विश्व वातावरण दिवस र नेपाल

विश्व वातावरण दिवस र नेपाल

विश्व वातावरण दिवस र नेपाल

     विश्व वातावरण दिवसका अवसरमा जनसंख्या तथा वातावरण मन्त्रालयद्वारा यहाँ आज आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भावी पुस्ताका लागि अमूल्य र विशिष्ट जीवजन्तु तथा वनस्पति र वन क्षेत्रको संरक्षण गर्दै सुन्दर भविष्य सुनिश्चित गर्न सबैमा अपिल गरिन् ।

       

        राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ तथा मनोरम वातावरण र जीवनको पर्याय वन क्षेत्रलाई संरक्षण गर्दै सुन्दर भविष्य सुनिश्चित गर्न मन, वचन र कर्मले लाग्न आह्वान गरेकी छिन् । 

        संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९७२ देखि हरेक जुन ५ तारिखलाई विश्व वातावरण दिवसका रूपमा संसारभर मनाइन्छ। आर्थिक, सांस्कृतिक र राजनीतिक उद्देश्यले वातावरणीय र पर्यावरणीय मुद्दाहरुबारे समाजमा जागृति ल्याउने उद्देश्य र एजेन्डा बोकी यो दिवस स्थापना गरिएको हो। विश्व वातावरण दिवसमा प्रत्येक वर्ष एउटा उद्देश्य र एजेन्डा प्रस्तुत गरिन्छ।

         प्रथमतः सन् १९७४ मा वातावरण सम्बन्धी ”एक्सपो ७४, नामले अमेरिकाको स्पोकनमा प्रदर्शनी गरिएको थियो भने गत वर्ष सन् २०१३ मा मंगोलियाको सहरमा सोच, खाउ र बचाऊ भन्ने नाराका साथ मनाइएको थियो। जसमा वार्षिकरूपमा विश्वमा भइरहेको खाद्यान्नको ठूलो त्रास र नासको परिणाम, यिनको संरक्षण र ठूलो स्केलमा खाद्यान्न बढाउने, जनचेतना फैलाउने साथै कार्वन उत्सर्जन घटाउने एजेन्डा प्रस्तुत गरिएको थियो। यस वर्ष भने विश्व वातावरण दिवसको नारा साना सामुन्द्रिक द्वीप र जलावायु परिवर्तनमा केन्द्रित भएर आवाज बढाऔँ, सामुन्द्रिक सतह घटाऔँ भन्ने छ।
नेपालको वातावरण दिवसको सन्दर्भ पारेर तय गरिएको नारा भने ‘हिमाल बचाऔं, वातावरण जोगाउँ’ भन्ने छ । यो नारा नेपालको भौगोलिक, धरातलीय र जलवायुको दृष्टिकोणले निकै नै सान्दर्भिक छ।  यहाँ हिमाल र हिमाली भेग पर्यायवाची शब्द हुन्, जब हिमाली भेग जोगिन्छ तबमात्र हिमाल जोगिनेछ। नेपालको हिमाली भागमा अतुलनीय प्राकृतिक स्रोतको खानी छन् त्यसैले हिमाल जोगाउन हिमाली भेग जोगाउनु हामी सबैको संकल्प हुनुपर्छ। हिमाली भेग नेपालको ढुकुटी हो। यहाँ वन जंगल, जल, जडीबुटी, जराजुरी, जनावर, खनिजको अथाहा सम्पत्ति छ। साथै प्राकृतिक सौन्दर्यको खानी सेता हिमाली शिखर जुन पर्यटकीय दृष्टिकोणबाट संसारकै सम्भावना बोकेको गन्तव्य स्थल बन्न सक्नेछ।

       संसारकै अग्लो शिखर सगरमाथा रहेको यस क्षेत्र अफगानिस्थान, बंगलादेश, भुटान, चीन, भारत, म्यानमार पाकिस्तानलगायत नेपालसहित आठ देशमा लगभग २४०० कि. मी. लम्बाइमा फैलिएको छ। तर यसको क्षेत्रफलको ठूलो हिस्सा भने नेपालमा नै छ। जैविक विविधता रहेको यस हिमाली भेगमा अहिले जलवायु परिवर्तनले पनि असर पारेको छ। हिउँले ढाकिएका सेता भाग काला पत्थर बन्दै गएका छन्। अन्ततोगत्वा पानीको आयतन बढेर समुद्री सतह दिनदिन बढिरहेका छन् भने सामुद्रिक तटीय र द्वीपहरु कालान्तरमा खतरा र डुबानमा पर्ने स्थिति देखिन्छ। 

         वातावरणको हाम्रो पृथ्वीमा भएको सम्पूर्ण जलमण्डल, वायुमण्डल र भूमण्डलसँग अन्तरसम्बन्ध हुन्छ। यो कुरा हामी पत्रपत्रिका पढ्न सक्ने मानिसले बुझ्न र बुझाउनु जरुरी छ। चाहे त्यो भूमध्य रेखाका इथोपिया होस्, चाहे उत्तरी गोलार्द्ध नर्वे नै किन नहोस्, संसारका जुन कुनामा पर्यावरण र वातावरणलाई असर परे पनि त्यसले अरु भागमा कालान्तरमा पृथ्वीको भूभागमा असर पार्छ। समुद्री सतहबाट बहने मनसुनी वायु हाम्रो हिमाली क्षेत्रमा आएर हुने वर्षा, हिउँले भरिएका अन्टाटिकालगायत हिमाली भागका कारण हुने तापको सन्तुलन आदि प्रत्यक्ष नै यिनीहरुको अन्तरसम्बन्ध छ। अहिले विश्वमा चलिरहेको कार्बन उत्सर्जन र नेपालले पाउने अनुदानको सन्दर्भ पनि यो पूरा पृथ्वीको पर्यावरण र जलवायु समेटेर गरिएको वातावरणीय हिसावकिताब हो। वातावरणीय भाषामा यस्तो पर्यावरणीय सेवा लिनेले सेवा दिनेलाई रकम तिर्नुपर्ने नियम हुन्छ जसले हाम्रो देशको हिमाली क्षेत्रलगायत पहाड र तराईका वन जंगल, जल लगायत प्राकृतिक स्रोत जोगाइराख्ने हो भने भविष्यमा हाम्रो देश पर्यावरणीय सेवा दिनेमा पर्छ। त्यसैले यो अनुदान पाउन योग्य बन्नेछ। यो हामी नेपालीका लागि गौरवको कुरा हो।


विकसित देशहरुले गरेका वातावरणीय उद्देश्य निकै नै सराहनीय छन्। उनीहरु वातावरण, पर्यावरण र जलवायु परिवर्तन सम्बन्धी निकै नै संवेदनशील छन्। विकसित राष्ट्रका वातावरणीय मुद्दाहरुको अर्थशास्त्रीय तथ्यांक हेर्दा उद्योग, कलकारखाना र औद्योगिकीकरणले कार्बन उत्सर्जन गरेर ओजन तहलाई नै पातलो बनाइराखेका छन्। अर्कोतर्फ वातावरणीय प्रदूषणका कारण उनीहरु निकै नै चिन्तित छन्। त्यसैले खोज र अध्ययनमा उनीहरुको आर्थिक र राजनीतिक लगानी निकै नै ठूलो छ। उनीहरुले आफ्ना कार्य तर्जुमा, एजेन्डा र उद्देश्य नियालेर र केलाएर हेर्नुपरेको छ। यी राष्ट्र गोलमेच सम्मेलन साथै वातावरणमैत्री हुने किसिमले उद्देश्य र खाका प्रस्तुत गर्न निकै आतुर छन्। आर्थिक, सामाजिक र राजनीतिक मुद्दाहरुबाट सैद्धान्तिकतवरले व्यावहारिकमा परिणत गराउन उनीहरु निकै नै कस्सिएका छन्। यो सन्दर्भमा भने हामी नेपाली आजको दिनसम्म निकै नै व्यवस्थित छौँ। तर बदलिँदो अस्थिर राजनीतिक परिवेशले गर्दा हामीले केही दशकयता प्राकृतिक स्रोतको निकै नै क्षयीकरण र विनास गरिराखेका छौँ। नदीनालाको पानीको सतह अंक गणितीय रूपमा घटेका छन् भने वन जंगल, पशुपंक्षी र जनावर अनि कृषि भूमिको नाश ज्यामितीयरूपमा भइरहेका छन्। अव्यवस्थित भवन, बस्ती सडक र शहरहरु डरलाग्दो किसिमबाट अव्यवस्थित रूपमा बढेका छन्। 

       डलर खर्चेर गरिएका सेमिनार गोष्ठी र शहर केन्द्रित कार्ययोजनाहरुले नेपालको वातावरणीय विकृति रोक्न सकेका छैनन्। वातावरणको नाउँमा गरिएका विध्वंश, भ्रष्टाचार एकातिर छन् भने चिल्ला कागजमा तयार पारिएका प्रतिवेदन अर्कोतिर छन्। जो पढ्ने फुर्सद नै कसैलाई छैन। त्यसैले तारे होटलमा ठूलो रकम खर्चेर भन्दा सानो कामको सुरुवात गर्नु नै बुद्धिमानी हुनेछ। विद्यालयहरुमा वातावरण सम्बन्धी सामग्री पढाएमा पनि निकै राम्रो हुने देखिन्छ। नत्र वर्षमा एक दिन वातावरण दिवस मनाएर मात्रै हुँदैन, आत्मीयताबाट नै समाधान हुने कुरा हुन् यी। त्यसैले आजैबाट प्रण गरौँ कि वातावरणसम्बन्धी सोचौँ, बुझौँ र बुझाऔँ। यो नै वातावरण संरक्षणको अभियान हुनेछ। हामीले वातावरण दिवसका नाउँमा गरिएका क्रियाकलाप धेरै पैसा खर्च गरेर प्रचारप्रसार गर्नुको अर्थ छैन। जुन वातावरणीय समस्या अप्रत्यक्षरूपमा देखिएका छन् र ती भयानक पनि छन्, तिनीहरुका समस्याको समायोजन र रोकथामको उपायतिर लाग्नु नै वेश हुनेछ। नत्र भने विश्व वातावरण दिवसको नारा हुबहु नक्कल गरेर धेरै पटक जप्दैमा यो दिवस सार्थक हुँदैन। उद्देश्य बनाउन मुस्किल हुँदैन तर यसलाई सार्थक बनाउन मुस्किल छ। हाम्रो जस्तो अस्वाभाविक धरातल र अस्थिर राजनीतिका कारण पनि यो क्षेत्रमा हामी अझ बढी सक्रिय हुन जरुरी छ।

विश्व धुम्रपान रहित दिवस

हरेक वर्ष जेठ १७ गते विश्व धुम्रपान रहित दिवसको रुपमा मनाइन्छ । यो दिवस मनाउनुको खास उदेश्य भनेको मानिसलाई धुम्रमान जस्तो कुलतबाट छुटाएर उसलाई स्वास्थ्य जीवनमार्गमा ल्याउन जनचेतना जगाउनु हो । धुम्रपान सेवन गर्नाले तपाईको स्वास्थ्यलाई मात्र होइन मस्तिष्कलाई समेत असर पार्दछ । धुम्रपानले सोच्ने शक्ति र तर्कसँग सम्बन्धित शक्तिलाई समेत असर पार्ने तर्क किंग्स कलेज लन्डनका अनुसन्धानकर्ता बताउँछन् छन्।

८८०० जना व्यक्तिमा गरिएको सर्भेक्षण मध्ये ५० जना भन्दा धेरैमा उच्च रक्तचाप देखिएको थियो र  यसले वजनलाई समेत केही हदसम्म कम गर्दछ । अनुसन्धानकर्ताले धूम्रपान सेवन गरेमा हुने असरहरु जस्तैः  हृदयघात या स्ट्रोक, मस्तिष्क र स्वास्थ्यमा पर्ने असर सम्बन्धि जांच गरेका थिए ।

संसारभरि हरेक दिन १५ अरब चुरोट बिक्दछ भने हरेक मिनट १ करोड चुरोट बिक्री हुन्छ । हरेक ८ सेकेन्डमा एकजनाको मृत्यू सूर्ती सेवनका कारणले हुनेगर्दछ भने हरेक १० जनामध्य १ जना वयस्कको अकालमा मृत्यू संसारभरि चुरोट सेवनले हुनेगर्दछ । यस्ते क्रम चलिरहने हो भने सन् २०३० सम्ममा चुरोट सेवनले ६ मध्य १ जना मान्छेको मृत्यू गराउने विश्वब्यापी तथ्याकंगत पूर्वानुमान छ । यूद्ध, हिंसा, अपराध, आत्महत्या, दुर्घटना भन्दा दुई गुणा ज्यादा मानिसको मृत्यु धुम्रपानका कारणले भएकोछ ।

चुरोट मुखमा राखेर धुँवा उडाएपछि हामी सोच्दछौ कि हिरो भए। चलचित्रमा पनि चुरोटका ठुटाहरु अनि धुँवाका मुस्लोसँगै पात्रहरु देखाइन्छ। चुरोट नखानेलाई पनि चुरोटको धुँवाको त्यति नै असर गर्छ जति चुरोट तान्नेलाई हानी गर्छ। आमाले गर्भवती हुँदा चुरोट सेवन गरेकाले जन्मदै विभिन्न समस्या लिएर जन्मने अवोध पुस्ताहरुको आफ्नै ब्यथा छ । धुम्रपानका कारणले कम उमेरमै कष्टकर जीवन बिताँउदै धन, मन अनि तनको खती भएकाहरुको कथाहरु । धुम्रपान एउटा कुलत हो जसमा हामी जो कोही पनि पर्न सक्दछौ, पुराना सामाजिक मान्यताले धुम्रपानलाई नराम्रो र अराजक कुराका रुपमा ब्याख्या गरेको छ ।

धुम्रपानको लतमा आजको भोलीनै धुम्रपान गर्न छाड्न पक्कै अफ्ठेरो हुनसक्छ, तसर्थ बिस्तारै यो लतबाट आफूलाई छुटाउने कोशिस गर्नुपर्छ। विश्वभरिका अधिकांश धुम्रपान गर्ने ब्यक्तिहरु साथीभाईको लै-लैमा लागेर सानै उमेरमा धुम्रपान गर्न सिक्छन् । स्वास्थ्यनै सबैभन्दा ठूलो धन हो अनि चुरोटले हिरो हैन पक्कै जिरो बनाँउदछ यो कुरा बुझ्नु जरुरी छ ।

कसरी धुम्रपानको लत छुटाउने ?

बिस्तारै धुम्रपानको लत छुटाउन दिनँहुको सेवनमा कम गर्ने, सकारात्मक कुरातर्फ ध्यान लगाउने, दैनिक ब्यायाम अनि चिन्तनको शुद्धताका साथै खानपीनको उचित तजविजले यो बानी छुटाउन सकिने अध्यायनहरुले देखाएको छ । कहिलेकाँही त चुरोट छाड्नकालागि सल्काँउन अघिनै केही चुरोटका सुर्तीभएका ठुटा भाँचेर आधा मात्र सल्काउने गर्नाले पनि केही मात्रामा भएपनि थोरै चुरोटको धुँवा खाईन्छ, संगीत, खेलकुद अनि साहित्यको रस पनि चुरोटभन्दा कम मिठो हुँदैन ।

अहिले आएर त चुरोटको प्याकेटमै चुरोट सेवनले असर गरेका फोक्सो, कलेजो अनि मुखहरुका चित्र राखेर खरिदकर्तालाई दुरुत्साहित पार्ने गरिन्छ । नेपाल तुलनात्मक रुपमा धुम्रपान सहज देश पनि हो, अन्य देशका तुलनामा यहाँ धुम्रपान गर्नेलाई कडा कानुन अनि प्रावधानको कार्यान्वयन कम छ । अहिले आएर सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई कारवाही गर्ने प्रावधान आएपनि स्थलगत कार्यान्वयनमा कमी छ ।

चुरोट अनि अन्य सुर्तीजन्य पदार्थका सेवन आजको विश्वकालागी एउटा चुनौती हो, निकोटीनको यो लतबाट संसारवासीलाई जोगाउन हरेक वर्ष मे ३१ गते का दिन संसारले धुम्रपान विरुद्धको दिवस मनाउने गर्दछ । धुम्र अर्थात धुँवाजन्य कुरा अनि पान अर्थात सेवन, यस अर्थमा चुरोट, गाँजा, कंकड, हुक्का अनि बिँडी लगायत अन्य धेरै धुम्रपानजन्य कुराहरुका बारेमा आज संसारभरि जनजागरण फैलाईन्छ । सन् १९८७ देखि यस दिनलाई मनाउन शुरु गरिएको हो ।

विश्व धुम्रपान रहित दिवस २०१७ को नारा सुर्तीः विकासको वाधक

मुखबाट धुँवा सेवन गरेर फोक्सो जलाएर अनि मुटु विगार्न भन्दा असल शुभेच्दाहरुले मुख अनि शब्द सजाँउदै मुटुभित्र सपना जिउनु ठिक हो , हैन र ?

दुई हजार भन्दा बढि रसायन भएको चुरोटको सेवनले जीवन नसकौं, चुरोट छोड्न चाहनेलाई सहयोग पनि गर्नु हाम्रो दायित्व हो ।

धुम्रपान बारेमा डाक्टरहरु के भन्दछन्

डा.एलेक्सको भनाईलाई उद्धृत गर्दै बीबीसीले भनेको छ धूम्रपान गर्ने व्यक्तिहरुको “स्वास्थ्य जोखिममा पर्नुका साथै उमेर पनि घट्दै जान्छ ।” उनले भने “हामीले मस्तिष्क कमजोर हुने र त्यसबाट हुने जोखिमको कारण पत्ता लगाई आफ्नो जीवनशैलीमा परिवर्तन गर्नु जरूरी छ।”

प्रयोगकर्ताहरुलाई थाहा छैन कसरी आफ्नो मस्तिष्क गिरावट भई दैनिक जीवनमा धूम्रपानले प्रभावित पार्न सक्छ । उनले भने निश्चित छ कि धूम्रपानले मस्तिष्कमा छिट्टै नै आक्रमण गरी पागलपन पनि गराउन सक्छ ।

अल्जाइमर रिसर्च यूकेबाट डॉ. साइमन रिडले, भने: ” पटक-पटक अनुसन्धान गर्दा यो थाहा भयो कि धूम्रपान गर्नाले उच्च रक्तचापको बिमार हुने, उमेर घट्ने साथै मस्तिष्कमा धेरै नोक्सान पुर्याउनलाई दबाव दिन्छ र यो प्रमाणित छ कि वजन पनि धेरै घटाउँछ ।”

पचास बर्ष नाघेका एक समूहको स्वास्थ्य र जीवन शैलीको बारेमा अनुसन्धान गरी डाटा संकलन गरिएको थियो । उक्त समयमा मस्तिष्क परीक्षणको लागि मानिस र केही जनावरहरुलाई पनि समावेश गरि जाँच गरिएको थियो र यो कार्य आठ बर्षसम्म निरन्तर चलाएका थिए । उनिहरुले जब धुम्रपान गर्ने र नगर्ने बीच यस अनुसन्धानबाट यो नतिजा पाए कि धुम्रपान गर्नेको तुलनामा धुम्रपान नगर्नेहरुको हृदयघात या स्ट्रोकको जोखिम धेरै हदसम्म कमी पाए ।

सफा फोक्सो, स्वस्थ्य मुटु अनि सुन्दर भविष्य, एसट्रे भन्दा पनि गमला अनि फूलको विक्री बढोस् अबको सालहरुमा । धुम्रपान विरुद्धको दिवसको मर्यादा राखौ है त

 

 

विश्व रेडक्रस दिवस

विश्व रेडक्रस दिवस

विश्व रेडक्रस दिवस

प्रत्येक वर्ष मे ८ मा विश्व रेडक्रस दिवस मनाउने गरिन्छ। रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मदिनमा उनले गरेको योगदानको कदर गर्दै मे ८ लाई संसारभर रेडक्रस दिवसका रुपमा मनाइने गरिन्छ । हरेक वर्ष संस्थापक हेनरीको सम्झना गर्दै विभिन्न नाराका साथ रेडक्रस दिवस मनाउने गरिन्छ । विशुद्ध मानविय सेवालाई ध्यानमा राख्दै हेनरीले सन् १८६३ मा रेडक्रस सोसाइटीको स्थापना गरे। उनको विचारलाई आदर सम्मान गर्दै सन् १८६४ मा जेनेभा सम्मेलन भयो र यसले अधिकारीक मान्यताप्राप्त गर्यो । तर नेपालमा भने बि.स. २०२० सालमा मात्र रेडक्रसको स्थापना भएको हो| रेडक्रस सोसाइटीको कामलाई विश्वभरि नै प्रशंसनीय मानियो। रेडक्रसको मुख्यलक्ष्य भनेको मानव उद्धार हो । मानबिय उद्धार भन्नाले मानव वा प्रकृतिबाट घटेका हरेक प्रकारको विपत्तिले मानिसको जीवनमा भयावह क्षति पुर्याउछ र त्यस्तो अवस्थाबाट पीडितलाई उद्धार गरि जीवन रक्षा गर्नु भन्ने बुझिन्छ। अन्तर्राष्ट्रिय मानवीय सहायता, मानव जीवन र स्वास्थ्यको रक्षा, सबैप्रति आदर र विपद्लाई कम गर्ने उद्धेश्यका साथ स्थापना भएको योसंस्थामा अहिले विश्वका झण्डै २ करोड मानिस स्वयं सेवकका रुपमा कार्यरत छन्। रेडक्रसले गर्ने काम अरु कुनै संस्थाले गर्न सक्दैन। विशुद्ध मानबियतालाई आधार मान्दै रेडक्रसले मानव कल्याणको काम गर्दै आएको छ र यो एकदमै प्रसंसनिय रहेको छ। रेडक्रस दिवसको अवसरमा देशैभरी र्‍याली, रक्तदान, विपद् व्यवस्थापन सम्बन्धी जनचेतना जगाउने कार्यक्रम गरि मनाउने गर्दछन।

इस्लामको सिद्धान्तमा मिल्दो छ रेडक्रस सोसाइटीको कार्यशैली

इस्लामको पाँच स्तम्भ मध्य तेश्रो स्थानमा जकात पर्दछ, गत वर्ष रमजान महिनामा काठमाडौंको बागबजारमा IHH Turkey तथा WEFA Germany को सहयोगबाट इस्लामी संघ नेपाल बागमती तथा गण्डकी अञ्चल कार्यलयको आयोजनामा गरिब तथा विपन्न परिवारलाई खाद्यन्न सामाग्री वितरण गरिएको अध्यक्ष इर्शाद अलि शेखले जानकारी दिए। उपस्थित रहेका ३०० परिवारलाई एक बोरा चामल, दुई किलो दाल, दुई किलो चिनी, दुई लिटर खाने तेल र एक किलो नुन वितरण गरियो,
अध्यक्ष इर्शाद अलि शेखले बताए, ‘रमजान महिनामा सक्दो गरिबहरुलाई दान दिनुपर्छ । यस महिनामा आफुले कमाएको मध्ये अढाई प्रतिशत रकम विपन्न परिवारलाई दान दिनु पर्ने धार्मिक नियममा रहेको छ, त्यसैका आधारमा यो कार्यक्रम गरिएको उनले बताए ।

त्यसै गरि नेपालमा धार्मिक, शैक्षिक, सामाजिक तथा साँस्कृतिक क्षेत्रमा विगत ३० बर्ष देखि विभिन्न सहयोग तथा कार्य गर्दै आइरहेको इस्लामी संघ नेपालले देशका अन्य जिल्लाहरुमा पनि यस महिनामा खाद्यन्न वितरण कार्यक्रमको साथै सामुहिक इफ्तारको कार्यक्रम (व्रत तोड्न खाइने खाना) गराउँदै आएको जानकारी समेत उनले दिए ।

त्यहाँ उपस्थित रहेका ज्यालादारी कामदार सकिलुद्दीनले खाद्यान्न सामाग्री सहयोग पाए पछि व्रत बस्न सहज भएको बताए ।

एड्स र इस्लाम

world-aids-day-globe

एड्स र इस्लाम

सन् १९८८ डिसेम्बर १ तारिख का दिन एउटा ठूलो समस्यालाई अभियानको रूप दिइयो र त्यस दिन विश्वले पहिलो पटक विश्व एड्स दिवस मनायो । त्यस पश्चात यस अभियानमा सम्पूर्ण मूलुकहरुलाई समेट्न थालियो र हरेक वर्ष डिसेम्बर १ तारिखका दिन विश्व एड्स दिवस मनाउने चलन सुरु भएको हो । एड्स एक प्रकारको यौनजन्य रोग हो । जुन एच आई भी (HIV Human Immunodeficiency Virus) जीवाणु को संक्रमणबाट लाग्ने गर्दछ । यस जीवाणुले विशेष गरी सेतो रक्तकोष (WBC) लाई नष्ट पार्दछ जस्को कारण मानव शरीरमा रोगप्रतिरोधात्मक शक्तिको कमि हुदै जान्छ । रोगप्रतिरोधात्मक शक्ति यति कमजोर भएर जान्छ कि शरीरले HIV जीवाणुसंग लड्न सक्दैन र अन्त्यमा मानिसको मृत्यु हुन्छ । यो जीवाणु विशेष गरी यौन सम्पर्क रगतको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । संक्रामित व्यक्तिले लगाएको सुइ अरुलाई लगाउदा पनि यो भाइरस अर्काे व्यक्तिमा सर्दछ अथवा संक्रमित आमाले बच्चा जन्माउँदा वा स्तनपान गराएमा बच्चा पनि यस जीवाणुबाट संक्रमित हुन जान्छ । सन् २०१४ को विश्व एड्स दिवसमा संक्रमित व्यक्तिहरुलाई साहस, सहयोग तथा प्रेरणा दिनका निमित्त नया संक्रमित व्यक्तिहरुको तुलनामा बढि संख्यामा मानिसहरु यस अभियानमा संलग्न भएका छन् । यसलाई सकारात्मक रुपमै हेर्नुपर्ला तर अर्काे पक्षलाई हेर्यौ भने यसबाट राहतको साँस कदापि लिन सकिदैन । किनभने सन् २०१४ मा कूल २१ लाख नया संक्रमित व्यक्तिहरु फेला परेको तथ्याङ्क छ । एड्सबाट संक्रमित मानिसहरुको संख्या अहिले सम्म ५ करोड नाघिसकेको अनुमान छ । Continue reading

महिला हिंसा : कारण र समाधान

महिला हिंसा : कारण र समाधान । त्यो घटना फेरी सम्झन पुग्दा मानिस सर्वश्रेष्ठ प्राणी होmahila-hinsa-1भन्ने वाक्यमा प्रश्नचिन्ह लागेको आभास हुन्छ । त्यो भयावह घटना देखेर आकाश पनि रोयो होला र यो धर्ती पनि लज्जित भएर मानवलाई आफ्नो पिठ्यूँबाट हटाउन गुहार गर्यो होला । जनावरहरु पनि मानवको त्यस्तो तुच्छतालाई देखेर लज्जित भए होलान् । रावण जिउँदो भएको भए ती पिपाशुहरु सामू आफूलाई एउटा सभ्य मानव भएको महसुस गर्ने थियो होला जसले सीतालाई अपहरण गरेतापनि सुरक्षित राखेको थियो ।

नेपालमा महिला हिंसा विरुद्ध अभियान चलिरहेको थियो तर १६ डिसेम्बरको रात सम्पूर्ण मानव समाजलाई नै लज्जित बनाउने एउटा भयावह घटना लिएर भारतको राजधानी दिल्लीमाथि छायो । त्यो रात मेडिकलकी छात्रा “दामिनी” को दामन यौन पिपाशुहरुद्वारा लुटिन पुग्यो । दिल्लीको एउटा गुडिरहेको बसमा भएको त्यो हृदयविदारक कुकर्मलाई बयान गर्न मेरो कलम असमर्थ भएको छ । अरुको पिडा निको पार्ने प्रण गरेर मेडिकल रोजेकी छात्रा दामिनी आफ्नै पिडालाई थाम्न नसकी २९ डिसेम्बरका दिन सिँगापुरको एक अस्पतालमा यस संसारिक सबै पिडाबाट बिदा भइन् । यस धर्तीमा आँखा खोलेको २० वर्ष भयो तर मेरो कानले यस्तो कहाली लाग्दो र भयावह घटना नसुनेको थियो र न मेरो जिब्रोले कुनै इतिहासको पन्नामा त्यस्तो तुच्छ घटना पढेको थियो । Continue reading

महिला हिंसा, अधिकार र इस्लाम

महिला हिंसा, अधिकार र इस्लाम यस विषय केही संक्षेपमा जानकारी गराउन चाहन्छु। विश्वमा दुई जात महिला अनि पुरुष छन् । सृष्टि सञ्चालन र यसलाई निरन्तरता दिन यी दुवैको आवश्यकता पर्छ । आजको विश्वमा प्राय सबैभन्दा बढि सुनिने शब्द, रेडिthe-rights-of-women-in-islamयो, टि.भि.बाट धेरै बज्ने शब्द, अखबारमा धेरै पढ्न पाइने शब्द ‘महिला’ अनि यहि महिलाको पछि आउने  शब्द अधिकार, हिंसा, समता, समानता, सशक्तिकरण आदि इत्यादि । लिङ्गका आधारमा २ जात छन् महिला अनि पुरुष अनि यहि लिङ्गका आधारमा महिलामाथि समाजका बुजरुकहरुले गर्ने कुनैपनि किसिमको कार्य जुन नीजि जीवनमा घट्ने गर्दछ । जसले महिलाको शारीरिक, मानसिक वा यौनिक हानी पुर्याउँछ । यसलाई नै भनिन्छ महिला  हिंसा । विश्वमा आधा आकाश ओगटेका महिलाहरु घर, छिमेक, राज्य, जहाँ सुकै पनि हिंसामा परेका छन् । आजको २१ औं शताब्दि अनि विज्ञान, प्रविधिको युगमा आइपुग्दा पनि नारीहरु आफ्नो हक र अधिकारका लागि भैतारिहरनु परेको छ । यस पृथ्वीमा बस्ने सम्पूर्ण जनावर, चराचुरुङ्गीहरु बासस्थानमा राती पुगेपछि अनि आफ्नो साथी, परिवार भेटेपछि सुरक्षित महसुस गर्छन् तर आज २१ औं शताब्दीको नारी जो आफ्नै घरमा अनि आफ्नै मानव जातिसँग पनि सुरक्षित महसुस गर्न सकेका छैनन् ।

Continue reading

मृत्यु नयाँ जीवनको शुरूवात

मृत्यु नयाँ जीवनको शुरूवात

मृत्यु नयाँ जीवनको शुरूवात

मृत्यु एउटा यस्तो सत्य हो जसलाई अस्वीकार गर्ने सामथ्र्य कसैमा छैन । कुनै समाज, देश, धर्म, सभ्यता वा संस्कार होस् सबैमा केही आपसी मतभेदहरु अवश्यै पाइन्छ तर मृत्युको बारेमा कुनै मतभेद छैन । मृत्युले सबैलाई एक दिन अङ्गालो मार्ने कुरामा सबैजना विश्वस्त छन् । मानव जाति मात्र होइन जनावर तथा चरा चुरुङ्गी पनि यस सत्यताका अपवाद होइनन् । गुडिरहेको गाडी देखेर बाटोमा हिंडिरहेको जनावर पनि भाग्छ । यो हो मृत्युको आतंक ?

                सन् २००७ CIA को रिपोर्ट अनुसार प्रत्येक सेकेण्ड २ जना व्यक्तिको मृत्यु हुने गर्दछ । एक दिन हामीहरु पनि यस तथ्याङ्कलाई कायम राख्न मद्दत गरेका हुनेछौ । कुनै पनि उमेरको व्यक्ति होस् धनी वा गरीब, राजा होस् या प्रजा, सामाजिक कार्यकर्ता होस् वा कुकर्मी उच्च–अधिकारी होस् वा चप्रासी हरेकलाई मृत्युको निमन्त्रणा आउने नै छ ।

                कहाँ छन् ती राजा महाराजाहरु, अर्बपति शक्तिशाली व्यक्तिहरु ? आफैलाई “ईश्वर” भन्न लगाउने फिरऔन, अथाह धन सम्पतिको मालिक कारुन, विश्वमा राज गर्ने सिकन्दर कहाँ गए ? आफ्नो खोजले विश्वलाई चकित बनाईदिने ती बैज्ञानिकहरु कहाँ विलिन भए ? आफ्नो कलाले सबलाई आकर्षित पार्ने कलाकारहरु के भए ? आफ्नो सुन्दरतामाथि गर्व गर्ने ती विश्व सुन्दरीहरुको के हाल भयो ? ती आँखाहरु जसको बखान गर्न कविहरु थाक्दैन थिए, ती नजरहरु जसका उठ्नासाथ कैयौं मुटुका धड्कन बढेर जान्थ्यो, आज तिनीहरु माटोभित्रका कीराको बलि चढे । उनीहरुको सौन्दर्यले मृत्यु दिने फरिश्ताको आँखालाई लोभी बनाउन सकेन । ज्याक्सनको कलाले मृत्युलाई नचाउन सकेन, हिटलरको क्रुरताले काललाई डराउन सकेन । न्युटनको नियमले कालको चाललाई थाम्न असफल रह्यो । शेक्सपियरको कृतिमा मृत्युले रमाउन मानेन । मृत्युले जातीय तथा रङ्गको भेदभाव नगर्ने कुरालाई पूष्टि गर्दै नेलशन मण्डेलालाई पनि खुला हृदयका साथ अङ्गालो मार्यो । रक्त संचार प्रकृया पत्ता लगाउने इब्ने नफिसको शरीरको रक्त संचार रोक्न पनि मृत्युलाई दया आएन । मृत्युमाथि पनि शासन गर्ने महान शासक ईश्वरले भनिसकेका छन् प्रत्येक प्राणीले मृत्युको स्वाद चाख्नुपर्छ” । (कुरआन ३ः१८५)

Continue reading

मुस्लिममाथि षड्यन्त्र

मुस्लिममाथि षड्यन्त्र

मुस्लिममाथि षड्यन्त्र

१३ नोभेम्बर २०१५ का सांझ फ्रान्सको राजधानी पेरिसमा भएको श्रृंखलाबद्ध बम आक्रमणमा परी १३० जना निर्दाेष  मानिसहरुको ज्यान गयो जसको आरोप ISIS माथि लगाइयो । यस नरसंहारपछि संसार भरिनै आतंकवाद विरुद्ध आवाज उठाउन थालियो । हरेक समय प्रत्येक मिडियामा यसको निन्दा गरिन थालियो । फेसबुकले पनि फ्रान्सका जनताहरुलाई सहानुभूति दिनका लागि आफ्नो प्रोफाइल फोटोलाई फ्रान्सको राष्ट्रिय झण्डामा परिवर्तन गर्न मिल्ने विकल्प उपलब्ध गरायो । लाखौं करोडौं फेसबुक प्रयोगकर्ताहरुले आफ्नो प्रोफाइल फोटो परिवर्तन गरे । मानौं मानिसहरुलाई यस्तो लाग्यो कि संसारमा पहिलो पटक कुनै यस्तो घटना घटेको हो जसमा निर्दाेष मानिसहरु मारिएका हुन् । हरेक मन न्यायका लागि विचल्लित देखिन्थ्यो र ISIS संग बदला लिने ज्वाला प्रज्वलित भयो । फ्रान्सले दोस्रो दिनदेखि नै संयूक्त राष्ट्रसंघको अनुमति बिना नै सिरियामा बम बर्साउन सुरु गर्यो जसमा दश हजारभन्दा बढी निर्दाेष मानिसहरुको ज्यान गयो । फ्रान्सले बम बर्साएर एउटा शहर पूर्ण रुपले नै नष्ट बनायो तर पनि हाम्रो हृदयमा उनीहरुको मृत्युप्रति कुनै अफसोस भएन बरु कतिपयलाई खुशी नै महसुस भयो ।

             Continue reading

दाइजो प्रथा वर्तमानको जटिल समस्या

दाइजो प्रथा वर्तमानको जटिल समस्या

दाइजो नल्याउँदा खेप्नु परेको पीडा

  विवाह हाम्रो जीवनको एउटा प्रमुख अंग हो जसबाट व्यक्तिगत र सामाजिक जीवनको आरम्भ हुन्छ । विवाहबाट नै मानव अस्तित्वलाई बचाई राख्न सहयोग पुग्दछ । अझ इस्लाम धर्मले त विवाहलाई सुन्नतको संज्ञा दिएको छ । मुहम्मद (स.) को भनाइ छ– विवाह मेरो सुन्नत हो र जो मेरो सुन्नतबाट मुख फेर्छ त्यो हामीबाट हैन । विवाहलाई इस्लामले सरल, सहज र अति नै सादा बनाएको छ तर आज हाम्रो समाजको समिक्षात्मक अध्ययन गर्दा थाहा हुन्छ कि हामीले आज विवाहलाई कति जटिल र मुश्किल बनाएका छौं । जन्तीको लाम, भोज भतेर, अनावश्यक सजावट लगायतका कार्यहरुले विवाहलाई एउटा जटिल समस्या बनाइ दिएको छ । यसमा पनि केटी पक्षको ढाड भाच्ने काम गरेको छ दाइजो प्रथाले ।

Continue reading

ब्याजः एक अभिशाप

ब्याजः एक अभिशाप

ब्याजः एक अभिशाप

 जब नेपाली मुस्लिमहरुसंग एउटा प्रश्न सोधिन्छ – “यदि नेपाल सरकारले
जनावरलाई इस्लामी तरिकाले जिबह गर्ने (काट्ने) कुरामा प्रतिबन्ध लगाउँछ भने तपाईको प्रतिकृया कस्तो हुनेछ ?” जवाफ पाईन्छ– “हामी यस कानुनबिरुद्ध आवाज उठाउनेछौं ,आन्दोलन गर्नेछौं…..।” त्यही मुस्लिमहरुका लागि अर्काे प्रश्न –“ईश्वर सामू ठूलो अपराध कुन हो– इस्लामी तरिकाले नकाटेको जनावरको मासु खानु अथवा ब्याजमुक्त कारोबार गर्नु ठुलो अपराध हो ?” जवाफ हुनेछ– “ब्याजयुक्त कारोबार गर्नु ठूलो अपराध हो ।”

  जब ब्याजको कारोबार गर्नु ‘जिबह’ नगरेको जनावरको मासु खानु भन्दा ठुलो अपराध र पाप हो भने मुस्लिमहरुले यसको बिरुद्ध कुनै कदम किन उठाएका छैनन जबकि ‘जिबह’ माथिको प्रतिबन्ध हटाउन आन्दोलन समेत गर्न तत्पर छन् ? मुस्लिमहरु मात्र होइन् , गैर–मुस्लिमहरुले पनि ब्याज बिरुद्ध किन कम्मर कसेका छैनन् जबकि ब्याजको भूमरीले बिना कुनै भेदभाव सबैलाई आफनो चपेटामा लिएको छ ।

   अवश्य पनि ब्याजयुक्त कारोबार गर्नु ठुलो अपराध हो, किनभने यस्तो कुनै अपराध वा पाप छैन जसका बिरुद्ध स्वंम इश्वरले नै युद्धको घोषण गरेका हुन्- हे आस्थावानहरु हो ! अल्लाहको भय गर र यदि तिमीहरु साँच्चिकै आस्थावान हौ भने बाँकी रहेको ब्याज परित्याग गरिदेऊ । यदि तिमीहरुले त्यस्तो गरेनौ भने सावधान ! अल्लाह र रसुलको तर्फबाट युद्धका लागि तयार भईहाल । (कुरआन २ः२७८२७९)

       मुहम्मद (स.) ले ब्याजमुक्त कारोबारलाई नर्कको आगोमा पु¥याई छाड्ने सातवटा अति घोर पापहरुमध्ये एक भएको बताउनु भयो । (बुखारी र मुस्लिम )

                यस कुरालाई इश्वरले स्वंम प्रमाणित गर्दै भन्नुभयो – र जुन मानिस ब्याज खाने कार्य तर्फ फेरी फर्कन्छन् तिनीहरु नर्कवासी हुन् जहां तिनीहरु सदा सर्वदा रहनेछन् ।” (कुरआन २ः२७५ )

                ब्याज कति घोर र तुच्छ पाप हो भन्ने कुरा को अनुभूति यस हदिसबाट सजिलै गर्न सकिन्छ– अबु हुरैरह (रजि.) ले बताउनु भयो कि  मुहम्मद (स.) ले भन्नुभयो – ब्याज सत्तरी (७०) प्रकारका छन् र सबभन्दा कम्तिको पाप यस समान छ कि उसले आफनो आमासंग व्यभिचार गरोस् ।” (इब्ने माजाह)

    केही मानिसहरु यस्ता पनि छन् जसले ब्याजलाई ब्यापारको रुपमा लिने गर्दछन् जँहा पूँजी लगानी गरी त्यस वापत केही नाफा कमाइन्छ । आजका बैंकहरु सोही काम गर्दै ब्याजलाई नाफाका रुपमा आर्जन गर्ने गरेका छन् । तिनीहरु लाई इश्वरले जवाफ दिएका छन् ः– ती मान्छेहरु जसले ब्याज खान्छन् , (चिहानबाट) यसरी उठ्नेछन जस्तो कि शैतानले छोएर उसलाई बौलाहा बनाएको होस् ।  यस्तो यस कारणले हुनेछ कि तिनीहरुले भन्दथे –“ब्यापार पनि ब्याज जस्तै हो । ब्यापारलाई अल्लाहले बैध र ब्याजलाई अबैध ठह¥याएका छन् । ( कुरआन २ः२७५ )

    कुरआनले मात्र होइन् , बाइबलले पनि ब्याजलाई अबैध ठह¥याएको छ । बाइबलले ब्याज लिनेलाई मारिनै पर्छ भन्ने समेत घोषणा गरेको छ ः जसले ब्याजमा रुपियां दिन्छ र दिएको भन्दा बढी लिन्छ । के यस्तो मानिस जीवित रहन्छ र? त्यो जीवित रहनेछैन । त्यसले यी सबै घिनलाग्दा कामहरु गरेको कारणले मारिनैपर्छ र त्यसको रगत त्यसकै शिरमाथि पर्नेछ ।” (इजकिएल १८ः१३)

     ब्याज नलिने व्यक्ति नै असल आत्मा भएको बाइबल बताउँछ – त्यसले ब्याजमा रुपियां दिदैन , कुर्कम गर्नबाट आफनो हात परै राख्छ , मानिसमानिसको बीचमा सत्यसित न्याय गर्छ …….त्यही मानिस धर्मात्मा हो । ” (इजकिएल १८ः८,१७ )

    जसले आफनो रुपियाँ ब्याजमा लाउदैन र निर्दाेषको विरुद्ध घूस लिदैन । यस्ता काम गर्ने कहिल्यै पनि डग्नेछैन ।”  (भजनसङ्ग्रह १५ः५ )

    तिमीहरु संग हुने मेरो कुनै गरिब मानिसलाई ऋण दियौ भने त्यस प्रति साहुकार जस्तै नहोओ । त्यससित ब्याज पनि नलेओ । ” ( प्रस्थान २२ः२५ )

  इश्वरको भय राख्ने सच्चा अनुयायीले ब्याज लिने छैन । बाइबल भन्छ – त्यसलाई ऋण दिदाँ ब्याज वा नाफा नलिनू । तिमीहरुले आफनो परमेश्वरको भय मान्नु र तिमीहरुको दाजुभाई तिमीहरु सितै बसिरहोस् त्यसलाई तिमीहरुले ब्याजमा रुपियाँ नदिनु । ” (  लेवी २५ः३६३७ )

ब्याज खाने ब्यक्तिहरुको धन धेरै समय सम्म तिनीहरुसंग नरह्ने कुरा को दाबी बाइबलले गर्दछ ः अति नै ब्याज लगाएर जसले आफनो सम्पत्ति बढाउछ , त्यसले कुम्ल्याएको धन अर्कैको हुनेछ , जसले गरीबमाथि दया राख्नेछ । ” ( हितोपदेश २८ः८ )

    कुरआनले यसरी भन्दछ – अल्लाह ब्याजलाई मेटाउँछन् र दानमा अभिबृद्धि गर्छन् । र अल्लाहले कृतघ्नहरु एवं पापीहरुलाई मन पराउदैनन् । ” ( कुरआन २ः२७६ )

    येशु मसिहले ब्याजका कारोबार गर्नेहरुलाई डाँका भन्दै रिसका कारण तिनीहरुको टेबुलहरु समेत पल्टाइ दिएका थिए ः येशु परमेश्वरको मन्दिरमा प्रवेश गर्नुभयो । अनि उहाँले मन्दिरमा किनबेच गर्ने सबैलाई धपाउनु भयो र पैसा साट्नेहरुका टेबिल , र परेवा बेच्नेहरुका आसन पल्टाइदिनु भयो । उहाँले तिनीहरुलाई भन्नुभयो , “यो लेखिएको छ , ‘मेरो घर प्रार्थनाको घर कहलाइनेछ ।  तर तिनीहरुले यसलाई डाँकूहरुको अड्डा बनाएका छौ । ” (मत्ती २१ः १२१३ )

      ब्याजको अपराध क–कसमाथि लागू हुन्छत ? मुहम्मद (स.) ले भन्नुभयो– अल्लाहले तिरस्कृत गरेका छन् उनीहरुलाई जसले ब्याज खान्छ , जसले ब्याज दिन्छ ,जो त्यसको साक्षी बस्छ र जसले त्यसको हिसाब लेख्छ ।” (मुस्लिम)

ब्याजको असर

                आज ब्याजी कारोबारको बर्चस्व देखिन्छ , त्यसमा अत्याधिक नाफा भएको अनुमान लगाइन्छ , तैपनि के कारण होला कि इसा मसिहले तिनीहरुलाई डाँका भनेर सम्बोधन गरे ? आखिर कति तुच्छ कार्य हो कि मुहम्मद (स.) ले ब्याजी कारोबारीलाई घोर ब्यभिचारीको
संज्ञा दिनुभयो  ? कति ठुलो अपराध र पाप हो कि अल्लाह स्वयंले  ब्याजखोरीहरुलाई युद्धका लागि तयार रहन् भने ?

                 ऋणीले साहुकारलाई सावाँ भन्दा जेजति बढी रकम दिनुपर्ने हुन्छ त्यो नै ब्याज हो । ऋणी चाहे नाफामा होस् वा नोक्सानमा , उसले सम्झौता अनुसारको रकम साहुलाई तिर्नुपर्ने नै हुन्छ । यदि कुनै ब्यक्तिले साहुबाट रु. १,००,००० कर्जा लिन्छ र बार्षिक ५% साधारण ब्याज दिने करार हुन्छ भने वर्षको अन्त्यमा ऋणीले जम्मा रु. १,०५,००० साहुलाई तिर्नुपर्ने हुन्छ जसमा बढि तिरेको रकम रु. ५,००० नै ब्याज हो ।

   खुला बजारमा ब्याजदरको कुरा गरौं भने साहुकारहरुले मासिक ४ का दरले ब्याज लिने गरेका छन् अर्थात वार्षिक ४८ ब्याज तिर्नुपर्ने हुन्छ । एउटा गरिब व्यक्तिले साहुकारसंग ऋण लिंदा दुइ वर्षपछि दोब्बर रकम तिर्नुपर्छ ।

 यदि तपाईले रु. ३५,००,००० मा घर किन्दै हुनुहुन्छ जसमध्ये रु.५,००,००० तपाईले अग्रिम भुक्तानी गर्नुभयो र बाँकी ३०,००,००० रुपैयाँ मासिक किस्ताको रुपमा ३० बर्षमा ६%  बार्षिक ब्याजदरका हिसाबले चुक्ता गर्ने करार गर्नुभयो भने तपाईले मासिक रु. १७,९८६.५ तिर्नुपर्ने हुन्छ । जस अनुसार उक्त ३० बर्षको अवधिमा तपाईले कुल रु. ६४,७५,१४० भुक्तानी गर्नुपर्छ जसमा रु.३४,७५,१४० ब्याजरकम हुनेछ ।

   त्यही यदि कुनै ऋणदाताले ६% मासिक चक्रिय ब्याजका दरले रु. १० लाख ३० बर्षका लागि उपलब्ध गराउँछ भने त्यो रकमबाट रु. ५०,२२,५७५ ब्याज असुल गर्दछ ।

(www.thecalculatorsite.com/compoundinterestcalculator)

                 एक रिपोर्टका अनुसार ऋणदाता देशहरुले ऋणी देशहरुबाट रु.१ का सट्टा रु.९ असुल गरेका छन् अर्थात रु.१ अर्बको सट्टा रु.९ अर्ब असुल गरिएको छ ।

   अब अनुमान लगाउन सकिन्छ कि जब नेपालले अर्बौ–अर्ब रकम विश्व बैकंबाट ऋण लिन्छ भने कति रकम भूक्तानी गर्नुपर्ने हुन्छ । केहि बर्ष नबित्दै त्यो ऋण दोब्बर–तेब्बर हुन जान्छ जसको पूरा भार जनता माथि आउँछ । त्यसैकारण महंगी जस्ता समस्याहरु उत्पन्न हुन् जान्छन् । अवस्था कतिसम्म भयावह छ कि नाइजेरियाका भूतपूर्व राष्ट्रपति ओबासेन्जो त्यहाको ऋणको बारेमा टिप्पणी गर्दै भनेका थिए – सन् १९८५८६ सम्ममा हामीले लिएको ऋणको कुल रकम ५ अर्ब डलर  ( $5 billion ) थियो र हामीले लगभग १६ अर्ब डलर ( $16 billion) तिरी सकेका छौँ , अझैपनि हामीलाई २८ अर्ब डलर ($28 billion) तिर्न बाँकी रहेको भनिदैछ । अन्तराष्ट्रिय ऋणदाताहरुको ब्याजदरको अनियमितताका कारण त्यो २८ अर्ब डलर आएको हो । यदि तपाईहरु मलाई सोध्नुहुन्छ कि संसारको नराम्रो वस्तु के हो भन्ने मेरो जवाफ हुनेछ चक्रिय ब्याज ।” (Jubilee  zoo news update , August 2000 )

     विश्व बैंक स्वयंले पनि आफनो १९९५ को विश्व विकास प्रतिवेदनमा विश्वमा सम्पन्नता र विपन्नता बीचको खाडल बढ्नुको प्रमुख कारण ब्याज हो भनी उल्लेख गरेको छ । हरेक देशमाथि अन्तर्राष्ट्रिय ऋण रहेको छ जसको ब्याज भूक्तानी गर्नु देशमाथि ठुलो भार भएको छ । ब्याजयुक्त कारोबार कै कारण धनी देशहरु रातारात धनी हदैंछन् भने गरीब देशहरु झन् गरीब बन्दै गएका छन् । यही अवस्था खुला बजारको पनि रहेको छ जहां धनी व्यक्तिसंग धनको थुप्रो लाग्दै गएको छ र गरिबहरु गरिबीको चक्की झन् पिसिएका छन् । गरीबी र ऋणले गर्दा प्रत्येक बर्र्ष करिब १ करोड १० लाख बालबालिकाहरुको मृत्यु हुने गरेको । प्रत्येक बर्ष कैयौं किसानहरु बैंकको ऋण तथा ब्याज भूक्तान गर्न नसकी आत्महत्या गर्ने गर्दछन् । भारतको मात्र कुरा गरौं भने हरेक बर्ष औसत १७,५१३ जना किसानले आत्महत्या गर्छन अर्थात प्रत्येक ३० मिनेटमा १ जना किसानले आत्महत्या गर्छ जसको प्रमुख कारण ब्याज हो । मूद्रास्फीति (Inflation) को प्रमुख सहयोगी तत्व ब्याज नै हो जसले गर्दा महंगीले आकाश छोएको छ । ब्याज भातृत्व (भाइचारा) तथा सहानुभूती र स्नेहको बिरुद्ध हुन्छ जसको आधार लोभ,कठोर हृदय तथा स्वार्थीपना हो । यो एकाधिकार समाजको जन्मदाता हो जहाँ गरिब अझैँ गरिब बन्दै गएका छन् र धनी अझै धनी । विश्वको सम्पूर्ण धन–सम्पति केही ब्यक्तिहरुको हातमा मात्र समेटिएको छ । ब्याजी कारोबार यस्तो धन्दा हो जसमा ऋणदातालाई नोक्सानको कुनै सम्भावना हुदैन, नाफा–नोक्सानमा हिस्सेदारीको सट्टा सम्पूर्ण जोखिमहरु ऋणीले नै ब्यहोर्नु परेको हुन्छ । ब्याजको एक–एक रुपैँयामा मान्छेको रगत लागेको छ किन भने यसले विश्वयुद्ध निम्त्याउन समेत पछि हटेको थिएन ।

कुनै बिकल्प छ कि ?

     अनेक समस्या र आर्थिक संकटबाट गुज्रिरहेको अर्थतन्त्र तथा समाजका शुभचिन्तकहरु बैकल्पिक बाटोको खोजीमा छन् । अर्थशास्त्रका प्रोफेसर श्री बैधनाथन भन्नुहुन्छ – देशले एउटा बैकल्पिक विश्व बित्तिय ढाँचाको आह्वान गर्नुपर्छ ।  (Indian institute of Mangement, Banglore )

               WEF 2009 समारोहको स्वागत मन्तब्य राख्दै World Economic Forum का कार्यकारी अध्यक्ष क्लस स्क्वाबले भन्नुभयोः आज हामीहरु एउटा चरम बिन्दुमा पुगिसकेका छौं जसले हामी समक्ष एउटै बिकल्प छोडेको छ – ‘परिर्वतन अथवा जारी गिरावट र बिपत्तिलाई सह्नु  

    अवस्थालाई बदल्न हामीसंग एउटा मात्र विकल्प बाँकी रहेको छ त्यो हो – ‘ब्याजरहित आर्थिक कारोबार’ जसलाई इस्लामिक बैंकिङ्गको रुपमा पनि चिनिन्छ ।

               ;g\ 2008-09  मा भएको विश्व आर्थिक संकटको समाधानका लागि इस्लामिक वित्तिय सिद्धान्तको प्रस्ताव राख्दै वेटिकन (Vatican)  को अधिकारिक समाचारपत्रमा भनिएको थियो – जुन नैतिक सिद्धान्तहरुमा इस्लामिक अर्थतन्त्रमा आधारित छ त्यसैले बैंकहरुलाई तिनीहरुलाई सेवाग्राहीहरु तथा वास्तविक अस्तित्वको नजिक पुृ¥याउन सक्छ जसले सबै बित्तिय सेवालाई अंकित गरेको हुनुपर्छ ।     ( L’ osservator Romano, 5th  march 2009 )

           किसानहरुको आत्महत्या तथा गरीबी निवारणको एकमात्र प्रणाली इस्लामिक बैंकिङ्ग भएको कुरा बताउँदै एम.एस.स्वामीनाथन भन्नुहुन्छ – हिजो पनि हामीहरु समाचारमा सुन्यौ कि विदरभा (महाराष्ट्र,भारत)  मा करिब ३० जना किसानहरुले आत्महत्या गरेका छन् । इस्लामिक बैंकिङ्ग जसले शुन्य ब्याजदरमा कर्जाको वकालत गर्छ , त्यसले यो संकटको समाधान गर्न सक्छ ।  (The New Indian Express , 6 April 2010 )

                अहिले आवश्यक्ता छ परिर्वतनको जसले ब्याज जस्तो अभिशापको सट्टा एउटा यस्तो प्रणाली लिएर आओस जुन शुुन्य ब्याजदरमा कारोबार गर्न सकोस्  इस्लामिक बैंकिङ्ग प्रणालीले ब्याज रहित कारोबार गर्न आव्हान गरेको छ । विभिन्न देशहरु जस्तै फ्रान्स, जापान, हङकङ, सिङ्गापुर आदिमा यस बैंकिङ्ग  प्रणालीलाई अपनाईएको छ । बेलायतमा पनि  इस्लामिक बैंक अफ ब्रिटेन (Islamic Bank of Britain ) को स्थापना भइसकेको छ । नेपालका अर्थशास्त्रीहरुले पनि यस प्रणालीमा ध्यान पु¥याउनु पर्छ । वित्तिय संस्थाहरु तथा अन्य संघसंस्थाहरुले लोभ र स्वार्थीपनालाई त्यागेर ब्याजरहित कारोबारलाई प्रोत्साहन दिनुपर्छ साथै विद्यार्थीहरुलाई इस्लामिक बैंकिङ्गको अध्ययन गर्न परामर्श दिनु पर्छ  तथा प्रशिक्षणको पनि ब्यवस्था गरिनुपर्छ जसरी भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहले भारतीय रिर्जब बैंक (RBI) लाई भनेका थिए– समयसमयमा इस्लामिक बैंकिङ्ग माथि प्रयोग गर्ने माग उठदै आएको छ । म निश्चित रुपमा भारतीय रिर्जब बैंक (RBI) लाई सिफारिश गर्छु कि यस (इस्लामिक बैंकिङ्ग) सम्बन्धमा मलेसियामा के हुदैछ भन्ने कुराको अवलोकन गरोस् ।

 

लेखकः अजिजुल्लाह अन्सारी

व्हाट्स एपः +9779845042004