन तर दुःखी हुनुपर्छ यस अर्थमा कि हरेक बर्ष हामी मृत्युको नजिक पुग्दैछौं र पुण्य कर्म गरेका छैनौं हाम्रो के हालत होला भनेर ?

Continue reading

सात महापाप के के हुन् ?

(क) वास्तविक सृष्टिकर्ता ईश्वर (अल्लाह) लाई नमानी अरु कसैलाई पूजा गर्न योग्य ईश्वर सम्झनु जस्तैः मूर्ति पूजा गर्नु ।

(ख) जादू टुना गर्नु,

(ग) कसैको हत्या गर्नु,

(घ) ब्याज खानु,

(ङ) अनाथको धन खानु,

(च) युद्धको मैदानबाट भाग्नु,

 (छ) पवित्र स्त्रीमाथि ब्याभिचारको झुटो आरोप लगाउनु,

यि हरेक पापहरुमा संसारिक जीवन र परलोकको जीवनमा दण्ड निर्धारित छ । यि पापहरुको बारेमा केही व्याख्या तल गर्दछु ।

(क) वास्तविक सृष्टिकर्ता ईश्वर (अल्लाह) लाई नमानी अरु कसैलाई पूजा गर्न योग्य ईश्वर सम्झनुः- यो संसार सृष्टि गर्ने पालन गर्ने र अन्तमा संहार गर्ने मात्र एक परम शक्तिशाली महिमावान ईश्वर हुनुहुन्छ भने पूजा पनि वहाँको नै हुनुपर्छ किनकि तपाई सोच्नु होस् यो सिंगो ब्राह्माण्डलाई हामीले बानाएको मूर्तिले सृष्टि गर्न सक्छ त भनेर मैले तपाईलाई सोधे भने तपाई अवश्य पनि भन्नु हुन्छ सक्दैन । जब त्यो मूर्तिमा त्यो क्षमता छैन भने आखिरी किन पूजा गर्ने ? यस सम्बन्धमा कुरआनमा भनिएको छः “हे मानव हरु ! एउटा दृष्टान्त वर्णन गरिन्छ, त्यसलाई ध्यानपूर्वक सुन, तिमीले अल्लाह बाहेक जस जसलाई पुकार्दछौ, तिनीहरुले एउटा झिङ्गा पनि बनाउन सक्दैनन्। यद्यपी त्यसको निम्ति सबै एकत्रित भए पनि र यदि झिङ्गाले उनीहरुसित कुनै चीज खोसेर लिएर जान्छ भने पनि तिमीहरुले त्यसबाट छुटाउन सक्दैनौ जो याचक (विन्ती गर्नेवाला) छ उ पनि असमर्थ छ र जसबाट तिनीहरुले याचना गर्दछन् ऊ पनि असहाय छ।”। (सूरः २२ आयत नं. ७३)

Continue reading