सत्य मार्गमा निमन्त्रणा

 निमन्त्रणा

सत्य मार्गमा निमन्त्रणा

सत्य मार्गमा निमन्त्रणा : केही दिन पछि वहाँलाई उनै फरिष्ताको माध्यमबाट यो निर्देशन मिल्यो कि अब तिमी उठ, मानिसलाई आखिरत (महाप्रलय) को दिनको बारेमा सचेत गराउ र उनलाई बताउ ईश्वर नै सबैभन्दा ठूला हुन्, सबै प्रशंसा उनैको लागि हो ।

यो निर्देशन मिले पछि वहाँको ध्यान मानिसलाई सत्यमार्गमा निमन्त्रणा गर्न लागे, जो व्यक्ति केही समझदार भेट्थे उसलाई आफ्नो सन्देश सुनाउँथे, त्यस बखतसम्म जति कुरआन अवतरित भएको थियो ती कुरआनको आयात सुनाउँथे, ती आयतहरु मानिसको जीवनमा केवल एक ईश्वरको उपासना तथा केवल उनैको आज्ञापालन गर्ने सन्देश दिन्थे ।

एक ईश्वरको पूजा गर्ने भन्दा त्यस समयका अरब समाजमा बिलकुल नयाँ कुरा लाग्थ्यो । उनका पूर्खा र पहिलाका पिढींहरुले कहिले पनि यस्तो कुरा सुनेका थिएनन् । उनीहरुको लागि पूर्खा र पूर्वजको मार्ग छोड्नु सबैभन्दा दुश्कर्म ठान्थे । यदि यो कुरा माने भने उनको सरदारीप्रति पनि आँच आउथ्यो र मूर्ति पूजाबाट आउने सबै आम्दानी पनि प्रभावित हुन्थ्यो । यसैले बिस्तारै बिस्तारै यसको विरोध हुन थाल्यो ।

दिन रात मुहम्मद सल्लल्लाहु अलैही वसल्लम ईश्वरसँग प्रार्थना गर्दथे, किनकि वहाँ चाहनु हुन्थ्यो कि आफ्ना खान्दान र मक्काका केही प्रशिद्ध व्यक्तिको साथ मिलोस् तर अवस्था कठिन हुँदै गयो । तिन वर्ष यसरी नै बित्यो। शान्तिसँग इस्लामको दावत दिंदै जानु भयो ।

“अरकम” को घर ती व्यक्तिहरुको केन्द्र बन्दै गयो, मानिसहरु गोप्य रुपमा इस्लाम स्वीकार गर्दै थिए, यसैगरी तिस देखि पैंतिस जना मानिसहरुले वहाँ माथि ईमान ल्याएका थिए । तिनीहरु “अरकम” घरमा लुकेर नमाज़ पढ्दथे । अल्लाहका रसूल मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) को समूह यसैगरी शान्तिपूर्वक अघि बढ्दै थियो ।

सत्य मार्गमा खुल्ला निमन्त्रणा (सन् 3 नवबी)

तिन वर्ष पछि अल्लाहका रसूल मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) लाई यो आदेश भयोः “जुन काम तपाईलाई जिम्मा दिएको छ, त्यसलाई खुल्लम खुल्ला पेश गर र मुशरिक अर्थात बहुदेववादीहरु पर्वाह नगर”

यो आयत अवतरित हुनासाथ अल्लाहका रसूल मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) खान ए काबामा जानु भयो र वहाँ सबैको सामने नमाज पढ्नु भयो। सबै मानिस अचम्ममा परे। उनीहरुले अल्लाहका रसूल मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) लाई धम्की दिन लागे। एक दिन आफ्ना खान्दानका सबै मानिसहरुलाई बोलाएर निमन्त्रणा दिनलाई खाना खाने गरी बोलाउनु भयो। तर वहाँका खान्दान मध्ये कसैले पनि वहाँलाई साथ दिने कुरामा स्वीकार गरेनन्। केवल अलीले अल्लाहका रसूल मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) लाई साथ दिने घोषणा गरे र अबू तालिबले आशिर्वाद दिनुभयो र संरक्षण गर्ने विश्वास दिलाउनु भयो।

सफ़ा पर्वतमा

केही दिन पछि वहाँले सफ़ा पहाडमाथि चढेर मक्कावासीलाई आवाज दिएर बोलाएर अनि मानिसहरु जम्मा भए । तब अल्लाहका रसूल मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) ले भने तपाईहरु मेरो बारेमा के सम्झन्छौ सच्चा या झुटो ?

मक्कावासी सबैलाई वहाँको आनी बानीको बारेमा जानकारी थियो, सबैले एक स्वरमा भनेः “हामीले कहिले पनि तपाईको मुखबाट झुटो कुरा बोलेको सुनेका छैनौं । हामी जान्दछौ कि तपाई सच्चा र आमीन(अमानतदार) हुनुहुन्छ” । त्यसपछि  अल्लाहका रसूल मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) ले भनेः म भन्छु कि यो पहाडको पछाडि दुश्मनको फौज लुकेका छन् के तपाईहरु मेरो कुरा मान्नु हुन्छ ?  मानिसहरुले उत्तर दिए- “हामी तिमीलाई संधै सादा र सच्चा सम्झि रहेका छौं । तिमी उच्च ठाउँमा उभिएका छौं र पहाडको उतापटीको भाग देखेको छौ जुन हामी देख्न सक्दैनौं”। अल्लाहका रसूल मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) ले भन्नुभयोः त म भन्दछु कि पूज्य एक हुनुहुन्छ र उनको कोही साझेदार छैनन् । मृत्यु आउनु निश्चित छ र मृत्युपछि अर्को जीवनमा ईश्वरको सामने हाजीर हुनु पर्छ । यदि यो कुरालाई मानेर जीवन व्यतीत गर्यौ भने सफलता र मुक्ति पाउने छौं तथा लोक र परलोक दुबै ठाउँमा सफल हुनेछौं अन्यथा तिमीमाथि ठूलो प्रकोप उत्रिने छ । मानिसहरु यो कुरा सुनेर धेरै क्रोधित भए । उनिहरुले भने- “के हामीलाई यसैले बोलाएको थियो, व्यर्थमा हाम्रो समय नष्ट गर्यौ।” र सबै आफ्नो आफ्नो बाटो लागे ।

नोटः बाँकी भाग हामी अर्को पोष्टमा पस्किनेछौं……………….. कमश

 

नुबुव्वत ईश दूत चयन

नुबुव्वत

नुबुव्वत ईश दूत चयन

नुबुव्वत ईश दूत चयन : १७ अगस्त सन् ६१० ई. शुक्रवारको रात थियो, त्यस समय मुहम्मद गार हिरामा बस्नु भएको थियो। त्यस ठाउँमा अचानक तेजिलो प्रकाश आयो र वहाँले आवाज सुन्नु भयो-“इकरा” अर्थात पढ। यो आवाज सुनेर मुहम्मद चकित पर्नु भयो र डराउनु भयो। मुहम्मदले डराउँदै उत्तर दिए- म अन्पढ हुँ। तर फेरी दोश्रो पटक त्यही आवाज आयो “इकरा” अर्थात पढ, फेरी त्यही जवाफ दिए, फेरी तेश्रो पटक यही शब्द आयो-

१. इक-रअ बिस्मि रब्बिकल्लजी ख़लक़

२. खलक़ल इन्सान मिन अलक़

३. इक्रअ व रब्बुकल अक्रमु

४. ल्लज़ी अल्लम बिल् कलमि

५. अल्ल मल् इन्सान मा लम् यअलम (सूरहः अल् अलक़, आयात १ देखि ५ सम्म)

अर्थः

१. (हे मुहम्मद !) पढ; आफ्नो आफ्ना पालनकर्ताको नाम लिएर जसले सिर्जना गरे,

२. सिर्जना गरे मनुष्यलाई रगतको डल्लोबाट।

३. पढ ! तिम्रा रब अति उदार छन्।

४. जसले कलमद्वारा शिक्षा प्रदान गरे।

५. मनुष्यलाई त्यो कुरा सिकाए जुन कुराको ज्ञान उसलाई थिएन ।

यो आवाज एउटा फरिष्ताको थियो, फरिष्ता त्यो ईश्वरको तर्फबाट बोली रहेको थियो जो सारा संसारको रचयिता र मनुष्यको पालनहार हुन् ।

यसरी ४० वर्षको उमेरमा ईश्वरले यो संसारमा बस्नेवाला  मानिस समक्ष आफ्नो सन्देश पुर्याउनको लागि वहाँलाई चुन्नु भयो । त्यो महान रात थियो जसमा वहाँ ईश्वरको दूत बनाउनु भयो अर्थात ईश्लरको तर्फबाट संसारवासीहरुलाई सत्य मार्गको सन्देश पुर्याउनेवाला भए । फरिश्ताको आवाज सुनेर वहाँ डराउनु भयो, एउटा अनौठो डरले हृदयमा डेरा जमायो ।  वहाँ डरले काम्दै गुफाबाट बाहिर आउनु भयो र घरमा पुगेर खदीजासँग भन्नु भयो मलाई कम्बल ओढ़ाउ । फेरी पुरा घटना सुनाएर वहाँले भन्नु भयोः मलाई आफ्नो ज्यानको खतरा भएको छ । खदीजाले सबै कुरा सुनेर वहाँलाई धैर्यता दिंदै भन्नु भयो, ईश्वरले तपाईलाई कदापि तिरस्कार गर्नु हुन्न । वहाँले कहिले पनि तपाईलाई दुःखी बनाउनु हुन्न किनकि तपाई गरिब र असाहयलाई मद्दत गर्नु हुन्छ । कमजोरलाई सहयोग गर्नु हुन्छ, पाहुनालाई आदर सम्मान गर्नु हुन्छ ।

खदीजाले वहाँलाई (श्रीमान्) आफ्नो काकाको छोरा (भाई) वरक़ा बिन नौफ़िललाई भेट्न लानु भयो । उनी धेरै ठूला ईसाई विद्वान थिए । ईश भक्तिमा लिन रहन्थे । उनले भने मुहम्मदले जुन आवाज सुने त्यो ईश्वरको फरिश्ताको आवाज हो । मूसा अलैहिस्सलामको साथमा पनि यही फरिश्ता आएका थिए अल्लाहको सन्देश लिएर आएका थिए  र ईश्वरले मुहम्मदलाई  आफ्नो ईशदूत चुन्नु भयो । यो कुरा सुन्ना साथ सबै भन्दा पहिले खदीजाले वहाँ माथि ईश्वरको दूत हुन भनेर ईमान ल्याएकी थिइन । त्यही दिन साँझ वहाँले र खदीजाले फरिश्ताले बताएको नियमानुसार वुजू गरेर दुई रकअत नमाज पढ्नु भयो।

अली र ज़ैद पनि वहाँसँगै घरमा बस्थे । उनीहरु दुई जनाले पनि ईमान ल्याए। केही दिन पछि एउटा हब्शी गुलाम बिलालले पनि वहाँलाई ईश्वरको रसूल माने र वहाँको साथि अबू बक्र पनि वहाँ माथि ईमान ल्याउने मध्ये सामेल भए । यसरी महिलामा खदीजा, पुरुषमा अबूबक्र, बच्चामा अली र गुलाममा बिलाल हब्शीले सबै भन्दा पहिले वहाँमाथि इमान त्याउने सौभाग्य प्राप्त भएको थियो। यो नै सबै भन्दा पहिलो समूह थियो जसले वहाँलाई ईशदूतको हैसियतले स्वीकार गरे ।

स्रोतः आदर्श जीवन (हज़रत मुहम्मद (स.) को पवित्र जीवनी)

लेखकः असअद इस्राईली

अनुवादकः मुहम्मद इब्राहीम

 

मित्रता दिवसः साथी कति प्रकारका हुन्छन्

मित्रता दिवसः

मित्रता दिवसः साथी कति प्रकारका हुन्छन्

आपसी रिस राग र शत्रुता छ भनें त्यसलाई छोडौं, हामीहरु मध्ये जसले पहिले आफ्नो साथिलाई माफ गर्छ त्यो व्यक्ति नै महान हो। साथी भनेको ऐना हो । ऐनाले आफ्नो अनुहारमा जे छ त्यो स्पष्ट देखाउँछ । असल साथिले त्यो हो, जसले आफ्नो साथिको कमी कमजोरी अर्थात अवगुणहरु एकान्तमा राखेर सम्झाउने कोशिस गर्छ । खराब साथी त्यो हो जसले आफ्नो मित्रको पछाडी कुरा काट्दै हिंड्छ । जसले आफ्नो मित्रको उसको पछाडि कुरा काट्छ, मानौ उसले आफ्नो मरेको भाईको मासु लुछि लुछि खाई रहेको छ।

सुदामाले कृष्णलाई सोधे.. कृष्ण ! मित्रताको मतलब के हो ?

      आफ्नो हितैषी मित्र सुदामाको प्रश्न सुनेर कृष्णले उत्तर दिए, “हेर सुदामा जुन कुरामा स्वार्थ लुकेको हुन्छ, त्यो मित्रता होइन र असल मित्र हुनकालागि नि­­:स्वार्थ भावना हुन जरुरी छ ।”

साथी कति किसिमका हुन्छन् ?

     साथीहरु सात किसिमका हुन्छन्, हेलो साथी, भलो साथी, मित साथी, जीवन साथी वा संगिनी, बालापनको साथी, युवा साथी, वृद्ध साथी ।

       हेलो साथीः भेटघाटको समय हाई हेलो भन्ने तर खासै नजिक पनि होइन तर चिनजान भएको साथी हो । कुनै सहयोग पनि नगर्ने र टाढा पनि नहुने र नजिक पनि न रहने हेलो साथी हो ।

      भलो साथीः साथीलाई समश्या पर्दा साथ दिने मित्रलाई भलो साथी भनिन्छ। जस्तैः बिमारी पर्दा, आर्थिक संकट पर्दा, दुश्मनको घेरामा पर्दा, अर्थात जीवनको हरेक मोडमा साथीलाई दियो ज्यान दिएर सहयोग गर्ने साथी नै भलो साथी हो । जस्तैः महाभारत युद्धमा अर्जुनलाई, कृष्णजीले साथ दिएका थिए। त्यसैगरी भलो साथीले आफ्नो साथीलाई लडाईमा शत्रुको घेरामा छोडेर आफु पिठ फर्काएर भाग्दैन। उदाहरणको लागि उहुदको युद्धमा आफु मरेर पनि अल्लाहका रसूलको ज्यान जोगाएका थिए। अल्लाहका रसूल मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) को मिल्ने साथी अबु बक़र सिद्धिक थिए।

       मित साथीः मित साथी र भलो साथी पनि उस्तै उस्तै हो तर केही गुणमा फरक हुन्छ । मित साथीहरु बीच धनी र गरिबको भेदभाव हुँदैन, न जातिय भेदभाव हुन्छ, न वर्ग बीच भेदभाव हुन्छ । जस्तैः कृष्ण र सुदामा मित हुन् तर उनीहरु बीच धेरै गुणहरु फरक छ । कयौं यस्ता महान व्यक्ति पनि छन् तर उनको मित सामान्य परिवारका हुन्छन् । यो यस्तो पवित्र बन्धन हो ।

     जीवन साथी वा संगिनी जीवन साथी भनेको श्रीमान् र श्रीमती हुन् । श्रीमान श्रीमती बीच हरेक व्यवहारिक कुरामा सरसल्लाह र छलफल गर्नुपर्छ । तर हामीहरुमध्ये केही व्यक्ति यस्ता छौं कि श्रीमतिको केही कुरा सुन्न नचाहने तर आफ्नै हरेक कुरा श्रीमतिले मान्नु पर्छ भन्ने घमण्डी स्वाभावको हुन्छौं । यो मानसिकता गलत हो किनभने श्रीमान र श्रीमति भनेको एक रथका दुई पाँग्रा हुन, के एउटा पाँग्राले रथ चल्छ त ? कदापि चल्दैन । श्रीमति श्रीमिनको सेवामा जति धेरै खटेकी हुन्छिन्, उसको श्रीमान आफ्नी श्रीमतिको सेवामा त्यति खटेर सहयोग गरेको पाईदैन त्यसैगरी केही श्रीमान असल हुन्छ त उसकी श्रीमति बदमास हुन्छे। नाठो सित लागेर आफ्नो श्रीमानको हत्या गर्ने खालका पनि हुन्छन् । त्यसैगरी कोही श्रीमान पनि अर्की केटीसँग लागेर घरकी श्रीमतिलाई हेला गर्ने, मानसिक तथा शारिरिक यातना दिएर सताउने गर्छ। कोही कोही मूर्ख श्रीमानले त त्यो केटीको कुरामा लागेर यसलाई पन्छ्याई दिए टन्टै साफ भनेर हत्या गर्न पनि पछि पर्दैन । यसो गर्नु जीवन साथी वा संगिनी बीच प्रेम र मिलनको बीच ठूलो दुर्भाग्य हो ।

     श्रीमति र श्रीमान मध्ये कोही एक बिमारी या अशक्त हुँदा उनको उपचार, स्याहार र खानपानमा विशेष ध्यान दिएर सहयोग गर्नु परम कर्तव्य हो । उदाहरणको लागि अय्युब अलैहिस्सलाम 18 बर्षसम्म बिमारी हुँदा उनकी श्रीमतिले सेवा गरेकी थिइन। ती हुन् असल जीवन संगिनी । तर बिडम्बना हामी देख्छौं आफ्नी श्रीमति होस् या श्रीमान् केही दिन बिमारी भयो, त्यो विमारीलाई सहानुभूति दिनु स्याहार गर्नु त कता हो कता उल्टै झर्को मान्ने, रिसाउने गरेको देख्छौं ।

       बालापनको साथीः बालक कालमा साथमा रमाउने खेल्ने साथीहरु पछि गएर हितैषी साथी पनि बन्न सक्छन् तर कोही साथी उच्च ओहोदा र धनाढ्य भएपछि आफ्नो साथीलाई भुल्न पनि सक्छन् त्यो पद र धनको घमण्डले गर्दा यस्तो भएको हुन्छ । जो धनाढ्य साथी छ उसले त यो कुरा सम्झिदैन कि हामी सानो हुँदा सँगै लुकामारी खेलेको, सँगै पढेको, सँगै खाएको सबै भुल्छ तर त्यो गरिब साथीले भुलेको हुँदैन ।  नेपालीमा एउटा उखान छः ‘गाँस छाड्नु तर साथ नछाड्नु’ ।

        युवा साथीः जब हामी बालपनबाट युवा अवस्थामा पुग्छौ त्यसपछि कोही साथीले आफ्नो युवा साथीलाई छोडेर युवती साथीतर्फ नजिक हुन खोज्छ, अनि आफ्नो साथीलाई भुल्न थाल्छ। त्यही कारणले कहिले काहीं तिनै युवती साथीको प्रेममा फाटो पर्यो भने त्यही साथीलाई गुहार्न जान्छ । यदि साथी विवेकशिल र ज्ञानी छ भने सही मार्ग देखाउँछ तर बुद्धिहिन छ भने हत्या गर्ने योजनामा साथ दिन्छ जसको फलस्वरुप आफु पनि जेलमा जान्छ र साथीलाई पनि जेलमा पुर्याउँछ । खराब साथीको कारणले कुनै आमा बाबाको काख रित्याई दिन्छ। युवक साथीको कारणले मानिस सही बाटो लिन पनि सक्छ र खराब बाटो लिन पनि सक्छ । त्यसकारण हामीले असल साथीको संगत गर्नुपर्छ । साथीको संगतको बारेमा एउटा सानो टुक्रा राख्न चाहें । जसको शब्द रचना चाँदनी शाहले गर्नु भएको हो ।

एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा

एउटा साथीको साथले कति फरक पार्दछ जिउनुमा”

          वृद्ध साथी- जब हामी युवा अवस्थाबाट वृद्ध आवस्थामा पुग्छौ तब हामी होसियार हुन्छौं तर कुनै मित्र वृद्ध अवस्थामा पनि उल्टो बुद्धि सिकाउने गर्छन् भने कोही सुमार्गमा लाग्न प्रेरणा दिने हुन्छन् । खास गरी वृद्ध अवस्थामा पुग्दा हामीलाई साथि नै भए पनि धन सम्पत्ति, जग्गा जमीन र आर्थिक लेनदेनको कारणले साथीको मन दुखाउने काम गरेका हुन्छौं । यो ठूलो भूल हो । हामी मरेर जाँदा हाम्रो साथमा केही जाँदैन तर पनि हामी संसारिक लोभ लालचमा परेर आफ्नो साथी गुमाउन पुग्छौं । त्यही बालापन र युवा अवस्थाका साथी नै वृद्ध अवस्थामा धन घनिष्ट साथी हुनु पर्थ्यो तर बिडम्बना जति वृद्ध अवस्थामा पुग्छौं त्यति नै धन सम्पत्ति प्रति लालच बढ्ने भएको हुनाले मित्रतामा खलल पुग्न जान्छ ।

   हरेक वर्षको अगस्त महिनाको पहिलो आइतबार विश्वभर मित्रता दिवसको उपलक्ष्यमा सबैले आ-आफ्ना मित्रहरुलाई सन्देश पठाउने, भेट्ने, सम्बन्ध सुधार्ने अनि केही उपहारहरु साटासाट गर्ने चलन छ ।

         नेपालमा पनि विभिन्न प्रकारका कार्यक्रम, भेटघाट गरी उत्साहका साथ मित्रता दिवस मनाइन्छ । संगै पढेका, संगै खेलेका, संगै काम गरेका मित्रहरुलाई आफुबाट केही गल्ति भए क्षमायाचना गर्दै पुरानो रिस राग, झगडा, दुश्मनीलाई मित्रता, माया प्रेममा परिणत गर्नु पर्छ तब मित्रता दिवसले सार्थकता पाउँछ । एक आपसमा माया र सदभाव भयो भने मात्र त्यो घर,  काम गर्ने ठाउँ, र त्यो समाज स्वर्गिय झै लाग्नेछ, अन्यथा त्यही ठाउँ नर्क तुल्य महशुस हुन्छ । त्यसैले हामी आजै देखि एक आपसमा झगडा, बैमनस्यता यदी छ भनें त्यसलाई त्यागेर मित्रता दिवसमा पानीको भेलले फोहोरहरु बगाए झैं बगाउनु होस् । तँ भने पनि या तपाई भने पनि या तिमी भने पनि  मित्रता कायम राखौं । साथी भनेंको हृदयको ऐना हो । यस सम्बन्धलाई सदैव स्वच्छ र खुल्ला राखियोस् । राम्रो साथी बन्न र बनाउन प्रेरणा मिलोस् यही कामना गर्दछु।

 

महिला हिंसा : कारण र समाधान

महिला हिंसा : कारण र समाधान । त्यो घटना फेरी सम्झन पुग्दा मानिस सर्वश्रेष्ठ प्राणी होmahila-hinsa-1भन्ने वाक्यमा प्रश्नचिन्ह लागेको आभास हुन्छ । त्यो भयावह घटना देखेर आकाश पनि रोयो होला र यो धर्ती पनि लज्जित भएर मानवलाई आफ्नो पिठ्यूँबाट हटाउन गुहार गर्यो होला । जनावरहरु पनि मानवको त्यस्तो तुच्छतालाई देखेर लज्जित भए होलान् । रावण जिउँदो भएको भए ती पिपाशुहरु सामू आफूलाई एउटा सभ्य मानव भएको महसुस गर्ने थियो होला जसले सीतालाई अपहरण गरेतापनि सुरक्षित राखेको थियो ।

नेपालमा महिला हिंसा विरुद्ध अभियान चलिरहेको थियो तर १६ डिसेम्बरको रात सम्पूर्ण मानव समाजलाई नै लज्जित बनाउने एउटा भयावह घटना लिएर भारतको राजधानी दिल्लीमाथि छायो । त्यो रात मेडिकलकी छात्रा “दामिनी” को दामन यौन पिपाशुहरुद्वारा लुटिन पुग्यो । दिल्लीको एउटा गुडिरहेको बसमा भएको त्यो हृदयविदारक कुकर्मलाई बयान गर्न मेरो कलम असमर्थ भएको छ । अरुको पिडा निको पार्ने प्रण गरेर मेडिकल रोजेकी छात्रा दामिनी आफ्नै पिडालाई थाम्न नसकी २९ डिसेम्बरका दिन सिँगापुरको एक अस्पतालमा यस संसारिक सबै पिडाबाट बिदा भइन् । यस धर्तीमा आँखा खोलेको २० वर्ष भयो तर मेरो कानले यस्तो कहाली लाग्दो र भयावह घटना नसुनेको थियो र न मेरो जिब्रोले कुनै इतिहासको पन्नामा त्यस्तो तुच्छ घटना पढेको थियो । Continue reading

महिला हिंसा, अधिकार र इस्लाम

महिला हिंसा, अधिकार र इस्लाम यस विषय केही संक्षेपमा जानकारी गराउन चाहन्छु। विश्वमा दुई जात महिला अनि पुरुष छन् । सृष्टि सञ्चालन र यसलाई निरन्तरता दिन यी दुवैको आवश्यकता पर्छ । आजको विश्वमा प्राय सबैभन्दा बढि सुनिने शब्द, रेडिthe-rights-of-women-in-islamयो, टि.भि.बाट धेरै बज्ने शब्द, अखबारमा धेरै पढ्न पाइने शब्द ‘महिला’ अनि यहि महिलाको पछि आउने  शब्द अधिकार, हिंसा, समता, समानता, सशक्तिकरण आदि इत्यादि । लिङ्गका आधारमा २ जात छन् महिला अनि पुरुष अनि यहि लिङ्गका आधारमा महिलामाथि समाजका बुजरुकहरुले गर्ने कुनैपनि किसिमको कार्य जुन नीजि जीवनमा घट्ने गर्दछ । जसले महिलाको शारीरिक, मानसिक वा यौनिक हानी पुर्याउँछ । यसलाई नै भनिन्छ महिला  हिंसा । विश्वमा आधा आकाश ओगटेका महिलाहरु घर, छिमेक, राज्य, जहाँ सुकै पनि हिंसामा परेका छन् । आजको २१ औं शताब्दि अनि विज्ञान, प्रविधिको युगमा आइपुग्दा पनि नारीहरु आफ्नो हक र अधिकारका लागि भैतारिहरनु परेको छ । यस पृथ्वीमा बस्ने सम्पूर्ण जनावर, चराचुरुङ्गीहरु बासस्थानमा राती पुगेपछि अनि आफ्नो साथी, परिवार भेटेपछि सुरक्षित महसुस गर्छन् तर आज २१ औं शताब्दीको नारी जो आफ्नै घरमा अनि आफ्नै मानव जातिसँग पनि सुरक्षित महसुस गर्न सकेका छैनन् ।

Continue reading

मृत्यु नयाँ जीवनको शुरूवात

मृत्यु नयाँ जीवनको शुरूवात

मृत्यु नयाँ जीवनको शुरूवात

मृत्यु एउटा यस्तो सत्य हो जसलाई अस्वीकार गर्ने सामथ्र्य कसैमा छैन । कुनै समाज, देश, धर्म, सभ्यता वा संस्कार होस् सबैमा केही आपसी मतभेदहरु अवश्यै पाइन्छ तर मृत्युको बारेमा कुनै मतभेद छैन । मृत्युले सबैलाई एक दिन अङ्गालो मार्ने कुरामा सबैजना विश्वस्त छन् । मानव जाति मात्र होइन जनावर तथा चरा चुरुङ्गी पनि यस सत्यताका अपवाद होइनन् । गुडिरहेको गाडी देखेर बाटोमा हिंडिरहेको जनावर पनि भाग्छ । यो हो मृत्युको आतंक ?

                सन् २००७ CIA को रिपोर्ट अनुसार प्रत्येक सेकेण्ड २ जना व्यक्तिको मृत्यु हुने गर्दछ । एक दिन हामीहरु पनि यस तथ्याङ्कलाई कायम राख्न मद्दत गरेका हुनेछौ । कुनै पनि उमेरको व्यक्ति होस् धनी वा गरीब, राजा होस् या प्रजा, सामाजिक कार्यकर्ता होस् वा कुकर्मी उच्च–अधिकारी होस् वा चप्रासी हरेकलाई मृत्युको निमन्त्रणा आउने नै छ ।

                कहाँ छन् ती राजा महाराजाहरु, अर्बपति शक्तिशाली व्यक्तिहरु ? आफैलाई “ईश्वर” भन्न लगाउने फिरऔन, अथाह धन सम्पतिको मालिक कारुन, विश्वमा राज गर्ने सिकन्दर कहाँ गए ? आफ्नो खोजले विश्वलाई चकित बनाईदिने ती बैज्ञानिकहरु कहाँ विलिन भए ? आफ्नो कलाले सबलाई आकर्षित पार्ने कलाकारहरु के भए ? आफ्नो सुन्दरतामाथि गर्व गर्ने ती विश्व सुन्दरीहरुको के हाल भयो ? ती आँखाहरु जसको बखान गर्न कविहरु थाक्दैन थिए, ती नजरहरु जसका उठ्नासाथ कैयौं मुटुका धड्कन बढेर जान्थ्यो, आज तिनीहरु माटोभित्रका कीराको बलि चढे । उनीहरुको सौन्दर्यले मृत्यु दिने फरिश्ताको आँखालाई लोभी बनाउन सकेन । ज्याक्सनको कलाले मृत्युलाई नचाउन सकेन, हिटलरको क्रुरताले काललाई डराउन सकेन । न्युटनको नियमले कालको चाललाई थाम्न असफल रह्यो । शेक्सपियरको कृतिमा मृत्युले रमाउन मानेन । मृत्युले जातीय तथा रङ्गको भेदभाव नगर्ने कुरालाई पूष्टि गर्दै नेलशन मण्डेलालाई पनि खुला हृदयका साथ अङ्गालो मार्यो । रक्त संचार प्रकृया पत्ता लगाउने इब्ने नफिसको शरीरको रक्त संचार रोक्न पनि मृत्युलाई दया आएन । मृत्युमाथि पनि शासन गर्ने महान शासक ईश्वरले भनिसकेका छन् प्रत्येक प्राणीले मृत्युको स्वाद चाख्नुपर्छ” । (कुरआन ३ः१८५)

Continue reading

मुस्लिममाथि षड्यन्त्र

मुस्लिममाथि षड्यन्त्र

मुस्लिममाथि षड्यन्त्र

१३ नोभेम्बर २०१५ का सांझ फ्रान्सको राजधानी पेरिसमा भएको श्रृंखलाबद्ध बम आक्रमणमा परी १३० जना निर्दाेष  मानिसहरुको ज्यान गयो जसको आरोप ISIS माथि लगाइयो । यस नरसंहारपछि संसार भरिनै आतंकवाद विरुद्ध आवाज उठाउन थालियो । हरेक समय प्रत्येक मिडियामा यसको निन्दा गरिन थालियो । फेसबुकले पनि फ्रान्सका जनताहरुलाई सहानुभूति दिनका लागि आफ्नो प्रोफाइल फोटोलाई फ्रान्सको राष्ट्रिय झण्डामा परिवर्तन गर्न मिल्ने विकल्प उपलब्ध गरायो । लाखौं करोडौं फेसबुक प्रयोगकर्ताहरुले आफ्नो प्रोफाइल फोटो परिवर्तन गरे । मानौं मानिसहरुलाई यस्तो लाग्यो कि संसारमा पहिलो पटक कुनै यस्तो घटना घटेको हो जसमा निर्दाेष मानिसहरु मारिएका हुन् । हरेक मन न्यायका लागि विचल्लित देखिन्थ्यो र ISIS संग बदला लिने ज्वाला प्रज्वलित भयो । फ्रान्सले दोस्रो दिनदेखि नै संयूक्त राष्ट्रसंघको अनुमति बिना नै सिरियामा बम बर्साउन सुरु गर्यो जसमा दश हजारभन्दा बढी निर्दाेष मानिसहरुको ज्यान गयो । फ्रान्सले बम बर्साएर एउटा शहर पूर्ण रुपले नै नष्ट बनायो तर पनि हाम्रो हृदयमा उनीहरुको मृत्युप्रति कुनै अफसोस भएन बरु कतिपयलाई खुशी नै महसुस भयो ।

             Continue reading

दाइजो प्रथा वर्तमानको जटिल समस्या

दाइजो प्रथा वर्तमानको जटिल समस्या

दाइजो नल्याउँदा खेप्नु परेको पीडा

  विवाह हाम्रो जीवनको एउटा प्रमुख अंग हो जसबाट व्यक्तिगत र सामाजिक जीवनको आरम्भ हुन्छ । विवाहबाट नै मानव अस्तित्वलाई बचाई राख्न सहयोग पुग्दछ । अझ इस्लाम धर्मले त विवाहलाई सुन्नतको संज्ञा दिएको छ । मुहम्मद (स.) को भनाइ छ– विवाह मेरो सुन्नत हो र जो मेरो सुन्नतबाट मुख फेर्छ त्यो हामीबाट हैन । विवाहलाई इस्लामले सरल, सहज र अति नै सादा बनाएको छ तर आज हाम्रो समाजको समिक्षात्मक अध्ययन गर्दा थाहा हुन्छ कि हामीले आज विवाहलाई कति जटिल र मुश्किल बनाएका छौं । जन्तीको लाम, भोज भतेर, अनावश्यक सजावट लगायतका कार्यहरुले विवाहलाई एउटा जटिल समस्या बनाइ दिएको छ । यसमा पनि केटी पक्षको ढाड भाच्ने काम गरेको छ दाइजो प्रथाले ।

Continue reading

ब्याजः एक अभिशाप

ब्याजः एक अभिशाप

ब्याजः एक अभिशाप

 जब नेपाली मुस्लिमहरुसंग एउटा प्रश्न सोधिन्छ – “यदि नेपाल सरकारले
जनावरलाई इस्लामी तरिकाले जिबह गर्ने (काट्ने) कुरामा प्रतिबन्ध लगाउँछ भने तपाईको प्रतिकृया कस्तो हुनेछ ?” जवाफ पाईन्छ– “हामी यस कानुनबिरुद्ध आवाज उठाउनेछौं ,आन्दोलन गर्नेछौं…..।” त्यही मुस्लिमहरुका लागि अर्काे प्रश्न –“ईश्वर सामू ठूलो अपराध कुन हो– इस्लामी तरिकाले नकाटेको जनावरको मासु खानु अथवा ब्याजमुक्त कारोबार गर्नु ठुलो अपराध हो ?” जवाफ हुनेछ– “ब्याजयुक्त कारोबार गर्नु ठूलो अपराध हो ।”

  जब ब्याजको कारोबार गर्नु ‘जिबह’ नगरेको जनावरको मासु खानु भन्दा ठुलो अपराध र पाप हो भने मुस्लिमहरुले यसको बिरुद्ध कुनै कदम किन उठाएका छैनन जबकि ‘जिबह’ माथिको प्रतिबन्ध हटाउन आन्दोलन समेत गर्न तत्पर छन् ? मुस्लिमहरु मात्र होइन् , गैर–मुस्लिमहरुले पनि ब्याज बिरुद्ध किन कम्मर कसेका छैनन् जबकि ब्याजको भूमरीले बिना कुनै भेदभाव सबैलाई आफनो चपेटामा लिएको छ ।

   अवश्य पनि ब्याजयुक्त कारोबार गर्नु ठुलो अपराध हो, किनभने यस्तो कुनै अपराध वा पाप छैन जसका बिरुद्ध स्वंम इश्वरले नै युद्धको घोषण गरेका हुन्- हे आस्थावानहरु हो ! अल्लाहको भय गर र यदि तिमीहरु साँच्चिकै आस्थावान हौ भने बाँकी रहेको ब्याज परित्याग गरिदेऊ । यदि तिमीहरुले त्यस्तो गरेनौ भने सावधान ! अल्लाह र रसुलको तर्फबाट युद्धका लागि तयार भईहाल । (कुरआन २ः२७८२७९)

       मुहम्मद (स.) ले ब्याजमुक्त कारोबारलाई नर्कको आगोमा पु¥याई छाड्ने सातवटा अति घोर पापहरुमध्ये एक भएको बताउनु भयो । (बुखारी र मुस्लिम )

                यस कुरालाई इश्वरले स्वंम प्रमाणित गर्दै भन्नुभयो – र जुन मानिस ब्याज खाने कार्य तर्फ फेरी फर्कन्छन् तिनीहरु नर्कवासी हुन् जहां तिनीहरु सदा सर्वदा रहनेछन् ।” (कुरआन २ः२७५ )

                ब्याज कति घोर र तुच्छ पाप हो भन्ने कुरा को अनुभूति यस हदिसबाट सजिलै गर्न सकिन्छ– अबु हुरैरह (रजि.) ले बताउनु भयो कि  मुहम्मद (स.) ले भन्नुभयो – ब्याज सत्तरी (७०) प्रकारका छन् र सबभन्दा कम्तिको पाप यस समान छ कि उसले आफनो आमासंग व्यभिचार गरोस् ।” (इब्ने माजाह)

    केही मानिसहरु यस्ता पनि छन् जसले ब्याजलाई ब्यापारको रुपमा लिने गर्दछन् जँहा पूँजी लगानी गरी त्यस वापत केही नाफा कमाइन्छ । आजका बैंकहरु सोही काम गर्दै ब्याजलाई नाफाका रुपमा आर्जन गर्ने गरेका छन् । तिनीहरु लाई इश्वरले जवाफ दिएका छन् ः– ती मान्छेहरु जसले ब्याज खान्छन् , (चिहानबाट) यसरी उठ्नेछन जस्तो कि शैतानले छोएर उसलाई बौलाहा बनाएको होस् ।  यस्तो यस कारणले हुनेछ कि तिनीहरुले भन्दथे –“ब्यापार पनि ब्याज जस्तै हो । ब्यापारलाई अल्लाहले बैध र ब्याजलाई अबैध ठह¥याएका छन् । ( कुरआन २ः२७५ )

    कुरआनले मात्र होइन् , बाइबलले पनि ब्याजलाई अबैध ठह¥याएको छ । बाइबलले ब्याज लिनेलाई मारिनै पर्छ भन्ने समेत घोषणा गरेको छ ः जसले ब्याजमा रुपियां दिन्छ र दिएको भन्दा बढी लिन्छ । के यस्तो मानिस जीवित रहन्छ र? त्यो जीवित रहनेछैन । त्यसले यी सबै घिनलाग्दा कामहरु गरेको कारणले मारिनैपर्छ र त्यसको रगत त्यसकै शिरमाथि पर्नेछ ।” (इजकिएल १८ः१३)

     ब्याज नलिने व्यक्ति नै असल आत्मा भएको बाइबल बताउँछ – त्यसले ब्याजमा रुपियां दिदैन , कुर्कम गर्नबाट आफनो हात परै राख्छ , मानिसमानिसको बीचमा सत्यसित न्याय गर्छ …….त्यही मानिस धर्मात्मा हो । ” (इजकिएल १८ः८,१७ )

    जसले आफनो रुपियाँ ब्याजमा लाउदैन र निर्दाेषको विरुद्ध घूस लिदैन । यस्ता काम गर्ने कहिल्यै पनि डग्नेछैन ।”  (भजनसङ्ग्रह १५ः५ )

    तिमीहरु संग हुने मेरो कुनै गरिब मानिसलाई ऋण दियौ भने त्यस प्रति साहुकार जस्तै नहोओ । त्यससित ब्याज पनि नलेओ । ” ( प्रस्थान २२ः२५ )

  इश्वरको भय राख्ने सच्चा अनुयायीले ब्याज लिने छैन । बाइबल भन्छ – त्यसलाई ऋण दिदाँ ब्याज वा नाफा नलिनू । तिमीहरुले आफनो परमेश्वरको भय मान्नु र तिमीहरुको दाजुभाई तिमीहरु सितै बसिरहोस् त्यसलाई तिमीहरुले ब्याजमा रुपियाँ नदिनु । ” (  लेवी २५ः३६३७ )

ब्याज खाने ब्यक्तिहरुको धन धेरै समय सम्म तिनीहरुसंग नरह्ने कुरा को दाबी बाइबलले गर्दछ ः अति नै ब्याज लगाएर जसले आफनो सम्पत्ति बढाउछ , त्यसले कुम्ल्याएको धन अर्कैको हुनेछ , जसले गरीबमाथि दया राख्नेछ । ” ( हितोपदेश २८ः८ )

    कुरआनले यसरी भन्दछ – अल्लाह ब्याजलाई मेटाउँछन् र दानमा अभिबृद्धि गर्छन् । र अल्लाहले कृतघ्नहरु एवं पापीहरुलाई मन पराउदैनन् । ” ( कुरआन २ः२७६ )

    येशु मसिहले ब्याजका कारोबार गर्नेहरुलाई डाँका भन्दै रिसका कारण तिनीहरुको टेबुलहरु समेत पल्टाइ दिएका थिए ः येशु परमेश्वरको मन्दिरमा प्रवेश गर्नुभयो । अनि उहाँले मन्दिरमा किनबेच गर्ने सबैलाई धपाउनु भयो र पैसा साट्नेहरुका टेबिल , र परेवा बेच्नेहरुका आसन पल्टाइदिनु भयो । उहाँले तिनीहरुलाई भन्नुभयो , “यो लेखिएको छ , ‘मेरो घर प्रार्थनाको घर कहलाइनेछ ।  तर तिनीहरुले यसलाई डाँकूहरुको अड्डा बनाएका छौ । ” (मत्ती २१ः १२१३ )

      ब्याजको अपराध क–कसमाथि लागू हुन्छत ? मुहम्मद (स.) ले भन्नुभयो– अल्लाहले तिरस्कृत गरेका छन् उनीहरुलाई जसले ब्याज खान्छ , जसले ब्याज दिन्छ ,जो त्यसको साक्षी बस्छ र जसले त्यसको हिसाब लेख्छ ।” (मुस्लिम)

ब्याजको असर

                आज ब्याजी कारोबारको बर्चस्व देखिन्छ , त्यसमा अत्याधिक नाफा भएको अनुमान लगाइन्छ , तैपनि के कारण होला कि इसा मसिहले तिनीहरुलाई डाँका भनेर सम्बोधन गरे ? आखिर कति तुच्छ कार्य हो कि मुहम्मद (स.) ले ब्याजी कारोबारीलाई घोर ब्यभिचारीको
संज्ञा दिनुभयो  ? कति ठुलो अपराध र पाप हो कि अल्लाह स्वयंले  ब्याजखोरीहरुलाई युद्धका लागि तयार रहन् भने ?

                 ऋणीले साहुकारलाई सावाँ भन्दा जेजति बढी रकम दिनुपर्ने हुन्छ त्यो नै ब्याज हो । ऋणी चाहे नाफामा होस् वा नोक्सानमा , उसले सम्झौता अनुसारको रकम साहुलाई तिर्नुपर्ने नै हुन्छ । यदि कुनै ब्यक्तिले साहुबाट रु. १,००,००० कर्जा लिन्छ र बार्षिक ५% साधारण ब्याज दिने करार हुन्छ भने वर्षको अन्त्यमा ऋणीले जम्मा रु. १,०५,००० साहुलाई तिर्नुपर्ने हुन्छ जसमा बढि तिरेको रकम रु. ५,००० नै ब्याज हो ।

   खुला बजारमा ब्याजदरको कुरा गरौं भने साहुकारहरुले मासिक ४ का दरले ब्याज लिने गरेका छन् अर्थात वार्षिक ४८ ब्याज तिर्नुपर्ने हुन्छ । एउटा गरिब व्यक्तिले साहुकारसंग ऋण लिंदा दुइ वर्षपछि दोब्बर रकम तिर्नुपर्छ ।

 यदि तपाईले रु. ३५,००,००० मा घर किन्दै हुनुहुन्छ जसमध्ये रु.५,००,००० तपाईले अग्रिम भुक्तानी गर्नुभयो र बाँकी ३०,००,००० रुपैयाँ मासिक किस्ताको रुपमा ३० बर्षमा ६%  बार्षिक ब्याजदरका हिसाबले चुक्ता गर्ने करार गर्नुभयो भने तपाईले मासिक रु. १७,९८६.५ तिर्नुपर्ने हुन्छ । जस अनुसार उक्त ३० बर्षको अवधिमा तपाईले कुल रु. ६४,७५,१४० भुक्तानी गर्नुपर्छ जसमा रु.३४,७५,१४० ब्याजरकम हुनेछ ।

   त्यही यदि कुनै ऋणदाताले ६% मासिक चक्रिय ब्याजका दरले रु. १० लाख ३० बर्षका लागि उपलब्ध गराउँछ भने त्यो रकमबाट रु. ५०,२२,५७५ ब्याज असुल गर्दछ ।

(www.thecalculatorsite.com/compoundinterestcalculator)

                 एक रिपोर्टका अनुसार ऋणदाता देशहरुले ऋणी देशहरुबाट रु.१ का सट्टा रु.९ असुल गरेका छन् अर्थात रु.१ अर्बको सट्टा रु.९ अर्ब असुल गरिएको छ ।

   अब अनुमान लगाउन सकिन्छ कि जब नेपालले अर्बौ–अर्ब रकम विश्व बैकंबाट ऋण लिन्छ भने कति रकम भूक्तानी गर्नुपर्ने हुन्छ । केहि बर्ष नबित्दै त्यो ऋण दोब्बर–तेब्बर हुन जान्छ जसको पूरा भार जनता माथि आउँछ । त्यसैकारण महंगी जस्ता समस्याहरु उत्पन्न हुन् जान्छन् । अवस्था कतिसम्म भयावह छ कि नाइजेरियाका भूतपूर्व राष्ट्रपति ओबासेन्जो त्यहाको ऋणको बारेमा टिप्पणी गर्दै भनेका थिए – सन् १९८५८६ सम्ममा हामीले लिएको ऋणको कुल रकम ५ अर्ब डलर  ( $5 billion ) थियो र हामीले लगभग १६ अर्ब डलर ( $16 billion) तिरी सकेका छौँ , अझैपनि हामीलाई २८ अर्ब डलर ($28 billion) तिर्न बाँकी रहेको भनिदैछ । अन्तराष्ट्रिय ऋणदाताहरुको ब्याजदरको अनियमितताका कारण त्यो २८ अर्ब डलर आएको हो । यदि तपाईहरु मलाई सोध्नुहुन्छ कि संसारको नराम्रो वस्तु के हो भन्ने मेरो जवाफ हुनेछ चक्रिय ब्याज ।” (Jubilee  zoo news update , August 2000 )

     विश्व बैंक स्वयंले पनि आफनो १९९५ को विश्व विकास प्रतिवेदनमा विश्वमा सम्पन्नता र विपन्नता बीचको खाडल बढ्नुको प्रमुख कारण ब्याज हो भनी उल्लेख गरेको छ । हरेक देशमाथि अन्तर्राष्ट्रिय ऋण रहेको छ जसको ब्याज भूक्तानी गर्नु देशमाथि ठुलो भार भएको छ । ब्याजयुक्त कारोबार कै कारण धनी देशहरु रातारात धनी हदैंछन् भने गरीब देशहरु झन् गरीब बन्दै गएका छन् । यही अवस्था खुला बजारको पनि रहेको छ जहां धनी व्यक्तिसंग धनको थुप्रो लाग्दै गएको छ र गरिबहरु गरिबीको चक्की झन् पिसिएका छन् । गरीबी र ऋणले गर्दा प्रत्येक बर्र्ष करिब १ करोड १० लाख बालबालिकाहरुको मृत्यु हुने गरेको । प्रत्येक बर्ष कैयौं किसानहरु बैंकको ऋण तथा ब्याज भूक्तान गर्न नसकी आत्महत्या गर्ने गर्दछन् । भारतको मात्र कुरा गरौं भने हरेक बर्ष औसत १७,५१३ जना किसानले आत्महत्या गर्छन अर्थात प्रत्येक ३० मिनेटमा १ जना किसानले आत्महत्या गर्छ जसको प्रमुख कारण ब्याज हो । मूद्रास्फीति (Inflation) को प्रमुख सहयोगी तत्व ब्याज नै हो जसले गर्दा महंगीले आकाश छोएको छ । ब्याज भातृत्व (भाइचारा) तथा सहानुभूती र स्नेहको बिरुद्ध हुन्छ जसको आधार लोभ,कठोर हृदय तथा स्वार्थीपना हो । यो एकाधिकार समाजको जन्मदाता हो जहाँ गरिब अझैँ गरिब बन्दै गएका छन् र धनी अझै धनी । विश्वको सम्पूर्ण धन–सम्पति केही ब्यक्तिहरुको हातमा मात्र समेटिएको छ । ब्याजी कारोबार यस्तो धन्दा हो जसमा ऋणदातालाई नोक्सानको कुनै सम्भावना हुदैन, नाफा–नोक्सानमा हिस्सेदारीको सट्टा सम्पूर्ण जोखिमहरु ऋणीले नै ब्यहोर्नु परेको हुन्छ । ब्याजको एक–एक रुपैँयामा मान्छेको रगत लागेको छ किन भने यसले विश्वयुद्ध निम्त्याउन समेत पछि हटेको थिएन ।

कुनै बिकल्प छ कि ?

     अनेक समस्या र आर्थिक संकटबाट गुज्रिरहेको अर्थतन्त्र तथा समाजका शुभचिन्तकहरु बैकल्पिक बाटोको खोजीमा छन् । अर्थशास्त्रका प्रोफेसर श्री बैधनाथन भन्नुहुन्छ – देशले एउटा बैकल्पिक विश्व बित्तिय ढाँचाको आह्वान गर्नुपर्छ ।  (Indian institute of Mangement, Banglore )

               WEF 2009 समारोहको स्वागत मन्तब्य राख्दै World Economic Forum का कार्यकारी अध्यक्ष क्लस स्क्वाबले भन्नुभयोः आज हामीहरु एउटा चरम बिन्दुमा पुगिसकेका छौं जसले हामी समक्ष एउटै बिकल्प छोडेको छ – ‘परिर्वतन अथवा जारी गिरावट र बिपत्तिलाई सह्नु  

    अवस्थालाई बदल्न हामीसंग एउटा मात्र विकल्प बाँकी रहेको छ त्यो हो – ‘ब्याजरहित आर्थिक कारोबार’ जसलाई इस्लामिक बैंकिङ्गको रुपमा पनि चिनिन्छ ।

               ;g\ 2008-09  मा भएको विश्व आर्थिक संकटको समाधानका लागि इस्लामिक वित्तिय सिद्धान्तको प्रस्ताव राख्दै वेटिकन (Vatican)  को अधिकारिक समाचारपत्रमा भनिएको थियो – जुन नैतिक सिद्धान्तहरुमा इस्लामिक अर्थतन्त्रमा आधारित छ त्यसैले बैंकहरुलाई तिनीहरुलाई सेवाग्राहीहरु तथा वास्तविक अस्तित्वको नजिक पुृ¥याउन सक्छ जसले सबै बित्तिय सेवालाई अंकित गरेको हुनुपर्छ ।     ( L’ osservator Romano, 5th  march 2009 )

           किसानहरुको आत्महत्या तथा गरीबी निवारणको एकमात्र प्रणाली इस्लामिक बैंकिङ्ग भएको कुरा बताउँदै एम.एस.स्वामीनाथन भन्नुहुन्छ – हिजो पनि हामीहरु समाचारमा सुन्यौ कि विदरभा (महाराष्ट्र,भारत)  मा करिब ३० जना किसानहरुले आत्महत्या गरेका छन् । इस्लामिक बैंकिङ्ग जसले शुन्य ब्याजदरमा कर्जाको वकालत गर्छ , त्यसले यो संकटको समाधान गर्न सक्छ ।  (The New Indian Express , 6 April 2010 )

                अहिले आवश्यक्ता छ परिर्वतनको जसले ब्याज जस्तो अभिशापको सट्टा एउटा यस्तो प्रणाली लिएर आओस जुन शुुन्य ब्याजदरमा कारोबार गर्न सकोस्  इस्लामिक बैंकिङ्ग प्रणालीले ब्याज रहित कारोबार गर्न आव्हान गरेको छ । विभिन्न देशहरु जस्तै फ्रान्स, जापान, हङकङ, सिङ्गापुर आदिमा यस बैंकिङ्ग  प्रणालीलाई अपनाईएको छ । बेलायतमा पनि  इस्लामिक बैंक अफ ब्रिटेन (Islamic Bank of Britain ) को स्थापना भइसकेको छ । नेपालका अर्थशास्त्रीहरुले पनि यस प्रणालीमा ध्यान पु¥याउनु पर्छ । वित्तिय संस्थाहरु तथा अन्य संघसंस्थाहरुले लोभ र स्वार्थीपनालाई त्यागेर ब्याजरहित कारोबारलाई प्रोत्साहन दिनुपर्छ साथै विद्यार्थीहरुलाई इस्लामिक बैंकिङ्गको अध्ययन गर्न परामर्श दिनु पर्छ  तथा प्रशिक्षणको पनि ब्यवस्था गरिनुपर्छ जसरी भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहले भारतीय रिर्जब बैंक (RBI) लाई भनेका थिए– समयसमयमा इस्लामिक बैंकिङ्ग माथि प्रयोग गर्ने माग उठदै आएको छ । म निश्चित रुपमा भारतीय रिर्जब बैंक (RBI) लाई सिफारिश गर्छु कि यस (इस्लामिक बैंकिङ्ग) सम्बन्धमा मलेसियामा के हुदैछ भन्ने कुराको अवलोकन गरोस् ।

 

लेखकः अजिजुल्लाह अन्सारी

व्हाट्स एपः +9779845042004

मूसा (अ.) को सन्देश र फिरऔन राजाको घमण्ड

फिरऔन

फिरऔनको शब किन अल्लाहले कियामत तक निसानीको रुपमा राख्न चाहे जन्न चाहनु हुन्छ ?

मूसा (अ.) को सन्देश र फिरऔन राजाको घमण्ड शिर्षकमा हामी केही जानकारी गराउने कोशिष गर्दैछौं।निस्सन्देह हामीले मूसालाई आफ्ना निशानीहरू तथा खुल्ला प्रमाणका साथ पठाएका थियौं…। फिरऔन, हामान तथा कारूनतर्फ। तर तिनीहरूले भने– “यो त जादूगर र अति नै झूठो रहेछ ।अनि जब उनी हाम्रोतर्फबाट तिनीहरूकहाँ नितान्त सत्य लिएर आए तब तिनीहरूले भने– “त्यसमाथि ईमान ल्याउनेहरूका छोराहरूको हत्या गरिदेऊ र छोरीहरूलाई जीवित छोडिदेऊ।तर आस्था न राख्नेहरूको चलेखल असफल हुने नै थियो। र,फिरऔनले भन्यो– “मलाई छोड, ताकि म मूसालाई मारिदिउँ र बोलाओस् उसले आफ्ना पालनकर्तालाई। उसले तिमीहरूको धर्म परिवर्तन गरिदेला वा देशमा अशान्ति र विध्वंस मच्चाउला भन्ने मलाई आशंका छ । 

, फिरऔन कै खानदान मध्येको एकजना आस्थावान व्यक्ति जसले आफ्नो ईमान गोप्य राखेको थियो, उसले भन्यो– “के तिमीहरू यस्तो व्यक्तिको हत्या गर्न चाहन्छौ जसले मेरा पालनकर्ता अल्लाह हुन् भनेर भन्छन् र जसले तिमीहरूका पालनकर्ताको तर्फबाट निशानीहरू पनि ल्याएका छन् ? , यदि उनी झूठा हुन् भने उनको झूठले उनैलाई हानि पुर्याउनेछ। तर, यदि उनी सच्चा हुन् भने उनले तिमीहरूसित वाचा गरेका कुनै न कुनै प्रकोप तिमीहरूमाथि आइलाग्नेछ । निस्सन्देह अल्लाह सीमाउल्लंघनकारी तथा मिथ्यावादीलाई मार्ग देखाउँदैनन्। हे मेरा जातिबन्धुहरू हो! आज तिमीहरूको शासन छ, र तिमीहरू धर्तीमा सत्तासीन छौ। तर यदि अल्लाहको प्रकोप हामीमाथि अवतीर्ण भयो भने कसले त्यसबाट हामीलाई जोगाउन सक्छ ?”

 फिरऔनले भन्यो– “म तिमीहरूलाई त्यही कुरा बताउँछु जुन कुरा म उचित ठान्छु। र, तिमीहरूलाई त्यही मार्ग देखाउँछु जुन सोझो छ।त्यस इमानवालाले भने– “हे मेरा जातिबन्धु हो ! तिमीहरूमाथि पनि त्यही  प्रकोप)को दिन आउला कि भन्ने मलाई डर लाग्दछ जुन अन्य समुदायहरूमाथि आएको थियो..नूहको समुदाय, आद, समूद तथा तिनीहरूपछिका अन्य समुदायहरूमाथि। र, अल्लाह त आफ्ना भक्तहरूमाथि कुनै प्रकारको अत्याचार गर्न चाहँदैनन्। र, हे मेरा जातिबन्धु हो! म तिमीहरूकालागि एक अर्कालाई पुकार्ने दिनसँग तर्सन्छु। जुन दिन तिमीहरू पिठ्यूँ फर्काएर भाग्नेछौ । तिमीहरूलाई अल्लाहबाट बचाउने कोही हुने छैन। र, अल्लाहले जसलाई पथभ्रष्ट पार्छन् उसको कोही मार्गदर्शक हुन सक्दैन।

, यसअघि तिमीहरूसमक्ष यूसुफ निशानीहरू लिएर आएका थिए। तर तिमीहरूले त्यसमा शङ्का गरिरह्यौ जुन उनले लिएर आएका थिए। यहाँसम्म कि जब उनको मृत्यु भयो तब तिमीहरूले भन्यौ– “उनी पश्चात् अब अल्लाहले कुनै रसूल पठाउने नै छैनन् । यसरी अल्लाह त्यसलाई पथभ्रष्ट गर्छन् जो सीमा उल्लंघनकारी र शङ्कालु छन्….जो अल्लाहका आयतहरूको सम्बन्धमा तिनीहरूलाई प्राप्त कुनै प्रमाणबिना नै तर्कवितर्क गर्छन्। अल्लाह र आस्थावानहरूको दृष्टिमा यो त अति नै घृणित कार्य हो । यसरी नै अल्लाह हरेक घमण्डी र उद्दण्ड व्यक्तिको हृदयमा मोहर लगाइदिन्छन्।

मूसा (अ.) ले भनेहे मेरा जाति बन्धुहरू हो! तिमीहरू मेरो अनुसरण गर। म तिमीहरूलाइ सीधामार्ग देखाउनेछु । हे मेरा जातिबन्धुहरू हो ! यो सांसारिक जीवन त क्षणिक मोजमज्जा मात्र हो । र, आखिरत अर्थात परलोक नै चिरस्थायी घर हो । जसले दुष्कर्म गर्छ त्यसलाई त्यति नै बदला दिइनेछ जति उसले दुष्कर्म गरेको हुन्छ। र,पुरुष वा स्त्री जो आस्थावान रहेको अवस्थामा सत्कर्म गर्छन् तिनीहरू नै स्वर्गमा प्रवेश गर्नेछन् र त्यसमा अनगिन्ती जीविका पाउनेछन् ।

हे मेरा जातिबन्धुहरु हो! यो कस्तो कुरा हो कि म तिमीहरूलाई मोक्षतर्फ आह्वान गर्छु तर तिमीहरू मलाई नरकतर्फ आह्वान गर्छौ ? तिमीहरूले मलाई अल्लाहको इन्कार गर्न र उनीसँग यस्तो चिजलाई साझेदार तुल्याउन आह्वान गर्छौ जसको मसँग ज्ञान नै छैन। र, म चाहिँ तिमीहरूलाई प्रभुत्वशाली एवं परम क्षमाशील  अल्लाह) तर्फ बोलाइरहेको छु। वास्तवमा तिमी मलाई जसतर्फ बोलाउँदैछौ उसको त कुनै पुकार नै छैन न संसारमा र न परलोकमा नै। र, निश्चय नै हामी सबै अल्लाहकहाँ नै फर्केर जानुछ। र, निस्सन्देह सीमाउल्लंघनकारीहरू नै नरकबासी हुन्। मैले भनेको कुरा तिमीहरूले चाडै नै स्मरण गर्नेछौ र म आफ्नो मामिला अल्लाहलाई सुम्पन्छु। निस्सन्देह अल्लाह आफ्ना भक्तहरूमाथि दृष्टि राख्छन्।

, फिरऔनले भन्छ– “हे हामान! मेरोलागि एउटा अग्लो भवन निर्माण गर ताकि म स्वर्गको छेउसम्म पुग्न सकूँ… ताकि मूसाका ईश्वरलाई हेरूँ। र, वास्तवमा म मूसालाई त झुठो ठान्दछु । र, यसप्रकार फिरऔनको दृष्टिमा त्यसका कुकर्महरूलाई सुन्दर देखाइए। र, ऊ मार्गबाट रोकियो र फिरऔनका उपायहरू त खेर नै जाने थिए । फिरऔनको घमण्डले सिमा नाघेको थियो। अल्लाहले फिरऔनलाई सबक सिकाउन मूसा (अ.) लाई फिरऔन समक्ष रसूल बनाएर पठाउनु भयो। मूसा (अ.) ले फिरऔनलाई एक अल्लाहको पूजा गर्न अनुरोध गरे तब फिरऔनले घमण्ड गर्दै भने त कुन अल्लाहको पूजा गर्न भन्छस् म नै संसारको बादसाह हुँ। मेरो पूजा गर। जब मूसा (अ.) ले फिरऔनको कुरा इन्कार गरे तब फिरऔनले मूसा अलैहिस्सलामको हत्या गर्ने योजना बनाए। एक जना आस्थावान साथीले यो खबर मूसा (अ.) समक्ष पुर्यायो तब मूसा (अ.) आफ्ना आस्थावान साथिहरुलाई लिएर भागे । यो कुरा थाहा पाएर फिरऔनले सेनालाई उर्दी दिए मूसालाई पक्रनको लागि साथै स्वयं आफै पनि सेनाको साथ हिंडेका थिए। जब मूसा र साथिहरु नदीको किनारमा पुगे तब अगाडी समून्द्र छ पछि फिरऔनका सेना अब के गर्ने भनेर डराए तब मूसाले भने नडराउ अल्लाहले हामीलाई सुरक्षा गर्नु हुन्छ। तब मूसा (अ.) ले अल्लाहसँग दुआ गर्नु भयो तब अल्लाहले हुकुम दिनु भयो मूसा तिम्रो हातमा भएको लठ्ठी समून्द्रमा हान । तब मूसा (अ.) ले लठ्ठी समून्द्रमा हान्नु भएको थियो समून्द्र दुई तर्फ पाखा लाग्यो र बाटो बन्यो अनि उनीहरु त्यहाँबाट पारी तरे तर पछि-पछि आएका फिरऔन र उनका सेना समून्द्रमा डुबे।

पवित्र कुरआनको सूरह युनुस आयत नं. 92 मा भनिएको छः- “अनि आज हामीले तिम्रो शवलाई बचाउनेछौं ताकि तिमी आफूपछि आउनेहरुको लागि निशानी बन र निश्चय नै धेरै मानिसहरु हाम्रा निशानीहरुबाट विमुख छन् ।”  

त्यतिखेर फिरऔनलाई थाह भयो कि म भन्दा ठूलो अर्को शक्ति रहेछ भनेर अनि भन्यो हे मूसाको ईश्वर मलाई बचाउनु होस् तब अल्लाहबाट हुकुम भयो तलाई यो संसार रहेसम्म पछिका समूदायको लागि चिनारीको लागि राख्नु ताकि अरुले चेतावनी पाउन अल्लाहको आज्ञा उल्लंघन गरे के सजाय हुने रहेछ। त्यो लाश समून्द्रले पनि बाहिर फ्याक्यो । फेरी जमिनमा दफन गरेको थियो जमीनले पनि तीन पटक सम्म बाहिर फ्याक्यो । हाल छाला हाडमा टाँसिएको अवस्थामा पिरऔनको शव मिश्रको पिरामिडमा सुरक्षित छ।

तपाईको शुभ चिन्तक

जुल्फकार अली फलाही

Email: abuobaid.alig@gmail.com