कुन चीजबाट कति जकात निकाल्ने

कुन चीजबाट कति जकात निकाल्ने

दुआले तक़दिर बदल्छ यसैले दुआ गरौं ।

जकात इस्लामको तेश्रो स्तम्भ हो। इस्लामिक नियम अनुसार कुन चीजमा जकात लाग्छ कुन चीजमा लाग्दैन यसको हद र सिमा तोकिएको हुन्छ । सो सम्बन्धमा कुरआन तथा हदीसको प्रमाण सहित यहाँ उल्लेख गर्ने छु ।  जकात लाग्ने चीजहरु यस प्रकारका छन्,- सुन, चाँदी, खेती, फल, ब्यापारिक सामान, चर्नेवाला जनावर, खानीबाट निकालिएको चीज, गैह्र मुस्लिमले गाढेर राखेको माल आदी ।

कुन मालबाट कति जकात निकाल्ने ?

सुन या सुनको गहनाबाट ८५ ग्राम भन्दा ज्यादा छ, र बर्ष दिन पुरा भएको छ भने र चाँदी ५८५ ग्राम छ र बर्ष दिन पुरा भएको छ भने जकात निकाल्नु पर्छ सो भन्दा कम भए जकात निकाल्नु पर्दैन ।

( क ) सुन, चाँदी र नगद पैसामा २.५ को हिसाबले जकात निकालिन्छ ।

(ख) खेतीको अन्नबाट ६५० किलो ग्राम देखि जकात निकाल्नु पर्छ तर कुनै ठाउँमा भनिएको छ ६१० किलो देखि माथि भएमा जकात निकाल्नु पर्छ । यसमा दुई अवस्था छ यदि पानीको पैसा तिर्नु पर्छ भने बिस भागबाट एक भाग निकाल्ने र यदि पानीको पैसा तिर्नु पर्दैन भने दश भागबाट एक भागको हिसाबले निकाल्नु पर्छ । उदाहरणको लागि पानीको पैसा तिर्नु पर्दैन भने दस कुइन्टलबाट एक कुइन्टलको दरले निकाल्नु पर्छ र यदि पानीको पैसा तिर्नु पर्ने भए बिस कुइन्टलबाट एक कुइन्टलको दरले अन्नमा जकात निकालिन्छ । अन्नबाट जकात निकाल्न वर्ष पुग्नु पर्दैन । जुन बाली तयार हुन्छ त्यसबाट सोही समय जकात निकाल्नु पर्दछ ।

तरकारी तथा फलफुलमा यस्तो सामानमा जकात लाग्छ जुन फ्रिजमा लामो समयसम्म स्टोर गरेर राख्न सकिन्छ,

सार्वजनिक चीजको आम्दानीबाट जकात लाग्दैन जस्तैः- मस्जिद, मदरसा, धर्मशाला आदी । यस सम्बन्धमा कुरआनमा भनिएको छः- गरिबमाथि खर्च गर त्यो मालबाट जुन माल मैले तिमीलाई दिएको छु (सूरः बकरा-२५४)

तर कसैले आफ्नो सम्पत्ति आफ्नो सन्तानमा दान गरेको छ भने सो मालको आम्दानीबाट जकात लाग्छ । यहाँ तक कि यातीमको मालबाट पनि जकात निकाल्नु पर्छ । अवैध मालबाट जकात निकाल्नु हुँदैन । फिल्म, फोटो, ब्याजको कारोबार, चोरी, डकैत, घुस इत्यादी चीजबाट आएको आम्दानीबाट जकात लिनु हराम(अवैध) हुन्छ ।

यस सम्बन्धमा कुरआनमा भनिएको छः- अल्लाहले आत्म संयमीहरुको कर्म स्वीकार गर्ने गर्दछ। (सूरः अल माइदा – २७)

हदीसमा छः अल्लाह पवित्र छन् पवित्रलाई नै कबुल गर्नु हुन्छ ।(मुस्लिम, किताबुज़्ज़काकात)

अर्को ठाउँमा भनिएको छः हिनामिनाको मालबाट गरिएको दानलाई अल्लाहले स्वीकार गर्नु हुन्न ।

कर्जामा दिएको पूजीबाट जकात निकाल्नु पदैन, कर्जा दिनेवाला माथि पनि र कर्जा लिनेवाला माथि पनि । हजरत आइशा रज़ि. को भनाई छ,- कर्जामा जकात छैन (अल महली)

आम्दानी हुने फण्ट या बोनसको मालमा उस समय जकात अनिवार्य हुँदैन जब त्यो माल आफ्नो हातमा आउँदैन र एक बर्ष बित्दैन ।

तिजारती(ब्यापारी) माल अर्थात पूँजीबाट जकात अनिवार्य छ ।

हदीसमा छः हज़रत समरा बिन जुन्दूब भन्नु हुन्छ,- रसूलुल्लाह सल्ल.ले हामीलाई हुकुम दिनु हुन्थ्यो, हामीले त्यो माल(धन वा पूँजी) बाट जकात दिनु जुन हामीले ब्यापारको लागि राख्दथ्यौं । (अबू दाऊद)

अल्लाह तआलाको कथन छ,- हे मोमिन हो ! जुन पवित्र र राम्रो कुरा तिमीले कमाउँछौं र जुन कुरा हामीले तिम्रो निम्ति पृथ्वीबाट उब्जाउँछौं सूरः अल बकर- २६७)

तिजारती मालबाट जकात निकाल्ने तरीका यो हो कि बर्षको आखिरमा जम्मा पूँजी जोडेर लिन दिन फर्छ्यौट सही रुपमा गरी बाक़ी पूजीबाट  सयकडा २.५ को दरले उसको मुल्य जोडेर जकात दिनुपर्छ ।

कम्पनिको सेयरमा जकात लाग्दैन तर उसको नगद हातमा आएपछि जकात लाग्छ र जबसम्म त्यो सेयर पूँजी फिर्ता हुँदैन तब त्यो मालबाट जकात लाग्दैन । गाडी, घर, खेतबाट जकात लाग्दैन ।

स्रोतः तालिमुल इस्लाम

लेखकः मुख़्तार अहमद नदवी- मुदीर अद्दारुस्सलफ़िया, मुम्बई

लफ़िया, मुम्बई

अनुवादकः मुहम्मद इब्राहिम

जकात भनेको के हो ?

जकात भनेको के हो ?

इस्लामको पाँच स्तम्भ मध्ये जकात तेश्रो स्थानमा पर्दछ । जकात सन् दुई हिजरीमा मदिना मुनव्वरामा अनिवार्य गरिएको प्रमाणित हुन्छ । जकातको अर्थ हुन्छ आफ्नो धनलाई दान दिएर पवित्र गराउनु, वृद्धि गराउनु र उन्नती गराउनु हो । जुन खास माल(सम्पति) जसमा इस्लामी शरई कानूनले तोकेको एक निश्चित सिमाङ्कन अनुसार छ र त्यो माल एक बर्ष भएको छ भने त्यस मालबाट जकात निकाल्नु पर्छ,इस्लाममा यसैलाई जकात भन्दछन् ।त्यो मालबाट अल्लाहको हक सम्झेर गरिब दुःखीलाई दान दिनु पर्दछ ।

कुरआनमा जकातको बारेमा बयासी स्थानमा नमाज़को साथ बर्णन गरिएको छ । जकात अनिवार्य हुनको लागि अल्लाह तआलाको भनाई छ “र नमाज पढ र जकात देऊ र रुकु(झुक्नेहरु) गर्नेसँग रुकु(झुक्नेगर) गर्ने गर। (सूर अल बकरा आयत नं. ४३)

मुहम्मद सल्ल. को भनाई छ “अल्लाहले मुसलमानहरुका लागि जकात अनिवार्य गर्नु भएको छ जुन मालदारहरुसँग लिईन्छ र गरिवहरुलाई बितरण गरिन्छ।” (बुखारी व मुस्लिम)

जकातका फाईदाहरु

जकातका फाईदाहरु यसप्रकार छः- अल्लाह तआलाले जकातमा दिएको माललाई वृद्धि गराउनु हुन्छ । कुरआनमा लेखिएको छ “अल्लाहले सूदलाई घटाउनु हुन्छ र जकातलाई वृद्धि गर्नु हुन्छ।,, (सूर बकरा-276)

कुरआनमा छ “र तिमीहरु जुन जकात दिन्छौ र त्यसबाट अल्लाहको खुशि चाहन्छौं (त्यो उन्नति र प्रगति हो) भने, यस्तै व्यक्तिहरु आफनो माललाई दुई गुना, तीन गुना वृद्धि गर्नेवालाहरु हुन्(सूरः रुम आयत नं. 39)

जकातको बारेमा हदिसमा लेखिएको छः- सदका (दान) दिएर माल घट्दैन । (तिर्मिज़ी)

जकात इस्लामको पुल हो । (बैहिकी)

आफ्नो माललाई जकात दिएर बचाउ । (बैहिकी)

जुन मालको जकात दिईन्छ त्यो माल पवित्र हुन्छ । जकात दिनेवालाले आफुलाई कन्जुसी जस्तो खराब आदतबाट जोगाउँछ र दानसिलताको आदतको बनाउँछ ।

 

स्रोतः तालिमुल इस्लाम

लेखकः मुख़्तार अहमद नदवी- मुदीर अद्दारुसलफ़िया, मुम्बई

अनुवादकः मुहम्मद इब्राहिम